महिला क्रिकेटमा नेपाली खेलाडीले बनाएको कीर्तिमानले विश्व क्रिकेटको ध्यान!

काठमाडौं, १७ मंसिर । नेपालमा तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सुरु भएको भोलीपल्ट बिहानै एउटा खबरले विश्व क्रिकेटको ध्यान नेपालतर्फ केन्द्रित गर्यो । विश्व क्रिकेटमा प्रत्येक दिन र हरेक खेलमा कुनै न कुनै रुपमा कीर्तिमान बन्ने र टुटने गरेका छन् । तर विश्व क्रिकेटको दुईसय वर्ष बढीको इतिहासमा कुनै बलरले रन खर्च नगरिकन छ विकेट लिएको कीर्तिमान भेटिन्न । जतिबेला समग्र नेपालले एकपछि अर्को स्वर्ण जित्दै सागको सुखद सुरुवात गरेर काठमाडौंमा ध्यान केन्द्रित गरेको थियो, दक्षिण एसियाली खेलकुद साग अन्तगर्त महिला क्रिकेटमा नेपाली खेलाडीले बनाएको कीर्तिमानले विश्व क्रिकेटको ध्यान भने नेपालको पोखरामा तान्यो ।

खेलाडी प्रशंसक मात्रै नभई विश्वका नाम चलेका चर्चित मीडियाको ध्यान पनि नेपालकी यी खेलाडीमाथि केन्द्रित गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलदेखि दक्षिण एसियाको चर्चित अखबारको अनलाइन संस्करणले महत्वका साथ यी खेलाडीको चर्चा गर्यो ।दक्षिण एसियाली खेलकुद साग अन्तगर्त महिला टी ट्वान्टी खेलमा सोमबार नेपालले माल्दिभ्सको सामना गर्यो । दुई ओभर एक बल बलिङ्ग गर्नुभएको अञ्जली चन्दले माल्दिभ्सको छ जना ब्याट्सविमनलाई पेभेलियन फर्काए । १३ बल फाल्दा माल्दिभ्सले एक रन लिन पाएनन । र अञ्जलीको चर्चा दक्षिण एसियाली खेलकुदमा मात्रै नभई विश्व क्रिकेटमै सुरु भयो । र नयाँ कीर्तिमानको रुपमा दत्र्ता भयो । बीबीसीको अंग्रेजी संस्करणदेखि विश्वका चर्चित मीडियाले चन्दको कीर्तिमानलाई समाचार बनाएका छन् ।

अञ्जलीको सानदार प्रदर्शनका कारण नेपालले माल्दिभ्सलाई लक्ष्य पछ्याएको इनिङको पहिलो ओभरको पाँचौँ बलमै १० विकेटले हरायो । विश्व क्रिकेटमा एक ओभरमै लक्ष्य भेट्टाएको यो तेस्रो अवसर हो । यसअघि रुवान्डा र तान्जानियाले समान चार बलमै विपक्षीलाई हराएका थिए । सोमबार पोखरा रंगशालाको क्रिकेट मैदानमा नेपालले माल्दिभ्सलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । अञ्जलीले खेलको ११औँ ओभरमा ह्याट्रिक गरिन् । यसअघि नवौँ ओभरमा उनले लागातार दुई बलमा विकेट लिएकी थिइन् । १०-१ ओभरमा समान अलीलार्ई बोल्ड गर्दै उनी टी–२० खेलमा पहिलो ह्याट्रिक लगाउनसमेत सफल भइन् ।

अञ्जलीको अविस्मरणीय इनिङमा माल्दिभ्स केवल १०-१ ओभरमा १६ रनमै अलआउट भयो । अञ्जलीले ८-५ ओभरमा इसाली इब्राहिमलाई रुबिना क्षेत्रीबाट क्याचआउट गराइन् । ८-६ ओभरमा उनले किनाथ इमाइललाई विकेटकिपर चौधरीबाट क्याच गराइन् । माल्दिभ्स महिला क्रिकेटका लागि इतिहासकै बिर्सनलायक ब्याटिङ इनिङमा नौ ब्याट्सम्यान शून्य रनमा आउट भए, जुन टी–२० क्रिकेटमा अर्को रेकर्डका रूपमा स्थापित भएको छ । सो इनिङमा ओपनर हजमान निजाजले ११ बलमा नौ रन प्रहार गरिन् । उनले दुई चौका ठोकिन् । त्यसपछि हस्फा अब्दुलले एक चौकाको सहयोगमा चार रन बनाइन् ।

आईसीसीले टी ट्वान्टी विश्वकपका लागि सञ्चालन गरेको ‘टी ट्वान्टी वल्र्ड कप’ ट्वीटर एकाउन्टमा लेखेको छ, “नेपालकी अञ्जली चन्दले आफ्नो पहिलो टी ट्वान्टी खेलमा टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा माल्दिभ्स विरुद्ध कीर्तिमान बनाएकि छन ।” उसको करीब एक लाख फ्लोअर छ । त्यसैगरी, भारतको चर्चित टाईम्स अफ इन्डियाको अनलाइन संस्करणले पनि चन्दको उक्त कीर्तिमानलाई महत्वका साथ समाचार बनाएको छ । उसले आफ्नो समाचारमा लेखेको छ, ‘रन नै खर्च नगरिकन अन्तर्राष्ट्रिय खेलमा छ विकेट लिइएको यो पहिलो अवसर हो ।’अञ्जलीले पहिलो ओभरमा तीन विकेट लिईन । दोस्रो ओभरको अन्तिम दुई बलमा दुई विकेट लिएको उनले तेस्रो ओभरको पहिलो बलमै थप एक विकेट लिएर हयाट्रिक विकेट समेत पुरा गरिन ।

यसअघि मलेसियाकी मास एलिसाले तीन रन खर्चेर छ विकेट लिएको कीर्तिमान थियो । उनले चीन विरुद्ध गत् जनवरीमा उक्त कीर्तिमान बनाएकि थिईन । विश्वमै खेलकुदका लागि सबैभन्दा बढी हेरिने इ एस पी एनले आफ्नो अनलाइन संस्करणमा चन्दको कीर्तिमानलाई स्तब्ध बनाउने कीर्तिमानको रुपमा उल्लेख गरेको छ । उसले पटक पटक शुन्य रन खर्चेर छ विकेट उल्लेख गर्दै छ रन दिएर शुन्य विकेट नपढ्न सचेत गराएको छ । पोखरामा सम्पन्न उक्त खेलमा नेपालले माल्दिभ्सलाई १० ओभरमा १६ रनमा अल आउट गरेको थियो । बलर अञ्जली चन्दले आउट गरेकि छ जना ब्याट्सविमन डक आउट हुन पुग्यो ।

कसैले एक रन जोडन सकेनन । बलको सामना गरे र पेभेलियन फर्किए । अञ्जलीको बलमा माल्दिभ्सकी शफ्फा सलिम र सम्मा अली त बोल्ड नै हुन पुगिन् । नेपालले १७ रनको लक्ष्य पहिलो ओभरको पाँच बलमै पुरा गर्यो । ३१ भदौ, २०५१ मा जन्मिनुभएकि अञ्जली चन्दको यो पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेल भनिएपनि उहाँले यसअघि बङ्गलादेश विरुद्ध एक खेलमा सहभागी भइसकेकि छन । बङ्गलादेश विरुद्ध उनले २०१४ मा पहिलो टी ट्वान्टी खेलेकि थिईन । घरेलु लिगमा उनले पोखरा पल्टनको प्रतिनिधित्व गरी चार म्याचमा खेलेकि छन ।

Loading...