जर्मनीमा गोलीकाण्ड, आठ व्यक्तिको मृत्यु

एजेन्सी । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेको जनाएको छ। प्रहरीले बताए अनुसार राति करिब १० बजेतिरका घटना हुन्।घटनापछि सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। गोलीकाण्ड भएको हानाउ शहर फ्र्याङ्कफर्टदेखि […]

धितोपत्र बजार : ३० अंकको वृद्धि

  काठमाडौं, ८ फागुन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ ।लगातार उकालो लागिरहेको बजारले आज झण्डै ३० अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको हो । नेपाल स्कटक एक्स्चेन्जका अनुसार २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुगेको छ । नेप्सेको वृद्धि प्रतिशतका आधारमा २.०९ हो । यस्तै […]

सञ्चारमन्त्री बास्कोटाले दिए पदबाट राजीनामा

काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिनु भएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिनु भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिनु भएको हो । नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराउनु भएको हो । उहाले भन्नु भयो, “मन्त्रीज्युले सम्बन्धित […]

गोकुल बाँस्कोटाले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौँ, ८ फाल्गुन । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् । बिहीबार बिहान कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएको स्रोतले बताएको छ ।बाँस्कोटा विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो […]

तीर्थयात्राका लागि गएका ६ जना नेपालीको दुर्घटनामा परि मृत्यु

काठमाडौं, ८ फागुन । तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार […]

सुनको मूल्यमा अहिले सम्मकै नयाँ रेर्कड

काठमाडौँ, ८ फागुन । सुनको भाउ बढेर नयाँ उचाइमा पुगेको छ । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान मनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ७७ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि बुधबार सुन तोलामा ७७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा […]

‘सेन्टी भाइरस’ को ‘ए नि लै’ गीत रिलिज (भिडियो सहित)

काठमाण्डौ, ८ फागुन ।सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को नयाँ गीत ‘ए नि लै’ सार्वजनिक भएको छ । रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ को लिरिकल भिडियो गीत ‘ए नि लै’सार्वजनिक भएको छ । गीतमा सुशान्त गौतमको गायन छ भने आफैंले संगीत भरेका छन् । शब्द हर्क साउदको रहेको […]

क्वारेन्टाइनमा रहेका १७५ जनाकै रिपोर्ट नेगेटिभ आएपछि विद्यार्थी उत्साहित

काठमाडौँ, ८ फागुन । चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोन भाइरसको महामारी पछि नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको थियो । यहाँ राखिएका १७५ जना नेपालीमा कोरोना सङ्क्रमणको लक्षण देखिएको छैन । क्वारेन्टाइनमा बसेका सबैमा कोरोना लक्षण नदेखिएपछि खरिपाटीमा खुसी छाएको छ । क्वारेन्टाइनमा बसेका अभिभावक तथा आफन्तमा […]

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने

काठमाडौं ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिने भएका हुन् । आज दिउँसो नै उनले राजीनामा दिने सुचना प्राप्त भएको छ । जसअनुसार अहिले सञ्चारमन्त्री गोकुल बाँस्कोटा काठमाडौं बाहिर छन् । उनले काठमाडौं फर्किएलगत्तै राजीनामा […]

काँग्रेस द्धारा राष्ट्रिय सभा बैठक अवरुद्ध, सञ्चारमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने घोषणा

काठमाडौं, ८ फागुन । काँग्रेस सांसदहरुले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन् । बिहीबारको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठकमा काँग्रेस सांसद जितेन्द्र देवले सञ्चारमन्त्री बाँसकोटाको राजीनामा, छानविन समिति गठन र घटनाबारे प्रस्ट धारणा प्रधानमन्त्रीले नदिएसम्म बैठक अघि बढ्न नसक्ने धारणा राखेका […]