काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् । रोल्पा सदरमुकाम लिबाङस्थित टुँडिखेलमा शनिबार उनले २१ फागुनको चुनावका लागि सार्वजनिक अपिल गर्ने भएका हुन् । चुनावअघि देशभर कुनै ठूला कार्यक्रम नरहेका र रोल्पाबाट सार्वजनिक सन्देशसहित सम्बोधन गर्ने पूर्वप्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डको सम्बोधनलाई […]
Author: ननस्टप संवाददाता
क्युबालाई आफ्नो नियन्त्रणमा लिने ट्रम्पको संकेत
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टापु राष्ट्र क्युबालाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिन सक्ने बताएका छन्। ह्वाइट हाउसको चौरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले क्युबासँगको ‘मैत्रीपूर्ण नियन्त्रण’ को सम्भावना औंल्याएका हुन्। इरान र क्युबा जस्ता देशहरूमा नयाँ सरकार हेर्न चाहेको अभिव्यक्ति दिँदै उनले क्युबाको वर्तमान अवस्था निकै संकटपूर्ण रहेको दाबी गरे। ट्रम्पका अनुसार क्युबा सरकार […]
कांग्रेसको प्रस्ताव : फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबिच बहस गरौँ
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाहरूबिच फागुन १८ गते खुलामञ्चमा बहसको प्रस्ताव गरेको छ । होलीकाे दिन सँगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को ५ वर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा बहस गर्ने प्रस्ताव गरेको हो । नेपाली कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति विश्वप्रकाश शर्माले […]
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको टिप्पणी गरेका छन् । शुक्रबार नुवाकोट र काठमाडौंका पार्टी नेताकार्यकर्ताको उपस्थिति काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सामान्य निर्वाचन नभएकाले जीवन–मरणका रूपमा लिएर काम गर्न आग्रह गरे । ‘यो विशिष्ठ प्रकृतिको निर्वाचन हो । यो निर्वाचन […]
सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख १५ हजार चार […]
रुकुम पश्चिममा कुलमानका उम्मेदवारले जनार्दनलाई गरे समर्थन
सुर्खेत। रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गरेका छन् । शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै केसीले शर्मालाई समर्थन गरेको घोषणा गरे । रुकुमको विकासको लागि सहकार्य गरेर अघि बढ्ने सहमति अनुसार उम्मेदवारी निष्क्रिय पारेर शर्मालाई सघाउने भएको केसीले बताए । यसअघि यहाँ नेकपा एमालेले पनि […]
पाकिस्तान–अफगानिस्तान सीमामा भीषण आक्रमण, दुवै पक्षद्वारा भारी क्षति भएको दाबी
इस्लामवाद । पाकिस्तान र अफगानिस्तानबिच सीमा क्षेत्रमा पुन आक्रमण भएको छ । दुवै पक्षले एक–अर्कालाई भारी क्षति पुर्याएको दाबी गरेका छन्, यद्यपि यी तथ्याङ्कहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन । पाकिस्तानी प्रधानमन्त्रीका प्रवक्ता मोशरफ जैदीका अनुसार, पाकिस्तानी सेनाले हालसम्म २७ अफगान तालिबान सैन्य चौकीहरू ध्वस्त पारेको छ भने ९ वटा कब्जामा लिएको छ। उनले १३३ […]
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ। आज दिउसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, […]
नेकपा बहुमतका महासचिव कञ्चन १० दिनपछि रिहा
काठमाडौं । नेकपा(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ रिहा भएका छन् । बिहिबार सर्बोच्च अदालतले कञ्चनलाई हिरासतमा राख्न नहुने भन्दै छाड्न आदेश दिएको हो । प्रहरीले फागुन ५ गते गिरफ्तार गरी १० दिनसम्म हिरासतमा राखेको थियो । कञ्चनको गिरफ्तारी गैरकानूनी भएको भन्दै ११ गते बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको थियो । उक्त रिटमा सुनुवाई गर्दै बहुमतका महासचिव कञ्चनलाई गिरफ्तार […]
नेकपाको निर्वाचन परिचालन समितिको बैठक सुरु
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकाे निर्वाचन परिचालन समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे समीक्षा गर्न बैठक बोलाइएको नेता प्रमेश हामलले जानकारी दिए । ‘केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाएका हौँ । निर्वाचनबारे सूक्ष्म समीक्षा हुन्छ । स्थानीय पार्टी कमिटीले दिएको […]










