काठमाडौं । संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । सचिवालयले सोमबार सूचना जारी गरेर प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन आगजनीका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको हो । ‘मालसामानहरू कुनै पनि अवस्थामा आफूसँग रहेको भएमा फिर्ता गरिदिनुहुन एवम् ती मालसामन […]
Author: ननस्टप संवाददाता
पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल
काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्दै पौडेलले स्वीकृत गरेका थिए । यो […]
उपत्यकामा रोकिएका यात्रु पठाएपछि मात्रै दशैंको अग्रिम टिकट बुकिङ
काठमाडौं । चाडपर्वका बेला यात्रुलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको बैठकमा ६ बुँदे निर्णय भएको छ। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र याताायात व्यवसायी बीचको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार आजको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भने गरेन […]
‘मनलाग्दी गर्नुहोला’ भन्दै सुमनाले छोडिन् रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’ पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती […]
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् । पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । ‘मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला, भत्काउला बेग्लै कुरा हो । तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलो चोटी भएको हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस […]
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए । उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ […]
जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत
काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।उनका अनुसार नयाँ सरकारलाई सरकारी सेवा प्रवाह चुनौतीका रूपमा रहेको छ । ‘धेरैजसो सरकारी कार्यालयहरू अधिकांश […]
काठमाडौँको बौद्धस्थित भाटभटेनीमा ६ वटा शव भेटिए
काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा ६ वटा शव भेटिएको छ । पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको […]
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
काठमाडौँ। चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा नेपालको प्रधानमन्त्रीको शपथ लिएकी कार्कीलाई बधाई दिँदै यस्तो टिप्पणी गरेका हुन्। प्रवक्तालाई ‘सेप्टेम्बर १२ मा नेपालकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशको अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको छ। यसमा चीनको के भनाइ छ?’ भनेर प्रश्न गरिएको […]
नाउपा संरक्षक रेशम चौधरीले गरे पार्टी छाडेको घोषणा
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् । अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने उनले घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन् । पछिल्लो समय चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबिच पार्टीको आधिकारिकतालाई लिएर विवाद भएको थियो । चौधरीले नयाँ पार्टीमा […]











