संसद विघटन र कांग्रेस विवादबारे मुद्दाको सुनुवाइ अब निर्वाचनपछि मात्रै हुने

काठमाडौं । संसद विघटन र नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी दुई फरक मुद्दा २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै अघि बढ्ने निश्चितजस्तै भएको छ । सर्वोच्च अदालतले मंगलबार संसद विघटनको मुद्दा २८ माघका लागि साधारण तारिख तोकेको छ । कांग्रेसको आधिकारिकता विवादमा त विपक्षीहरुलाई म्याद तामेलसमेत भएको छैन । सर्वोच्च अदालतले मुद्दा व्यवस्थापन सम्बन्धी केही कामहरु बाँकी […]

सरकारले फिर्ता लियो सामाजिक सञ्जालसम्बन्धी विधेयक

काठमाडाैँ । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक सङ्घीय संसद्‌बाट फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ सङ्घीय संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । त्यस्तै बैठकले निर्माणाधीन […]

पुरानो संसद फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्दैनौं- रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुरानो संसद फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्न नसकिने बताएका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट छ। भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो। यसतर्फ लक्ष्य गर्दै सभापति लामिछानेले आज फेसबुकमा लेखेका छन्, ‘मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, […]

राप्रपाले दियो साइबर ब्युरो र निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साइबर ब्युरो र निर्वाचन आयोगमा निवेदन दिएको छ। भ्रम सिर्जना गर्ने तथा जातीय सद्भावमा प्रतिकूल असर पार्ने गतिविधि गरेको पाइएको भन्दै कारबाही मागसहित राप्रपाले साइबर ब्युरो र निर्वाचन आयोगमा उजुरी दिएको हो। राप्रपा महामन्त्री राजेन्द्र गुरूङले साइबर ब्युरोमा दिएको निवेदनमा ‘हाम्रो पार्टी नेपाल मधेस, दलित भ्वाइसेस, नन्दु बिसी, […]

काठमाडौंमा सुकुम्बासी बस्ती माथिसम्म बाढी आउने भएकाले हटाउन खोजेको थिएँ- बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले काठमाडौंको बागमती नदी किनार बस्दै आएका भूमिहीन सुकुम्बासीलाई बाढीबाट जोगाउनका लागि हटाउन खोजेको बताएका छन्। झापा-५ मा चुनावी अभियानका क्रममा बालेनले मंगलबार बिहान त्यहाँका भूमिहीन सुकुम्बासीसँग भेटेका थिए। त्यस विषयमा त्यहाँका सुकुम्बासी परिवारहरूले बालेनसँग काठमाडौं महानगरपालिकामा मेयर हुँदा सुकुम्बासी बस्ती हटाउन खोजेको विषयमा प्रश्न […]

प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका छन्।  शर्मालाई आज बसेको सञ्चालक समितिको बैठकले सिइओमा नियुक्त गरेको बैंकले नेप्सेलाई दिएको जानकारीमा उल्लेख छ। उनको चार वर्षको कार्यकाल हुनेछ। शर्मासँग यो क्षेत्रमा काम गरेको २५ वर्षको अनुभव छ। उनले यसअघि तत्कालीन सानराइज बैंक (हाल लक्ष्मी सनराइज), माछापुच्छ्रे बैंकमा सिइओको रूपमा समेत […]

प्रभु बैंकको सीईओबाट शेरचनले दिए राजीनामा

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अशोक शेरचनले राजीनामा दिएका छन् । शेरचनको निलम्बन सञ्चालक समितिले फुकुवा गरेपछि उनले आइतबार राजीनामा दिएका हुन् । यसअघि बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शेरचनलगायत पक्राउ गरेपछि उनलाई सञ्चालक समितिले निलम्बन गरेको थियो । तर, विशेष सरकारी वकिलको कार्यालयले उनलाई प्रमाण नपुग्ने भन्दै हाजिर जमानीमा […]

कुनै एक सरकारी कागजात देखाएर मतदान गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने जनाएको छ । निर्वाचन आयोगले स्थापना गरेको कल सेन्टरमा प्राप्त पत्रको जवाफमा यस्तो उल्लेख छ । मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन ? भन्ने प्रश्नको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने बताएको हो । […]

सुन तोलामा ३७ सयले बढ्यो, कति छ चाँदीको भाउ ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज मंगलबार तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम छ । आइतबारको तुलनामा हिजो सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले […]

अमेरिका–भारत व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् । यस सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लगाउँदै आएको भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्नेछ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यो जानकारी दिएका हुन् । उनका अनुसार भारतले आफ्ना व्यापारिक अवरोधहरू शून्यमा झार्न सहमति जनाएको छ । साथै […]