लिपुलेकबारे चीनसँग स्पष्ट रुपमा कुरा गरेको छु, भारतसँग पनि गर्छु : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा लिपुलेकको विषय स्पष्ट रुपमा उठाएको बताएका छन्। शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनलाई उद्घाटन गर्दै उनले भारत र चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउन भएको सहमतिप्रति नेपालको असहमति प्रस्ट रूपमा प्रस्तुत गरिएको बताए।  “चीनका राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय औपचारिक वार्तामा मैले अन्य विषयसँगै लिपुलेकबारे स्पष्ट रूपमा […]

प्रधानमन्त्री ओली भन्छन् : एमाले सरकार हाइ–हाइ हुँदा भिजिट भिसाको हल्ला चलाइयो

KP sharma oli

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार लोकप्रिय हुँदा त्यसलाई बदनाम गर्नका लागि भिजिट भिसामा मान्छे लाने जस्ता हल्ला चलाइएको आरोप लगाएका छन् । ललितपुरमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले पार्टीको शक्ति र […]

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर : मानवअधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने भनी गरेको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले लोकतान्त्रिक शासन व्यवस्थाको मर्म, संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार र अन्तर्राष्ट्रिय कानुनी दायित्वहरूमाथि प्रतिकूल असर पार्ने चेतावनी दिइएको छ । आयोगका अनुसार, सामाजिक सञ्जालहरू लामो समयदेखि […]

अमेरिकाले गर्‍यो १९ जना नेपालीलाई डिपोर्ट

काठमाडौँ । अमेरिकाले १९ जना नेपालीलाई डिपोर्ट गरिदिएको छ। डिपोर्ट भएका १९ जनालाई बिहीबार बेलुकी ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छोडेको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अन्जन न्यौपानेका अनुसार अमेरिकी चार्टर्ड फ्लाइटबाट डिपोर्ट भएकाहरूलाई काठमाडौं ल्याएको थियो। डिपोर्ट हुनेहरू २ जना महिला र १७ जना पुरूष छन्। अमेरिकी अध्यागमनसम्बन्धी कानुनको उल्लंघन गरेको भनेर उनीहरूलाई डिपोर्ट […]

वर्ल्ड लिंकमा अब फेसबुकसहित दर्ता नभएका सामाजिक सञ्जाल नचल्ने

काठमाडौं । सरकारले बन्द गरेको सामाजिका सञ्जाल अब वर्ल्ड लिंकमा समेत बन्द भएका छन् । वर्ल्ड लिंक कम्युनिकेशन्स लिमिटेडले सूचना जारी गर्दै नचल्ने बताएको हो । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन्। नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन […]

अजम्बर राईलाई स्थायी समिति सदस्य बनाउने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य अजम्बर राई काङमाङलाई स्थायी समिति सदस्य बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले काङमाङलाई स्थायी समिति सदस्य बनाउने निर्णय भएको एक नेताले जानकारी दिए । योसँगै माओवादीमा ४७ सदस्य स्थायी समिति बनेको छ । यस अघि एकता प्रक्रियामा जोडिएका गङ्गानारायण श्रेष्ठ र डा विजय सैंजु […]

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन उदघाटन गर्नेछन् । विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ । महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल दुई हजार ३ सयभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ । प्रतिनिधिहरुलाई बिहान नौ […]

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमामा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशको थोरै स्थानहरू तथा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज […]

विधान अधिवेशनमा प्रस्तुत हुने भयो कर्ण थापाको फरक मत

काठमाडौं । भोलिबाट सुरु हुने विधान अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक मत प्रस्तुत हुने भएको छ । बिहीबार बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । थापाले आजै मात्रै पार्टी केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका थिए । ‘कर्ण थापाले आजमात्रै प्रस्तुत गर्नुभएको फरक मतबारे […]

एनसेलले जारी गर्‍यो सामाजिक सञ्जाल नचल्ने सूचना

काठमाडौं । मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबाट पर्नसक्ने असुविधाप्रति क्षमा समेत मागेको छ । सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको छ । उक्त निर्णयको विरोध र आलोचना […]