काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते जेन- जी प्रदर्शनमा गोली चलाउने आदेश नदिएको दोहोर्याएका छन्। बुधबार केही दिनदेखि तत्कालीन प्रधानमन्त्रीको रूपमा आफूले नै गोली चलाउन आदेश दिएको भन्दै निराधार हल्ला फिँजाइएको भन्दै उनले उक्त कुरा पुन दोहोर्याएका हुन्। ‘संवैधानिक अंगका कार्यालय रक्षाका लागि सुरक्षाकर्मीले चौबिसै घण्टा हतियारसहित कमब्याट […]
Author: ननस्टप संवाददाता
सोमबार पानी पार्ने अर्को प्रणाली आउने मौसमविदको प्रक्षेपण, कस्तो छ आजको मौसम ?
काठमाडौँ । मंगलबार रातिलेखि बुधबार दिउँसोसम्म दोस्रो हिउँदे वर्षा भयो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अद्यावधिक विवरणअनुसार काठमाडौं उपत्यकासहित बुधबार देशका अधिकांश भूभागमा वर्षा भयो। तुलनात्मक रूपमा कोशी प्रदेशमा कम वर्षा भयो। महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा खानीखोला केन्द्रमा २५.८ मिलिमिटर वर्षा भयो। बिहीबार उल्लेख्य वर्षाको सम्भावना छैन। अहिले बिहान कोशी, बागमती, […]
संघीयता खारेजीसहितको चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधवार बुटवलमा आयोजित एक कार्यक्रमकाबिच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतका नेताहरूले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् । पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्नेलगायतका विषयलाई समावेश गरेर […]
अस्पतालले भन्यो- रवि लामिछानेको भनेर सार्वजनिक भएको फोटो नक्कली
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक लगायतमा रास्वपा सभापति रवि लामिछाने अस्पतालमा रहेको देखिने फोटो छरपस्ट देखिन्छ। सभापति लामिछाने मंगलबार त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि यस्ता एआई प्रयोग गरी बनाइएका यस्ता फोटोहरू सामाजिक सञ्जालमा देखिएका छन्। तर त्रिवि शिक्षण अस्पतालले भने सामाजिक सञ्जालमा भेटिने फोटोहरू यस अस्पतालको नरहेको बताएको छ। सामाजिक सञ्जालमा भेटिएका फोटोहरू यस अस्पतालको नरहेको […]
एनसिपी अध्यक्ष अजित पवारसहित ५ जना सवार थिए विमानमा, सबैको मृत्यु
काठमाडौँ । भारत पुणेको बारामतिमा जहाज दुर्घटना भएको विमानमा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जना सवार रहेको खुलेको छ। भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा परी उनीहरू सबैको मृत्यु भएको पुष्टि भएको छ। ६६ वर्षीय पवार नेश्नलिस्ट कंग्रेस पार्टी (एनसिपी) का अध्यक्ष पनि हुन्। दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले मुख्यमन्त्री देवेन्द्र फडनविससँग […]
सुनको मूल्य तोलामा तीन लाख अठार हजार आठ सय पुग्यो, चाँदीको कति ?
काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल छ […]
प्रदेश सभा निर्वाचनका उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश
सर्लाही । नेपाली कांग्रेसका सभापति एवम् सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई जिताउन भन्दै प्रदेश सभा सदस्यका उम्मेदवार र चार जना वडाध्यक्ष कांग्रेस प्रवेश गरेका छन् । प्रदेश सभा निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ (ख) बाट उम्मेदवार बनेका कृष्णकुमार कुशवाह र गोडैता नगरपालिकाका चार वडाध्यक्ष कांग्रेस प्रवेश गरेका हुन् । सर्लाहीमा […]
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु
काठमाडौँ । विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ। पुणेको बारामतिमा बुधबार बिहान उनी सवार विमान दुर्घटना भएको थियो। दुर्घटनामा परी उनको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ। पवार सवार विमान ल्यान्डिङको प्रयास गर्दा गर्दै दुर्घटना भएको र उनलाई मृत घोषणा गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। प्रारम्भिक विवरणमा विमानमा उपमुख्यमन्त्रीका साथै चार […]
माघ २१ देखि निर्वाचन लक्षित ‘विशेष रणनीति’ लागू गर्दै नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरेर २१ माघबाट ‘विशेष रणनीति’ लागू गर्दैछ । जसअनुसार कांग्रेसका विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू २१ फागुनसम्म आ-आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने छन् । कांग्रेसको ‘निर्वाचन परिचालन निर्देशिका’ मा ‘विशेष रणनीति’बारे उल्लेख गरिएको छ । निर्देशिकामा चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति समेटिएको […]
हिमपातका कारण मध्यपहाडी लोकमार्ग पुन: अवरुद्ध, यात्रु अलपत्र
रुकुमपूर्व । बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रमा परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भूमे गाउँपालिका–१ स्थित पातीहाल्ने क्षेत्रमा झन्डै दुई फिटसम्म हिउँ जमेपछि यातायात ठप्प भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हिमपातसँगै त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। मौसम प्रतिकूलताका कारण सञ्चार सम्पर्क समेत […]











