नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीको रासन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने […]

राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । आगामी आइतबार (माघ १८) गते पौडेल जापान भ्रमणमा जाँदैछन् । माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा पाैडेल सहभागी हुनेछन् । नेपाल–जापान […]

अमेरिकाले इरानमाथि आक्रमण गरेमा के हुन सक्छ ? यस्ता छन् सात सम्भावित परिदृश्यहरू

फ्रान्क गार्डनर । अमेरिका केही दिनभित्रै इरानमाथि आक्रमण गर्न तयार देखिन्छ। सम्भावित निसानाहरू धेरै हदसम्म अनुमान गर्न सकिए पनि, यसको नतिजा भने अनिश्चित छ। तसर्थ, यदि अन्तिम समयमा तेहरानसँग कुनै सम्झौता हुन सकेन र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई आक्रमणको आदेश दिए भने, कस्ता परिणामहरू आउन सक्छन्? १. लक्षित र सटिक हमला, न्यूनतम मानवीय क्षति […]

निर्वाचन आयोगलाई हर्क साम्पाङको जबाफ- जाबो चुनाव प्रचार गर्न केटाकेटीको सहारा लिनु पर्दैन

काठमाडौँ । निर्वाचन प्रचार प्रसारमा बालबालिका प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जबाफ दिएका छन्। निर्वाचन आयोगलाई साम्पाङले दिएको जबाफमा बालबालिकाहरू ‘आमाबाबालाई पछ्याएर आएका हुन सक्ने’ उल्लेख गरेका छन्। ‘मलाई कुनै जानकारी छैन’, साम्पाङले निर्वाचन आयोगलाई पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘मैले कुनै अभिभावकलाई भनेर, […]

म्यानमारको ‘स्क्याम’ गिरोहमा संलग्न ११ जनालाई चीनमा मृत्युदण्ड

काठमाडौं । चीनले म्यानमारको सीमावर्ती क्षेत्रमा अनलाइन ठगी (स्क्याम) र आपराधिक साम्राज्य चलाउने कुख्यात माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्ड दिएको छ। झेजियाङ प्रान्तको अदालतले सेप्टेम्बरमा मिंग परिवारका सदस्यहरूलाई हत्या, अवैध नजरबन्द, ठगी र जुवा घर सञ्चालन जस्ता विभिन्न अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको थियो। चीनको सर्वोच्च अदालतले प्रमाणहरू पर्याप्त र निर्णायक रहेको भन्दै मृत्युदण्डको […]

पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । त्यहाँबाट उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो । उपचार भने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकले गरिरहेका छन् […]

एकैदिन तोलामा २० हजार ५ सय बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ । आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै सर्वाधिक हो । हिजो बुधबार सुनको […]

गोली चलाएर प्रहरीले काठमाडौंको मुलपानीबाट समात्यो १० लुटेरा

काठमाडौं । काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो । सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर […]

अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने ट्रम्पको धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमश: बढ्दै गएको सन्दर्भमा उनले इरानलाई तत्काल वार्तामा आउन आग्रह पनि गरेका छन् । ट्रम्पले अमेरिकाको ठूलो नौसैनिक टोली इरानतर्फ अघि बढिरहेको जानकारी पनि दिएका छन् । […]

काठमाडौं उपत्यकासहित तराई मधेशमा हुस्सु-कुहिरो, हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लामा आज बिहान बाक्लो हुस्सुकुहिरो लागेको छ । हुस्सु कुहिरोले पारदर्शिता कम हुँदा हवाई उडान समेत प्रभावित भएका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ । भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, वनेपालगञ्ज, धनगढी लगायतका विमानस्थलहरुमा आज बिहानका उडान डिले भएका छन् । जल तथा मौसम […]