भोलिदेखि नियमित उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

काठमाडौँ । निजी हवाई सेवा कम्पनीहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि नियमित उडान ठप्प पार्ने भएको छ । सरकारले यसअघिको सम्झौतालाई बेवास्ता गर्दै एकपक्षीय रूपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था कायम गरेको, यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतको शुल्क वृद्धि गरिएको भन्दै नागरिक उड्ययन प्राधिकरणविरुद्ध संघ आन्दोलनमा उत्रिएको हो । आज उपत्यकामा […]

एनसेलले ल्यायो अनलिमिटेड डेटा र आकर्षक अल नेट भ्वाइस प्याक

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकहरूले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । यी प्याकहरू बिहीबार (आज) बाट सञ्चालनमा रहको छ । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक […]

एसपीपीबाट नेपालको नाम फिर्ता लिन आह्वान

श्याम श्रेष्ठ, डा. शरद वन्त लगायतले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बाट नाम फिर्ता लिन आह्वान गरेका छन् । उनीहरूले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै अहिले आरोप प्रत्यारोप गर्ने नभइ एसपीपी बिरुध्द राष्ट्रिय एकता निर्माण गर्ने र यसलाई सम्पूर्ण रुपमा खारेज गर्ने बेला भएको बताएका छन् । वक्तव्यमा भनिएको छ, सम्पूर्ण देशभक्त नेपालीहरू, नेपाल सरकार, […]

सुशासनका लागि निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने भक्तपुरका पत्रकारको निष्कर्ष

आकाश गजुरेल । भक्तपुर, ६ असार । संचार क्षेत्रको निगरानी र खबरदारी बिना स्थानीय सरकारमा सुशासन कायम हुन नसक्ने निष्कर्ष निकालिएको छ । सोमबार भक्तपुरमा सम्पन्न स्थानीय सरकारको सुशासन प्रबर्द्धनमा संचार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उक्त निष्कर्ष निकालिएको हो । नेपाल पत्रकार महासंघ भक्तपुर र मानव अधिकार संचार प्रतिष्ठान नेपाल ललितपुरको संयुक्त आयोजनामा राधेराधे स्थित […]

ह्याण्डसम प्रिन्सलाई कृष्णको रुपमा पाउँदा मोडल गरिमा शर्मा मक्ख

  काठमाडौँ । लोकप्रिय गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक सुरेनले पछिल्लो समय एकपछि अर्को सफल गीतमा स्वर दिइरहेका बेला प्रेम रोमान्सले भरिएको राधा प्यारीबाट निकै आशा गरेको बताएका छन् । गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको राधा प्यारीमा […]

विदेशमा विद्यार्थी पठाउने शैक्षिक कन्सल्टेन्सीका शेयरधनी नै करोडमा ठगिए

काठमाडौं । कतिपय शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) मा विद्यार्थी र अभिभावक ठगिएका घटना नयाँ होइन तर काठमाडौँको एक कन्सल्टेन्सीका शेयरधनी नै ठगिएका छन्। काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेशनलका शेयरधनी तारकेश्वर गाउँपालिका–१, नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिइ पूर्वसञ्चालक चाँगुनारायण नगरपालिका–८, भक्तपुरका ७२ वर्षीया केशवप्रसाद अधिकारीले रु तीन करोड ५० लाख ठगी गरेको उजुरी परेपछि अधिकारीलाई नेपाल […]

बिग मर्जरको लाइनमा ६ ठूला बैंक, यसरी चल्दैछ ठूलो बन्ने होड

  काठमाडौं । ६ वटा ठूला वाणिज्य बैंकहरू मर्जरको होडमा देखिएका छन् । हालसम्मकै ठूलो बैंक ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इनभेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू (बिओके) र नेपाल बंगलादेश बैंक मर्जरको फ्रन्ट लाइनमा देखिएका हुन् । यी ठूला बैंकहरूमध्ये ग्लोबल आईएमईले बैंक अफ काठमाण्डूसँग मर्जरको हात अघि बढाएको छ भने नबिलले […]

ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने ४ विद्यार्थी पक्राउ

काठमाडौं । काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो । प्रहरीले […]

उत्तर कोरियाद्वारा शृंखलाबद्ध तोप प्रहार

सीउल । उत्तर कोरियाले आइतबार स्थानीय समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म तोप प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। किम जोङ उनले उत्तर कोरियालाई आणविक रूपमा सशक्त देश बनाउने प्रतिबद्धता गरेको भोलिपल्ट उत्तरले शृंखलाबद्ध ढंगले तोप प्रहार गरेको हो। उत्तरको तोप प्रहारबारे दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले थप विवरणहरू दिएको छैन्। तर, उसको […]

जी-बब र उनका बाबुआमाबीच तीन बुँदे सहमति

काठमाडौँ । र्‍यापर जी–बब (सुदीप भण्डारी) र उनका बाबुआमाबीच तीन बुँदे सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई पक्षबीच तीन बुँदे सहमति भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल नामक पुनर्स्थापना कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल पछि दुबैले तीन बुँदे सहमती गरेका […]