काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने समेत बताए । ‘कुलमान घिसिङ […]
Author: ननस्टप संवाददाता
कांग्रेस महाधिवेशन अब वैशाख २८ देखि ३१ सम्म, यस्तो छ कार्यतालिका
काठमाडौं । नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म हुने भएको छ। सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको नयाँ कार्यतालिकासहितको प्रस्ताव पारित भएको हो । उता चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आयु पनि लम्ब्याएर २०८३ जेठसम्म कायम गर्न पनि खड्काले राखेको प्रस्ताव पास भएको छ । कार्यवाहक […]
हेलिकप्टरमा वनभोज खान गएका मुख्यमन्त्रीले दिए यस्तो प्रष्टीकरण
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार सम्हालेसँगै प्रदेश सरकारको खर्च कटौती र मितव्ययिता अपनाउँदै आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । स्वकीय सचिवालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले सरकारी निकायहरूलाई आर्थिक मितव्ययिता र पारदर्शिता अपनाउन निर्देशन दिँदै आएको बताइएको छ। बानियाँले आफूले पनि त्यही अभ्यासलाई कार्यान्वयनमा ल्याएको उल्लेख गरेका छन् । […]
ललितपुरको अन्डरग्राउण्ड म्युजिकल पार्टीमा प्रहरी छापा, ६ विदेशीसहित ९ जना पक्राउ
काठमाडौँ । ललितपुरको गोदावरीस्थित एक रिसोर्टमा चलिरहेको ‘अन्डरग्राउण्ड म्युजिकल पार्टी’ मा प्रहरीले छापा मारी लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले ६ जना विदेशी र ३ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो। ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जनक बहादुर शाहीले शुक्रबार विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार दक्षिण भारतका आयोजक र केही […]
प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठन अभियानबिच एकता गर्न ६ बुँदे सहमति
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठन तथा रूपान्तरण अभियानबिच एकता गर्न ६ बुँदे सहमति भएको छ । देशलाई प्रगति र अग्रगमनको दिशातर्फ लैजान लोकतान्त्रिक मूल्य, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रियताको संरक्षणलाई आत्मसात गर्दै समाजवादको बाटोतर्फ अगाडि बढ्ने प्रतिबद्धतासहित दुवै पक्षबिच शुक्रबार सहमति भएको हो । सहमति अनुसार जेनजी जनआन्दोलनको अपनत्व लिँदै […]
गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ जना घाइते
बुटवल । गुल्मीमा विद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले शुक्रबार लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिका–६ का ३६ वर्षका वसन्त अर्याल र ६० वर्षकी मनकला अर्यालको […]
बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुन यसदिन भने प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ५९ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो। […]
बन्दसूची संशोधन गर्न दलहरूलाई आयोगले दियो ७ दिनको समय
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्ने समय पुस २१ देखि २७ गतेसम्म तोकेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको बन्दसूची दलहरूले पुस १३ र १४ गते आयोगमा पेस गरेका थिए । उम्मेदवारहरूको बन्दसूची छानबिन गरी सच्याउनका लागि आयोगले पुस १५ गते आयोगले दलहरूलाई सूचित […]
पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले के भने ?
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले अब अरू कुनै विकल्प नरहेको बताएका छन्। शुक्रबार अनामनगरस्थित पत्रकार सम्मेलन गरी उनीहरूले पुस २७ र २८ विशेष महाधिवेशनको माग गरेका हुन्। शुक्रबार पत्रकार सम्मेलन गरेर नेता सुवास पोखरेलले अब अरू विकल्प नभएकाले विशेष महाधिवेशनमा जानुपर्ने बताए। ‘हामीलाई विश्वास छ- पुस २७-२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पुरा […]
निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ । आयोगले सूचीकृत […]










