चलाउनेको जिमी ग्रुपले ल्यायो इटालीको नम्बर १ वाईन ‘जिमी गोसे’ नेपाली बजारमा

काठमाडौं । जिमी ग्रुप प्रालिले नेपाली बजारमा नयाँ ब्राण्डको वाइन ल्याएको छ । इटालियन स्वादको नयाँ वाईन ‘जिमी गोसे’ सोमबारदेखि बजारमा आएको कम्पनीका कार्यकारी निर्देशक जीवन चलाउनेले जानकारी दिएका छन् । लामो समयदेखि वित्तीय संस्था, खाद्यान्नसहित विभिन्न व्यापारमा सम्लग्न रहेका चलाउनेको कम्पनीले यो वाइन बजारमा ल्याएको हो । अंगुरबाट बनेको उच्च गुणस्तर स्वाद र सुगन्धसहितको […]

महेश्वर पन्तद्वारा लिखित “बौलाको डायरी” सार्वजनिक

काठमाडौ । कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयुक्त आयोजनामा महेश्वर पन्तद्वारा लिखित “बौलाको डायरी” काव्य कृति काठमाडौंमा सार्वजनिक गरियो । आख्यान पुरुष साहित्यकार डा. ध्रुबचन्द्र गौतमको प्रमुख आतिथ्यमा लोकार्पित कृतिमाथि समालोचक राजकुमार बानियाँले “काव्यकृति नेपाली जनजीवन तथा मुलुकले भोगेको जनयुद्धका घटना- परिघटना,पात्र, द्वन्दले पारेको असर,समाजिक मनोबिज्ञान लगायत राजनीतिक […]

मोरङ लेटाङमा भएको झडपमा एक प्रहरीको मृत्यु

काठमाडौँ । मोरङको लेटाङमा अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको छ। आइतबार साँझ लेटाङ–५ मा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएपछि स्थानीय प्रशासनले अहिले बिहान ७ बजेबाट कर्फ्यु लगाएको हो। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नेपालखबरसँग टेलिफोनमा भने, ‘अहिले बिहान ७ बजेदेखि लागू हुनेगरी अर्काे आदेश नभएसम्मका लागि लेटाङका ४, ५ र ६ […]

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक वोहरा र वडा नं ११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका–१ का सुकराम विक रहेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी […]

कुवेतमा नेपाली मौलिक संस्कृति झल्काउने स्टल

दोहा । कुवेतको सांस्कृतिक र मनोरञ्जन कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्काउने सामग्रीको स्टल राखिएको छ । कुवेतको स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्थानीय डीनरी अफ डिप्लोम्याटिक कोर्प्स र कूटनीतिक महिला समितिको संयुक्त तत्वावधानमा कुवेत सिटीमा आयोजित सांस्कृतिक र मनोरञ्जन कार्यक्रममा नेपाली स्टल राखिएको हो । नेपाली दूतावासले नेपाली मौलिक संस्कृति झल्काउने पोसाक, नेपाली खाना, […]

रियलको मैदानमा बार्सिलोनाको गोलको वर्षा

काठमाडौँ । भ्रमणकारी टोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिक भिडन्तमा घरेलु टोली रियल मड्रिडमाथि शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० अन्तरको शानदार प्रदर्शन गर्दै एल क्लासिकको लगातार पाँचौ हारको अन्त्य गरेको हो । जाभी होर्नाण्डेजको नेतृत्वमा रहेको बार्सिलोनालाई जिताउन पिएरे एमरिक अबमेयाङले दुई तथा रोनाल्ड अरुजो र […]

सीआईबीको अनुसन्धानमा अभिनेत्री प्रियंका कार्की, पति आयुषमानले जिम्मा लिएर छुटाए

काठमाडौँ। अभिनेत्री प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ। डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा ब्यूरोले उनलाई अनुसन्धानको दायरामा ल्याएको हो। अनुसन्धान ब्यूरोले कार्कीलाई आइतबार अनुसन्धानका लागि बोलाएको छ। केही समयअघि सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरेर उनले भनेकी थिइन्, ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस्।’ नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैह्र […]

मोरङमा प्रहरीमाथि आक्रमण, १८ घाइते, एकको अवस्था चिन्ताजनक

काठमाडौँ, ६ चैत । मोरङको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा​ माेरङका एसपी जनार्दन जिसीसहित १८ प्रहरी घाइते भएका छन्। घाइतेमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको अवस्था चिन्ताजनक भएको बताइएको छ। उनीहरुलाई उपचारका लागि कोसी अस्पताल पुर्याइएको छ। लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको […]

एचडब्लूपीएल डीपीसीडब्ल्युको छैठौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । एचडब्लूपीएलअन्तर्गत डीपीसीडब्ल्युको छैठौँ अनलाइनबाट वार्षिकोत्सव सम्पन्न भएकाे छ । शान्तिको घोषणा र युद्धको अन्त्य (डीपीसीडब्ल्यु -DPCW)को छैठौँ वार्षिकोत्सव १४ मार्च २०२२ मा ५,000 भन्दा बढी सहभागीहरूको साथमा शान्तिलाई संस्थागत गर्दै, दिगो शान्तिको लागि कानूनी आधार निर्माण गर्ने विषयमा एचडब्लुपीएल (HWPL)द्वारा आयोजित कार्यक्रम अनलाइनबाट सम्पन्न गरेकाे हाे । व्यापक द्वन्द्वका कारण व्यक्तिगत जीवनको सुरक्षा […]

पललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आज म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय […]