कोरोना संक्रमणले वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन भएको छ। ७६ वर्षीय उनको आज सोमबार बिहान निधन भएको हो। केही दिनयता उनको उपचार सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भेन्टिलेटरमा राखेर भइरहेको थियो। यसअघि ह्याम्स अस्पतालमा पनि उनको उपचार गरिएको थियो। विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि […]

संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो

काठमाडौँ । कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि बेलायतमा जारी गरिएको लकडाउन केही खुकुलो बनाइएको छ । इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन खुकुलो पारिएको हो । अब मानिसहरु सीमित संख्यामा आफ्नो घरमा भेला हुन, प्रियजनसँग अंकमाल गर्न तथा पब एवम् रेस्टुरेन्टहरुमा जान पाउने छन् । प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि कोरोना […]

काठमाडौँमा पीसीआर परीक्षण गर्ने ७० प्रतिशतमा संक्रमण

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र […]

पुरानै अनुहार दोहोर्‍याउँदै मन्त्रिपरिषद गठन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै अनुहारलाई दोहोर्‍याउँदै मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । ओलीसँगै उनको मन्त्रिपरिषदका सदस्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । दोहोरिएका […]

एकैदिन १६८ को मृत्यु, ९३०५ संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ३६२ जनाको पीसीआर परीक्षण र ४२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । यसैगरी थप […]

गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गुरुङले लिए शपथ

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनियताको शपथ गराएकी हुन् । बैशाख २६ गतेको राजीनामापछि प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र बहुमतका आधारमा नाम पेश गर्न दलहरुलाई समयसीमा दिएकी थिइन् । अन्तिम समयसम्म पनि […]

कर्णाली प्रदेश सरकारमा तीन मन्त्री नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीको राजीनामा स्वीकृत गरेसँगै उनले नयाँ मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा सुर्खेत निर्वाचन २ (ख) बाट प्रदेशसभामा निर्वाचित विन्दमान विष्ट, सुर्खेतकै सीता नेपाली र रुकुम(पश्चिम) (क) बाट निर्वाचित […]

कोरोना संक्रमणबाट प्रदेशसभा सदस्य चौलागाईको निधन

काठमाडौं । बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक बढिरहेको छ । मंगलबार एकैदिन कोरोना संक्रमणबाट थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमवार मात्र कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २२५ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले सीसीएमसी, नेपाली सेनाद्वारा […]

यी हुन ओलीलाई विश्वासको मत नदिने एमालेका २८ सांसद

काठमाडौं । सरकार जोगाउनका लागि केपी शर्मा ओलीले आज संघीय प्रतिनिधि सभामा लिएको विश्वासको मतमा उनकै पार्टीका २८ सांसदले उनलाई मत दिएनन । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहितका २८ जना सांसदले ओलीलाई विश्वासको मत नदिने निर्णयसहित संसद बैठकमै अनुपस्थित भएका हुन् । एमालेका बाँकी ९३ सांसदले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् । नेपाली […]