४ वर्षीया छोरीलाई बाबुद्धारा कुटपिट गरी हत्या

कन्चनपुर, १५ पुष । कन्चनपुरका एक पिता आफ्नी ४ वर्षीया छोरीको कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । भिमदत्त नगरपालिका १८ सुकुम्बासी टोलमा बस्ने ३० वर्षीय इन्द्र बहादुर चुनारालाई सोमबार साँझ ४ वर्षीया छोरी सुशिलाको हत्या अभियोगमा पक्राउ गरिएको हो । मादक पदार्थ सेवन गरेका इन्द्र बहादुरको कुटपिटबाट घाईते भएकी शुसिलाको अंचल अस्पताल […]

निजी घर तथा अपार्टमेन्टहरु भाडामा लिई मानव तस्कर व्यवसाय सञ्चालन

काठमाडौं,१५ पुस । मानव तस्करहरुले यौन शोषणका लागि नेपाली किशोरीलाई दिल्लीका निजी अपार्टमेन्टमा बिक्री गर्न थालेको पाइएको छ । पहिले दिल्लीको कोठीमा बेचविखन हुने गरेकामा अहिले दिल्लीका निजी अपार्टमेन्टहरुमा पनि बिक्री गरेको पाइएको माइती नेपालले जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरी माइती नेपालले मानव बेचबिखन र ओसारपसारले नयाँ रुप लिन थालेको बताएको हो । […]

मैत्री बहुउद्देश्यीय सहकारी संस्था बाट पाँच लाख चोरी

तम्घास, १५ पुस । गुल्मी बलेटक्सारमा रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट पाँच लाख रुपैयाँ चोरी भएको छ। संस्थाको उपशाखा कार्यालयमा तोडफोड गरी रकम चोरी भएको मुख्य शाखा तम्घासका व्यवस्थापक अर्जुन आर्चायले बताए। उनका अनुसार कार्यालयको गेटसँगै नगद राखेको दराज तोडफोड गरी पाँच लाख रुपैयाँ सोमबार राति चोरी भएको हो। जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख […]

भोजपुरमा बोलेरो दुर्घटना हुदा चालकको मृत्यु

भोजपुर, १५ पुस । सदरमुकामबाट उत्तरमा रहेको षडानन्द नगरपालिका वडा नम्वर १० खोटडाँडाबाट धरान जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुदाँ चालकको उपचारकाक्रममा मृत्यु भएको छ। सोमवार साँझ षडानन्द नगरपालिका १० खोटडाँडाबाट सुन्तला लिएर धरान तर्फ जाँदै गरेको को २ च १७९२ नम्वरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडक भन्दा १५ मिटर तल खस्दा दुर्घटना भएको […]

ब्रेक फेल भएर सोह्रखुट्टेमा ट्यांकरले दियो ६ गाडीलाई ठक्कर, रोकियो सटरभित्र पुगेर

काठमाडौं, १५ पुस । ब्रेक फेल भएको एक पानी बोक्ने ट्यांकरले छ वटा गाडीलाई ठक्कर दिएको छ। मंगलबार बिहान गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकर ‌ओह्रालोमा ब्रेक फेल भएपछि पाँच गाडी र एक मोटरसाइकललाई ठक्कर दिएको हो। गाडीलाई ठोक्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएको थियो। ट्यांकर […]

पाताल लोकसम्म फैलिएको तलाउ ,जहाँ अनेक तरहका खानीहरु

एजेन्सी । संसारमा केहि यस्ता स्थानहरु पनि छन् जहाँ अनेक तरहका खानीहरु छन् । कतै सुन, कतै चाँदी त कतै बिभिन्न रत्नहरु । यस्ता केहि रहस्यमय स्थानहरु अझै पनि रहस्यमै मात्र सिमित छन् । भारतको हिमाञ्चल प्रदेशमा पानीको सतहभन्दा धेरै तल बिभिन्न खर-खजानाहरु रहेको छ ।  यो ठाउँमा अरबौँको संख्यामा खर-खजानाहरु भए पनि कसैले निकाल्न […]

सत्तारुढ दलबाटै सभामुख: सञ्चारमन्त्री बाँस्कोटा

कञ्चनपुर, १५ पुस। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान प्रेस सङ्गठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्य दललाई उक्त पद नदिने सङ्केत गरे। “सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्”, मन्त्री बाँस्कोटाले भने, “सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको […]

जम्मु-कश्मिरको वायु नेपालतिर, वर्षा र हिमपात हुने सम्भावना

भक्तपुर, १५ पुस । रतको जम्मु कश्मिरमा विकसित पश्‍चिम न्यूनचापीय प्रणाली नेपालतिर प्रवेश गर्दैछ। यो प्रणाली मंगलबार रातिदेखि नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार मौसम सामान्य रहेपनि बुधबारदेखि सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडि भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। शुक्रबार र शनिबार पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद‍् […]

नेपाल भ्रमण वर्ष–२०२० को लोगो टिपर र ट्रकमा

काठमाडौं, १५ पुस । नेपाल भ्रमण वर्ष–२०२० को शुरुआतसँगै टिपर तथा ट्रकमा नेपाल भ्रमण वर्षको लोगो टाँसिएको छ । नेपाल टिपर तथा ट्रक व्यवसाय समितिले सोमबार एक कार्यक्रममा २०० टिपर तथा ट्रकमा भ्रमण वर्षको लोगो टाँसेको हो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन […]

हात्तीको आक्रमणबाट दर्जन घर भत्कनुका साथै लाखौंको क्षति

राजविराज, १५ पुस । सप्तरीको विभिन्न स्थानमा जंगली हात्तीको समूहले १ दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्‍याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार र पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्‍याएको सप्तरी प्रहरीले जनाएको छ । हात्तीको समूहले सप्तकोशी नगरपालिका–९ बस्ने […]