काठमाडौँ । भूमि आयोग खारेजीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । मन्त्रिपरिषद्ले गत असोज २३ गते बसेको बैठकले गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णयविरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा आज बहस हुन लागेको हो । उक्त निर्णय विरुद्ध […]
Author: ननस्टप संवाददाता
रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा आज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवकेशील साझा पार्टीबीच आइतबार एकता घोषणा हुँदैछ। आज दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा यी दुई पार्टीले एकता गर्न लागेका हुन्। वैकल्पिक तथगा विवेकशील आन्दोलनलाई लिविबद्ध, संस्थागत र थप सुदृढ तुल्याउन तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुवै पार्टी सहमत भई […]
दिल्लीमा भीषण आगलागी, ४ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको सङ्गम बिहार क्षेत्रको टिग्री एक्सटेन्सनको ब्लक बीमा रहेको चारतले भवनमा शनिबार साँझ भीषण आगलागी भएको छ। यस घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर रूपमा जलेका छन्। शनिबार साँझ ६:१५ बजेतिर भुइँतलामा रहेको जुत्ता पसलमा आगो लागेको थियो। अचानक आयो फैलिएपछि भाग्न नसक्दा चार जनाको […]
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज कास्कीको पोखरामा एकता सन्देश सभा गर्ने भएको छ । सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन्। नेकपाले अब सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेसको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्नेछ। अन्त्यमा मङ्सिर २९ गते देशभरका पालिकाहरूमा […]
सफ्टवेयरमा गडबडीपछि एयरबसका ६ हजार जहाज अस्थायी ग्राउन्डेड
काठमाडौँ । विश्वका ६ हजार भन्दा बढी जहाजहरू शनिबार अस्थायी रूपमा ग्राउन्डेड भएका छन्। युरोपेली विमान निर्माता कम्पनी एयरबसले ए३२० सिरिजका विमानको सफ्टवेयरमा समस्या देखिएकाले सबै विमानहरुमा त्यसको चेकजाँच गर्नू भनेपछि विश्वका विभिन्न एयरलाइन्सहरूको उडान अवरूद्ध भएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गत अक्टोबर ३० मा मेक्सिकोको क्यानकुनबाट न्यू जर्सी उडेको जेटब्लु अचानक उचाई […]
एनपीएल : जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
काठमाडौँ । सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा प्लेअफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै दोस्रो सिजनमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७ ओभर ४ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।सुदूरपश्चिमका लागि […]
दुईतिहाइको दम्भमा भ्रष्टाचारीलाई बचाएपछि ओली बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपर्यो : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइको दम्भमा अघिल्लो सरकारले भ्रष्टाचारीलाई बचाउने काम गरेकाले त्यतिबेला प्रधानमन्त्री केपी ओली बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपरेको टिप्पणी गरेका छन् । शनिबार दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले जनताले लखेटेपनि अझै अहङ्कार र दम्भ नहटेको बताए। जनताको मन जित्न नसके चुनाव जितेर मात्रै केहि नहुने […]
रास्वपा र विवेकशीलको एकता घोषणा सभा भोलि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आइतबार एकता हुने भएको छ । पार्टी एकताका लागि आइतबार एकता घोषणा सभा राखिएको छ । आइतबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा एकता घोषणा सभा आयोजना गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । शुक्रबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठक (भर्चुअल) ले विवेकशील पार्टीसँग […]
आज दाङको देउखुरीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा हुँदै
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा गर्ने भएको छ । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज देउखुरीमा सन्देश सभा हुन लागेको हो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि नेकपाले शुक्रबार धनगढीमा […]
एघारौँ महाधिवेशनका लागि एमालेमा आज देशैभरि प्रतिनिधि छनौट हुँदै
काठमाडौँ । एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार मङ्सिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजे देखि निर्वाचन सुरु भएको छ । निर्वाचनको समयमा अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न […]










