लागुऔषध कारोबारी र प्रहरीबीच भीडन्त एकको मृत्यु

महाेत्तरी । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा आइतबार राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । प्रहरीले लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ […]

बाँकेको दुई नयाँ ठाउँमा फेला परे कोरोनाका ४ संक्रमित

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्लाका आठ स्थानीय तह मध्ये अहिलेसम्म डुडुवासहित पाँच पालिकामा कोरोना संक्रमण देखा परेको छ । नेपालगञ्जमा सुरुमा देखा परेको कोरोना भाइरसको संक्रमण नरैनापुर, खजुरा, राप्तीसोनारी हुँदै डुडुवामा समेत देखा परेको हो । अहिलेसम्म कोहलपुर, बैजनाथ र जानकी गरी तीन पालिकामा भने संक्रमण देखिएको […]

लकडाउनमा भक्तपुरमा २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीसहितका पाँचजनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । गिरीले यही ८ गते बेलुका युवतीलाई ललाइफकाई […]

दलित युवा र ठकुरी युवतीको प्रेमले निम्त्यायो विपत, २ को मृत्यु ७ जना वेपत्ता

जाजरकोट । शनिबार राति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको आक्रमणपछि बेपत्ता भएका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका ६ युवामध्ये एक जनाको शव सल्यानस्थित भेरी नदिको किनारमा भेटिएको छ। नवराज विक प्रेमिका लिन गाउँका १८ जना साथ लिएर शनिबार साँझ चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए। समूह आएलगत्तै युवतीका परिवार, गाउँलेहरु जम्मा गरी उनीहरुविरुद्ध आक्रमणमा उत्रिएका थिए। प्रहरीले […]

संक्रमित बढ्न थालेपछि चिलेको स्वास्थ्य सेवा ‘थेग्नै नसक्ने’ अवस्थामा

एजेन्सी । दक्षिण अमेरिकी देश चिलेमा कोरोना भाइरसको महामारीका कारण त्यहाँको स्वास्थ्य सेवा थेग्नै नसक्ने गरी दबाबमा आएको छ । चिलेका राष्ट्रपति सेबास्टियन पिनेराका अनुसार अबको केही दिनभित्रै देशको स्वास्थ्य सेवाले आफ्नो सीमा पार गर्ने बताएका छन् । राष्ट्रपति पिनेराले आइतबार भनेका छन्, ‘हामीलाई यो तथ्य थाहा छ कि हाम्रो स्वास्थ्य सेवा थेग्नै नसक्ने खालको […]

कोरोना, बिस्तारवाद भर्सेस नेपाल

यो मितिसम्ममा पचासौं लाखमा संक्रमण र झन्डै सवा तीन लाख मानिसको ज्यान लिईसकेको कोरोनाको कहरले सम्पूर्ण मानव जातिको अस्तित्व के होला भन्ने त्राहिमाममा सारा बिश्व लकडाउनमा बन्धक बनेको छ । शुरुवाती क्रममा चीनको वुहान शहरमा देखा परेको यो भाइरसलाई अमेरिकी राष्ट्रपतिले ‘चीनियाँ भाइरस’को संज्ञा दिंदै आइरहेका छन् भने चीनियाँ मिडियाले पनि भाइरसको जन्मदाता अमेरिका स्वयं […]

कोरोना महामारीको प्रभाव र सामाजिक मनोविज्ञानको अवस्था

करिव साढे पांच महिना अघि देखी चिनको वुहान प्रान्तबाट फैलिएको कोभिड 19 अर्थात कोरोना भाइरस ले विस्वभर ४४३४६५३ मानिसहरु संक्रमित भएका छन भने यसको संक्रमणबाट बाल बच्चा, दिर्घरोगी, वृद्ध उमेर समुहका मानिसहरु आजसम्म कूल ३०२१६९ जना संक्रमितले कोरोना संक्रमणबाट मृत्यु हुन पुगेका छ्न । यस महामारीले मानिसको जिवन लाइ लामो समय सम्म असर पर्ने गरी […]

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो २७८

काठमाडौं, ३ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या २७८ पुगेकाे छ । शनिबार दिउँसो थप दुई जनामा कोरोना संक्रमण भेटिएसँगै कूल संख्या २७८ पुगेकाे हाे ।  शनिवार २६ वर्ष र ५२ वर्षका २ पुरुषमा काेराेनाकाे संक्रमण भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे थियाे । हाल महोत्तरीमा रहेका उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार मात्र ११ जना कोरोना […]

सेनाका मध्यपूर्वी पृतनापति उपरथी नै कोरोना संक्रमित

काठमाडौं, ३ जेठ । नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ । तर, उनकाे अवस्थाका बारेमा अाधिकारिक जानकारी भने दिइएकाे छैन । स्वास्थ्य मन्त्रायलले शनिबार अपरान्ह महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो । तिनै व्यक्ति नेपाली सेनाका मध्यपृतनाका प्रमुख भएकाे थाहा भएकाे छ । मन्त्रालयले […]