बाटोमा स्पष्टीकरण दिदैँ प्रधानमन्त्री भन्छन्, “स्पेनमा मान्छे छोड्यो भन्नेलाई जवाफ दिनु जरुरी छैन”

KP sharma oli

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुटा र आधारहीन प्रचार गरिएको बताएका छन् । उनले “स्पेनमा मान्छे छाडेर आयो” भन्ने जस्ता हल्ला केही विरोधी र अराजक तत्वबाट फैलाइएको दाबी गर्दै यस्ता कुराको जवाफ दिन आवश्यक नरहेको टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले आइतबार झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका […]

बुङ्गल हाइड्रोको आइपिओ खुला

IPO

काठमाडौ । बुङ्गल हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित दरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।जसमध्ये पहिलो चरणमा जारी पूँजीको […]

अन्टार्कटिकामा साउदी अरबको भन्दा ठूलो तेलखानी फेला

मस्को,रुस । रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको ठूलो भण्डार फेला पारेको दाबी गरेका छन् ।  रुसी वैज्ञानिकहरूले वेडेल सागरको मुनि लुकेको ५११ अर्ब ब्यारेल तेलको विशाल भण्डार रहेको अनुमान गरेका हुन् ।  यस ‘कालो सुनको खजाना’ को खोजले अन्टार्कटिक सन्धि र ऊर्जाको लागि भविष्यको प्रतिस्पर्धामा नयाँ प्रश्न र शंकाहरू खडा गरेको छ। रुसको यो […]

४ जिपिएसहित एसईई उत्तीर्ण निशेषलाई पुरस्कार र सम्मान

भक्तपुर । भक्तपुरको लौहकिंथलीस्थित विद्यालय ॐ ज्ञान मन्दिरले ४ जिपिएसहित एसईई परीक्षा उत्तीर्ण गरेका निशेष पौड्याललाई पुरस्कृत गरेको छ । विद्यालय प्राङ्गणमा शनिबार आयोजित विशेष सम्मान समारोहका बीच निशेषलाई रु. १० हजार राशीसहितको स्व. रामप्रसाद सुवेदी स्मृति पुरस्कारले पुरस्कृत एवं सम्मानित गरिएको हो । सोही सम्मान समारोहमा शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा A+ ग्रेड ल्याएका […]

पूर्व निर्वाचन आयुक्त शर्माको निधन

काठमाडौ । पूर्वनिर्वाचन आयुक्त तथा पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण शनिबार साँझ निधन भएको छ। उनको काठमाडौंको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो। शर्माको स्वास्थ्य अवस्था अचानक गम्भीर भएपछि अस्पताल लगिएको थियो, तर चिकित्सकहरूले बचाउन सकेनन्। शर्माले लामो समयसम्म सरकारी दैनिक द राइजिङ नेपालमा पत्रकारका रूपमा काम गरेकी थिइन्। निष्पक्ष दृष्टिकोण र निर्भीक […]

महिला सशक्तिकरणमा इनर ह्विलको सक्रिय प्रयास

काठमाडौ, कीर्तिपुर । महिला सशक्तिकरणमार्फत समाज तथा राष्ट्रको समुन्नति सम्भव हुने विचार इनर ह्विल क्लब काठमाडौँ अध्यक्ष कमला श्रेष्ठले व्यक्त गरेकी छन्। शनिबार कीर्तिपुरमा आयोजित इनर ह्विल क्लब, कीर्तिपुर सेन्ट्रलको सातौँ स्थापना दिवस समारोहमा श्रेष्ठले महिला सक्षम र सबल भए मात्र समग्र विकास सम्भव हुने बताइन्। कार्यक्रममा केन्द्रीय प्रतिनिधि सर्सिज पालिखेले नेतृत्व तहमा रहेका महिलाले […]

नव जुटपानी सेवा समाजमा एकैदिन एक दर्जन आजीवन सदस्यता बिस्तार

nawa Jutpani sewa samaj

काठमाडौं । सर्लाहीको मलङ्गवा सडक खण्डमा पर्ने नवलपुर र जुटपानी जन्मथलो भई काठमाडौं उपत्यकालाई कर्मथलो बनाइरहेकाहरुको संस्था नव जुटपानी सेवा समाजले एकै दिन एक दर्जन आजीवन सदस्यता बिस्तार गरेको छ । शनिवार काठमाडौमा सम्पन्न कार्यसमिति बैठकले महत्वपूर्ण निर्णयहरू पारित गर्नुका साथै समाजमा आजीवन सदस्य बन्न चाहेका एक दर्जन सदस्यहरूको आवेदन स्वीकार गरेको सचिव रमेश घिमिरेले […]

भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

भक्तपुर । भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ। जिल्लाभित्रका चारवटै स्थानीय तहमा रहेका लक्षित उमेर समूहका सबै बालबालिकालाई आवश्यक सम्पूर्ण खोप लगाइएको पुष्टि भएपछि शनिबार एक विशेष कार्यक्रमकाबीच भक्तपुरलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो। कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र […]

पर्यटकीय गन्तव्यस्थल फिक्कल (फोटो फिचर)

Fikkal

सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका नै समृद्ध पर्यटकीय गन्तव्यको रूपमा तीब्र गतिले अघि बढिरहेको छ। विगतमा ओझेलमा परेका प्राकृतिक, सांस्कृतिक र भौगोलिक विशेषता बोकेका स्थानहरूलाई स्थानीय सरकारको पहलमा प्रवर्द्धन गरिएसँगै फिक्कलले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न सफल भएको हो । महाभारत श्रृङ्खलामा अवस्थित २,३८६ मिटर उचाइमा रहेको फिक्कल चुचुरो सिन्धुलीको सबैभन्दा अग्लो शिखर […]

गृहजिल्ला पुगेर प्रधानमन्त्रीले भने-सम्पत्तिसंगै जाँदैन

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन्। नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाममा स्थापना भएको १० शैय्याको आधारभुत अस्पतालले दैनिक चार सय जनालाई सेवा दिनेछ। प्रधानमन्त्री ओलीले जग्गा दान दिएर अस्पताल निर्माण सम्भव भएको उल्लेख गर्दै मृत्युपछि कसैले केही साथ लैजान नसक्ने […]