काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। प्राधिकरणले शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ ८ गतेसम्म दरखास्त दिन सक्नेछन्। विद्युत प्राधिकरणको वेबसाइटमार्फत दरखास्त फाराम भर्न सक्नेछन्।
Author: ननस्टप संवाददाता
एनभीए भलिबल च्याम्पियनसिप : आज सेमिफाइनलका खेल हुँदै
काठमाडौं । नवौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष र महिला दुवैतर्फ सेमिफाइनलका खेलहरू आज हुँदैछन् । महिलातर्फ पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता एपीएफ क्लब खेल्नेछन् । खेल बिहान ९ बजेदेखि हुनेछ । दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लब र समूह बी को विजेता नेपाल […]
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो। पार्टीको १५ औं महाधिवेशन हुन नसकेपछि दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर […]
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ […]
देशभर पश्चिमी वायुको प्रभाव, यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी […]
सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकियो म्यानचेस्टर सिटी
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा म्यानचेस्टर सिटी सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । तालिकाको माथिल्लो स्थानमा रहेको सिटी आफूभन्दा तलको टोलीसँग अंक बाँड्न बाध्य बनेको हो । ४१ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले खेलभरि बलको नियन्त्रण र आक्रमणमा दबदबा बनाएको देखिए पनि गोल गर्न सकेन । यता २९ अंकसहित तालिकाको […]
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुलीको लाइन काटिने
कास्की । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कुँडहर सबस्टेशनको १३२ केभी बसबार स्तरोन्नति कार्य सुरु गरेपछि बिहान ६ बजेदेखि ११ बजेसम्म पोखराका अधिकांश क्षेत्रमा बिजुली काटिने भएको हो । पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार चार दिनसम्म चल्ने मर्मत कार्यका क्रममा कुँडहर […]
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि(शुक्रबार) बस्ने भएको छ । बिहीबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक दिउँसो ३ केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।
पोखरामा शुक्रबारदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने
काठमाडौँ । पोखरामा शुक्रबारदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने भएको छ। पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक ५ घण्टा लाइन काटिने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए। उनका अनुसार शुक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटेर बसबार मर्मत गर्ने तयारी गरिएको छ। उक्त मर्मत कार्य […]
विशेष महाधिवेशन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भन्दै थापा र शर्माले निकाले संयुक्त विज्ञप्ति
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा विज्ञप्ति निकालेर विशेष महाधिवेशन सम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको बताएका छन्। आज संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उनीहरूले भनेका छन्, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै […]










