लोकसेवाले ठूलो संख्यामा सुब्बामा जागिर खुलायो

काठमाडौं, २९ पुस । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवाले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको हो । कूल ८४३ संख्या मध्ये खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने लोकसेवाले जनाएको छ । आयोगले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको छ । […]

पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन १ मा

कास्की । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । म्याराथनको विजेताले दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो […]

फेसबुकले बढायो सामाजिक विकृति, बालविवाह दर बढ्दो

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो । १७ वर्षीया विष्टको फेसबुकको सम्बन्धकै कारण विवाह पनि भयो । हाल उनी २० वर्षकी भइन । भर्खर विवाह गर्ने उमेर भएकी विष्टका दुई सन्तान जन्मिसकेका छन् । आजभोलि दुई सन्तान पाल्न आफूलाई समस्या […]

डेढ महिनासम्म नियन्त्रणमा आएन थानचोक वनमा लागेको आगो

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ बाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ । आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन । तर जडीबुटी र वन्यजन्तुमा कति […]

४३० कोरोना संक्रमित थपिए, ५ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार रहेको छ । यसअघि सोमबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार […]

सर्वोच्चले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागु नगर्न परेको रिट खारेज गर्यो

काठमाडौं, २८ पुस । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरेको छ । सर्वोच्चले रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । अदालतका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले रिट खारेज गरेको हो । सर्वोच्चले नयाँ पाठ्यक्रम रोक्न भन्दै […]

अस्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढ्यो

अस्ट्रेलिया । अस्ट्रेलियाले कोरोना भाइरसका कारण भइरहेको जनशक्ति अभाव कम गर्न विद्यार्थीले काम गर्न पाउने समय बढाएको छ । अध्यागमन विभागका अनुसार यो प्रावधान अस्थायी रूपमा केही महत्त्वपूर्ण क्षेत्रमा मात्र लागू हुनेछ । अस्ट्रेलियाली गृहमन्त्रालयले एक सूचना जारी गर्दै वर्तमान कठिन अवस्थामा स्वास्थ्य, कृषिलगायतका अत्यन्तै जरुरी सेवामा आवश्यक जनशक्ति पूरा गर्न यो निर्णय लिइएको जनाएको छ । सूचनामा […]

ओली जी ! हजार चोटी संविधान पढ्नुस तपाईलाई संसद विघटन गर्ने अधिकार कतै लेखेको छैन

मेरो गुरु हुनुहुन्छ, भुवन ढुंगाना । उहाँले आफ्नो पुस्तक परित्यक्तामा लोग्ने मान्छे, स्वास्नी मान्छे, त्यसपछि मान्छेहरु खोज्नु भएको छ, त्यसपछिका विचारहरु खोज्नु भएको छ । पुस्तकको निचोड छ, मान्छेले देहले आत्महत्या गर्ने होइन, विचारको हत्या गर्छ । त्यसकारण अहिलको प्रश्न आत्महत्या गर्ने कि नगर्ने भन्ने हो । यो भनेको विचारलाई सक्ने कि नसक्ने भनेको हो […]

प्रतिनिधिसभा विघटनविरुद्ध ३३० निर्वाचन क्षेत्रमा कांग्रेसको आज विरोध कार्यक्रम

काठमाडौँ । नेपाली का‌ग्रेसले सरकारको विरोध गर्दै आज ३३० निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा उत्रिएको कांग्रेसले दोस्रो चरणको कार्यक्रम अन्तर्गत देशभरका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन र सभा गर्दैछ । देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरु आफूलाई पायक पर्ने ठाउमा सहभागी हुने जनाइएको छ । सभापति शेरबहादुर देउवा काठमाडौँ […]

आङ्शिक प्राध्यापक र त्रिविबीच सहमति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार)मा नियुक्ति दिने सहमति भएको छ । यसरी […]