साग फुटबलः भुटान विरुद्ध नेपालको ४-० को जित

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार जितको सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार जितको सुरुवात गरेको हो । नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको हो । कप्तान सुजल श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा नेपालले भुटानमाथि लगातार दबाब बनाएको थियो । […]

महिला क्रिकेटमा नेपाली खेलाडीले बनाएको कीर्तिमानले विश्व क्रिकेटको ध्यान!

काठमाडौं, १७ मंसिर । नेपालमा तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सुरु भएको भोलीपल्ट बिहानै एउटा खबरले विश्व क्रिकेटको ध्यान नेपालतर्फ केन्द्रित गर्यो । विश्व क्रिकेटमा प्रत्येक दिन र हरेक खेलमा कुनै न कुनै रुपमा कीर्तिमान बन्ने र टुटने गरेका छन् । तर विश्व क्रिकेटको दुईसय वर्ष बढीको इतिहासमा कुनै बलरले रन खर्च नगरिकन छ विकेट […]

भक्तपुरको महत्व दर्शाउने गीतको पोस्टर सार्वजनिक

भक्तपुर सम्वन्धी विशेष गीतको पोस्टर सार्वजनिक गरिएको छ । भक्तपुरको महत्व दर्शाउने गरि तयार गरिएको उक्त गीतको पोस्टर सार्वजनिक गरिएको हो । विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको पाँच तल्ले मन्दिर क्षेत्रमा छायांकन गरिएको उक्त गीतले भक्तपुरको धर्मिक ,सास्कृतिक तथा पर्यटकीय सम्भावनालाई थप प्रबर्द्धन गर्दै नेपाल भ्रमण वर्ष सन् २०२० लाई सार्थक बनाउन सहयोगी भूमिका खेल्ने […]

अनलाइन विज्ञापनबाट ठगी

काठमाडौं १७ मंसिर । पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् । आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि खानेकुरा अनलाइनबाट बुक हुन्छ र घरमै आपूर्ति हुन्छ । यसरी सामान खरिदमा विचार पु¥याइएन भने […]

सागमा नेपालः २० स्वर्णसहित शिर्ष स्थानमा (विजेताहरुको नामावलीसहित)

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २० स्वर्ण पदक जितेको छ । मंगलबार बिहान साढे १२ः२० बजेसम्म नेपालले २० स्वर्ण हात पारेको हो । काठमाडौं, पोखरा र जनकपुरमा जारी सागमा सोमबार बेलुकीसम्म कराते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथलनमा एक गरि जम्मा १५ स्वर्ण जितेको थियो । तर, […]

जिप दुर्घटनामा १४ जनाको मृत्यु, गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी

गुल्मी, १७ मंसिर । तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदै एक स्थानका १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा दुर्घटनामा परेको हो । […]

भारतीयलाई पछि पार्दै १० हजार मिटर दौडको स्वर्ण सन्तोषीले जितिन्

काठमाडौं, १७ मंसिर । नेपाली धाविका सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जित्न सफल भएकी छन्। सन्तोषीले ३५ मिनेट ७।९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । सन्तोषीले भारतकी कविता यादवलाई उछिन्दै स्वर्ण जितेकी हुन्। सुरुबाटै अग्रता बनाएकी उनले अन्तिमसम्म त्यसलाई कायम गर्दै […]

महिला फुटबलमा नेपालको विजयी सुरुवात

पोखरा, १७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग को महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो । पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन् । उनले अनिता केसीको पासमा गोल गरेकी हुन् ।

मलेसियामा ३१ हजार नेपाली श्रमिकको माग

काठमाडौं, १७ मंसिर । नेपालीको प्रमुख रोजगार गन्तब्य मलेसियाले ३१ हजार कामदार माग गरेको छ। मलेसियाले क्‍वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदार माग गरेको हो । क्वालालम्पुरस्थित नेपाली दूतावासले मंगलबार नै एक विज्ञप्ति निकालेर त्यहाँका कम्पनीहरुले ३१ हजार भन्दा धेरै नेपाली कामदार माग गरेको जानकारी गराएको छ। मलेसियाले औद्योगिक क्षेत्रका लागि […]

पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि: एलपी ग्यास र हवाई इन्धन यथावत

काठमाडौ १७ मंसिर । नेपाल आयल निगमले सोमबार राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरिएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको जनाएको छ । ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ […]