भारतीयलाई पछि पार्दै १० हजार मिटर दौडको स्वर्ण सन्तोषीले जितिन्

काठमाडौं, १७ मंसिर । नेपाली धाविका सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जित्न सफल भएकी छन्। सन्तोषीले ३५ मिनेट ७।९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । सन्तोषीले भारतकी कविता यादवलाई उछिन्दै स्वर्ण जितेकी हुन्।

सुरुबाटै अग्रता बनाएकी उनले अन्तिमसम्म त्यसलाई कायम गर्दै स्वर्ण जितिन्। सन्तोषीलाई लगातार पछ्याए पनि कविताले रजत जितेकी छन्। कविताले नेपालकी सन्तोषीलाई अन्तिममा उछिन्दै अग्रता बनाए पनि केही सेकेन्डले स्वर्ण नेपालको पक्षमा आयो। कवितालाई १ मिलिसेकेन्डले उछिन्दै सन्तोषीले स्वर्ण जितिन्।

१५ सय मिटरमा कास्य नेपालका लागि धावक टंक कार्कीले पुरुष १५ सय मिटर दौडमा कास्य पदक जितेका छन्। दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा टंकले निर्धारित दौड ३ मिनेट ५९।२० सेकेन्डमा पूरा गर्दै कास्य जिते। दौडमा लामो समय पाँचौ स्थानमा रहेका टंकले अन्तिम ल्यापमा उत्कृष्ट पुनरागमनसहित कास्य जिते।

यसतर्फ भारतका अजयकुमार सरो ३ मिनेट ५४।८१ सेकेन्डमा दौड पूरा गर्दै स्वर्णका हकदार भए। भारतकै अजीत कुमारले ३ मिनेट ५७।१८ सेकेन्डमा दुरी पुरा गर्दै रजत जिते। महिलातर्फ सरस्वती भट्टराई पाँचौ बनिन्। उनले दौडको १२ सय मिटरसम्म अग्रता बनाएर अन्तिम ल्यापमा पछि परिन्। श्रीलंकाकी कुबुरालागेले स्वर्ण जितिन् भने भारतकी चद्नाले रजत जितिन्। महिलाको १ सय मिटर दौडमा सरस्वती चौधरीले अन्तिम चरणमा प्रतिस्पर्धा गरे पनि पदकविहीन भइन्। उनले हिट चरणमा १२।५७ सेकेन्डमा दुरी पुरा गरेर शीर्ष आठमा समेटिइन्।

Loading...