कपिलवस्तु, २८ पुस । कपिलवस्तुमा श्रीमतीको हत्या गरी फरार रहेका आरोपित श्रीमान सात वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम भन्ने सिकन्दर चमारलाई मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। उनीमाथि कपिलवस्तु कृष्णनगर नगरपालिका-६ श्रीनगरकी २१ वर्षीया किसलावती चमारको हत्या आरोप […]
Author: Nonstop Khabar
कोरोना बढेपछि सिंहदरबार प्रवेशमा कडाइ, यसअघि जारी सबै पास खारेज
काठमाडौं, २८ पुस । कोरोनाभाइरसको संक्रमण बढेसँगै गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ। बुधबार एक सूचना जारी गर्दै कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टलाई मध्यनजरमा राख्दै सिंहदरबार प्रवेश गर्न कडाइ गरेको हो। सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी सबै प्रकारका पास, अस्थायी परिचयपत्रहरू खारेज भएको गृह मन्त्रालयले जनाएको छ। नयाँ स्थायी, अस्थायी पास तथा परिचय […]
राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न शुक्रबार सर्वदलीय बैठक
काठमाडौं, २८ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग यही पुस ३० गते शुक्रबार परामर्श गर्ने भएको छ । आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो । ‘पर्सि शुक्रबार बिहान ११ः३० बजेका लागि […]
पाल्पामा मोटरसाइकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाइते
पाल्पा, २८ पुस । पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वी भेग निस्दी–७ को भित्री सडक खण्डमा पसलदेखि घरतर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिन्धुरेमा किराना पसलदेखि घर […]
अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगरौं : अध्यागमन विभाग
काठमाडौं, २८ पुस । अध्यागमन विभागले अति आवश्यक अवस्थामा बाहेक कोरोना भाइरसको संक्रमणको जोखिम भएका मुलुकमा भ्रमण नगर्न सचेत गराएको छ । बुधबार ट्राभल एडभाइजरी जारी गर्दै विभागले भनेको छ, ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएको मुलुकहरुमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरुले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरिन्छ ।’ गत सोमबारको गृहमन्त्रिस्तरीय निर्णय […]
गायक यम बरालले गरे दोस्रो बिहे, भित्र्याए काँग्रेस नेतृ
काठमाडौ, २८ पुस । लोकप्रिय गायक यम बरालले दोस्रो बिहे गरेका छन् । उनले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बिहे गरेका हुन् । बरालले गीतालाई काठमाडौंमा हालै किनको घरमा भित्र्याएका बताइएको छ । हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला खुल्लातर्फ गीता बागमती प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन् । विवाहको बिषयमा प्रश्न […]
बालुवाटारमा फैलियो कोरोना, देउवाको भोलि फेरि पीसीआर गरिने
काठमाडौं, २८ पुस । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए । देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको थियो । दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देउवाले फेरि […]
३ हजार ७५ मा कोरोना पुष्टि
काठमाडौं, २८ पुस । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार ७५ मा कोरोना पुष्टि भएको जनाएको छ । यो अवधिमा १३ हजार ३६ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि […]
नेप्से ३० अंकले घट्यो, ८ अर्ब माथिको शेयर कारोबार
काठमाडौं, २८ पुस । केही दिन यता लगातार बढिरहेको शेयर बजारमा बुधबार ‘करेक्सन ’ देखिएको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव ५१ अंकले घटेर १८ सय ३ दशमलव ३२ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च देखिएको छ । बुधबार शेयर कारोबार रकम ८ अर्ब माथि पुगेको छ । […]
नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्र हुने विश्व बैकको प्रक्षेपण
काठमाडौ, २८ पुस । विश्व बैंकले सन् २०२२ मा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) अर्थात आर्थिक वृद्धिदर ३.९ प्रतिशतमै सीमित हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोम तीव्र फैलन थालेकाले आर्थिक वृद्धिदर संकुचन हुने बैंकले प्रक्षेपण गरेको हो । यता, नेपाल सरकारले भने सात प्रतिशत वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्य तोकेको छ […]











