काठमाडौं, २६ मंसिर । एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनमा प्रतितोला रु ४०० र चाँदीमा प्रतितोला रु १० वृद्धि भएको छ । महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९०० […]
Author: Nonstop Khabar
नयाँ सभामुखको छलफल: नेम्वाङ वा सापकोटा
भक्तपुर, २६ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टीमा सभामुख कसलाई बनाउने विषयको छलफल अब दुई जनामा सिमित भएको छ । नेकपाका सचिवालय सदस्यका अनुसार सुवास नेम्वाङ र अग्नि सापकोटामध्ये एकजना सभामुख हुने लगभग निश्चित भएको छ । एक दुई दिनमै बस्ने सचिवालय बैठकमा नयाँ सभामुखको विषयमा नेताहरुबीच छलफल हुने स्थायी कमिटीको बैठकका कार्यसूची तय गरेको छ […]
विद्युत प्राधिकरण आयोजनाको प्रगति: १०१.५२ प्रतिशत
भक्तपुर, २६ मङ्सिर, नेपाल विद्युत प्राधिकरणद्धारा संचालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ । प्राधिकरणद्धारा संचालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिना साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब ११ करोड खर्च गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको हो । ती […]
उत्रिए लोकसेवाले मागेको अधिकृतको विज्ञापनविरूद्ध कर्मचारी
काठमाडौँ, २६ मंसिर । लोकसेवा आयोगले बुधबार खोलेको शाखा अधिकृत तहका कर्मचारीको विज्ञापनको समायोजनमा परेर प्रदेश र स्थानीय तहमा गएका शाखा अधिकृतहरूले विरोध जनाएका छन् । कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका ब्याच नम्बर ३०, ३१, ३२ र ३३ का शाखा अधिकृतहरूले नयाँ विज्ञापनको विरोध गरेका हुन् । उनीहरूले […]
श्रीमानले प्रहार गरेको चक्कुबाट श्रीमती घाइते
मोरङ, २६ मंसिर । श्रीमानको चक्कु प्रहारबाट श्रीमती घाइते भएकी छिन्। ५० वर्षीय डम्बर कार्कीले ३५ वर्षीया श्रीमती सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्कु प्रहार गरी घाइते बनाएका हुन् । तरकारी काटिरहेको अवस्थामा श्रीमानले चक्कु प्रहार गर्दा सुस्मिताको टाउको, घाँटी र हातमा गहिरो चोट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए । गम्भीर अवस्थाकी उनलाई […]
अज्ञात समूहले नगरपालिकाको वडा कार्यालय र, स्काभेटरसमेतमा आगजनी
संखुवासभा २६ मंसिर । संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति १२ ०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए । आगजनी नेत्रविक्रम चन्द […]
व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहुँदा उठाइएन शव
लहान, २६ मंसिर । मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहुँदा विगत तीन दिनदेखि गोलबजार नगरपालिका– ९ निवासी अनिता पासवानको शव लहानस्थित अस्पतालमा राखिएको छ ।उद्योग व्यवस्थापनको लापरवाहीका कारण उद्योगमा मजदूरी गर्दै आएकी पासवानले आत्महत्या गरेको भन्दै मजदूरले आज तेस्रो दिन पनि बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योग बन्द गराएका छन् […]
गए राति स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
दोलखा, २६ मंसिर । दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राति स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । गए राति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हँुदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । […]
धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा पूजा आजा एवं दान गरि मनाइँदै
काठमाडौं २६ मंसिर,। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । धान्य पूर्णिमाको अवसरमा आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरिँदै छ । धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो […]
१९ वर्षीया सन्तोष पन्त महाकाली सिंचाइको नहरमा मृत अवस्थामा भेटिए
कञ्चनपुर, २६ मंसिर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिंचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् । आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । ‘प्रारम्भिक जानकारीअनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ’, […]










