संशोधन हुने भयो गोर्खा मिडिया जोडिएका सहकारीका सबै आरोपितहरुको मुद्दा

काठमाडौं । सत्ता र न्यायिक संरचनाको संगममा राजनीतिक तरंग ल्याउने निर्णय गर्दै महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रा.ली.सँग जोडिएको सहकारी ठगी प्रकरणमा मुछिएका सबै आरोपितमाथि लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग हटाउन स्वीकृति दिएकी छन्। यो निर्णयले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रभावशाली व्यक्तिहरूलाई गम्भीर अभियोगबाट उन्मुक्ति दिएको भन्दै राजनीतिक […]

एमाले सचिवालय बैठक बस्दै, प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाइने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन आज नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागेको हो। पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ […]

कालीकोटको तिला नदीमा जिप खस्यो, तीन जनाको मृत्यु

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। शुक्रबार साँझ करिब ६ बजे सेरी–पान्तडी सडकखण्ड अन्तर्गत सल्लेरीमा उकालो चढ्ने क्रममा भे १ ज २८९८ नम्बरको जीप ब्याक भई भीरबाट खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा ज्यान गुमाउनेमा दुई जना स्काभेटर अपरेटर र एक जना सहचालक रहेका छन्। […]

आधिकारिकता पाएपछि गगन थापाले बोलाए कांग्रेसको केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् । बैठक आज बिहान ११ः३० बजे नयाँ बानेश्वर स्थित अर्पण बैंक्वेयटमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ । थापाले शुक्रबार […]

गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर कांग्रेस चुनावमा जान्छ– उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा आगामी चुनावमा जाने घोषणा गरेको छ। नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले फेसबुक लाइभ भिडिओमा यस्तो घोषणा गरेका हुन्। उनले अबका दिनमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेहरूबीचको दरार र दुरी नराखी पार्टीलाई अगाडि बढाउने पनि बताए। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगत थापा नेतृत्वको कार्यसमिति […]

नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको […]

सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । ‘सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथिति […]

निर्वाचन आयोगमा कांग्रेस देउवा र गगन पक्ष आमनेसामने

काठमाडौँ । नेपाली कांग्रेसको दुई पक्ष निर्वाचन आयोगअगाडि आमनेसामने भएका छन् । पार्टीको आधिकारिकतालाई लिएर दुई पक्ष नाराबाजीमा उत्रिएको हो । गगन थापा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू दिउँसोदेखि नै आयोग परिसरमा धर्नामा बसिरहेका थिए भने शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू केहीबेरअघि मात्रै निर्वाचन आयोग परिसर पुगेर धर्ना दिएका हुन् । देउवा नेतृत्वको कांग्रेसको तर्फबाट तरुण दल अध्यक्ष […]

रवि जोडिएका सहकारी ठगीका सबै अभियुक्तका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएका सबै सहकारी ठगीका सबै अभियुक्तलाई लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयले तयारी थालेको छ । लामिछानेको हकमा मात्रै मुद्दा फिर्ता गर्दा विवादमा मुछिएपछि सबै अभियुक्तको हकमा लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता गर्ने तयारी गरेको हो । […]

प्रचण्डको दावी : कांग्रेसको फुटले निर्वाचनलाई कुनै असर गर्दैन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर नपर्ने दावी गरेका छन् । शुक्रबार चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको भन्दै चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताएका हुन् । निर्वाचनको मुखमा ठुलो पार्टी विभाजन हुनु कसैको […]