जब हतकडी बने लगाएका पाउजु र चुराहरु

गजल सबै बकवास लाग्याे उसलाई प्रेमका कुराहरु जब हतकडी बने लगाएका पाउजु र चुराहरु मर्नलाई प्राण नै उड्नु नपर्नेरहेछ बुझ्दैछु ज्यानमारा भएपछि सम्झनाका छुराहरु समाजसेवाकाे झ्याली पिटिदैछ बजारमा  कठै ! भन्दै दयाकाे पात्र बनाइए टुहुराहरु मुटुकाे छानाे चुहिएर अाँखाबाट खसेछु म पलाउँदै थिए ,चुँडिए जीवनका अाँकुराहरु

जिशिअ र सहायक जिशिअबीच कार्यालयमै फाइट । भ्रष्टाचारको पोल खोलाखोल

सल्यान, १६ भदौ । सल्यानका जिल्ला शिक्षा अधिकारी र सहायक जिल्ला शिक्षा अधिकारीबीच भ्रष्टाचार गरेको विषयलाई लिएर झगडा भएको छ । त्यो पनि पत्रकारसहितको सर्वपक्षीय बैठकमै । शुक्रबार दिउसो ३ बजे जिल्ला शिक्षा कार्यालय सल्यानमा पत्रकारसहित सर्वपक्षीय बैठकको अायोजना गरिएको थियो । यही भदौ २३ गते हुने शिक्षा दिवसको तयारीबारे छलफल गर्न उक्त बैठक बोलाइएको […]

विद्यार्थीको आन्दोलनपछि मध्यपश्चिम विश्वविद्यालयको विवादास्पद सम्बन्धन रद्द

सुर्खेत, १६ भदाै । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा सम्बन्धन लिने तयारीमा रहेको भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजले सम्बन्धन रद्द गर्ने भएको छ । कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले बिहीबार एमयूका उपकूलपतिलाई पत्र लेख्दै कलेज र नेपाल इन्जिनियरिङ कलेज प्रालिबीचको सम्बन्धन प्रकृया खोरज गर्न आग्रह गरेका हुन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले एमयूसँग अपारदर्शीरुपमा सम्बन्धन लिन थालेको […]

देशभर चाडपर्वका लागि सुपथ मूल्यका पसल सञ्चालन । सामानमा ठूलाे छुट

काठमाडौं, १६ भदाै । नजिकिँदै गरेका पर्व वडा दशैँ, तिहार तथा छठमा सहुलियत दरमा दैनिक उपभोगका वस्तु सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् । आपूर्ति मन्त्रालयअन्तर्गतका चार निकाय साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले शुक्रबारदेखि संयुक्तरुपमा सुपथ मूल्यका पसल उपत्यकाभित्र विभिन्न आठ स्थानबाट सञ्चालनमा ल्याएका […]

कुनै हालतमा पनि कोसीमा उच्च बाँध बनाउन नदिने नेकपाको घोषणा

काठमाडौं, १६ भदाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कोसीमा उच्च बाँध बनाउन नदिने जनाएको छ । हालै मात्र भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले कोसीमा उच्च बाँध निर्माण गर्न भनी भारत सरकारसँग सम्झौता भएको बताइरहेका बेला उक्त सम्झौता राष्ट्रघाती भएको बताउँदै नेकपाले बनाउन नदिने जनाएको छ । बुधबार प्रकाशित नेकपाको मुखपत्र रातो साप्ताहिकमा लेख […]

अायाेगको अादेश अटेरी गर्दै यसरी गरियो रातारात २५० कर्मचारीको सरुवा

काठमाडाैं, १६ । कर्मचारीकाे सरूवा नगर्न निर्वाचन अायाेगले गरेकाे निर्देशन विपरित सरकारले रातारात ठूलाे सङ्ख्यामा कर्मचारीकाे सरुवा गरेकाे छ । रातारात २ सय ५० भन्दा बढी कर्मचारी एकैसाथ कर्मचारी सरुवा भएपछि त्यसकाे व्यापक विराेध भएकाे छ । नियमविपरीत एकतर्फी रूपमा कर्मचारी सरुवा गरेको भन्दै आधिकारिक ट्रेड युनियनलगायत कर्मचारीसम्बद्ध विभिन्न संगठन विरोधमा उत्रिएपछि तनाव भएको हो। […]

दशैका लागि ९० प्रतिशतभन्दा बढी हवाइ टिकट बुकिङ

काठमाडौँ, १६ भदौ । दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् । दशैँमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरेर वायुसेवा कम्पनीले यतिखेर धमाधम टिकट बुकिङ गरिरहेका हुन् । सडक सवारीसाधन जस्तो अग्रिम बुकिङ भनेर नखुलाउने वायुसेवा कम्पनीले दसैँ आउनु तीन साताअघि नै लगभग सीट बुकिङ सकिएको जनाएका छन् । […]

नेविसंघ विवाद छताछुल्ल । ४१ केन्द्रीय सदस्यले गरे बैठक नै बहिस्कार

काठमाडौँ, १६ भदौ । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना माग पूरा नभएको भन्दै ४१ केन्द्रीय सदस्यले आज बैठक बहिष्कार गरेका छन् । अपराह्न ४ बजे वाल्मिीकि क्याम्पसको सभाकक्षमा शुरु भएको बैठकमा केन्द्रीय सदस्यले ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नियमविपरीत अन्य क्याम्पसलाई सम्बन्ध दिएको’ भनी विरोध गरेका केन्द्रीय सदस्य अनिलबहादुर शाहीलाई गरिएको निलम्बन फिर्ता गराउन नेविसंघको नेतृत्वले […]

मुस्ताङबाट एक हजार च्याङ्ग्रा राजधानी ल्याइदै

काठमाडाै, १६ भदौ । नेपाल खाद्य संस्थानले दशैँका लागि करिब दुई हजार ५०० खसीच्याङ्ग्रा काठमाडौँ ल्याउने भएको छ । उपभोक्तालाई लक्ष्य गरेर एक हजार ५०० खसी र एक हजार च्याङ्ग्रा ल्याइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार एक हजार खसी हेटौँडा र ५०० खसी दाङ तथा एक हजार च्याङ्ग्रा मुस्ताङबाट ल्याइनेछ […]

नयाँ स्वास्थ्य नीति निर्धारण गर्न समिति गठित

काठमाडौँ, १५ भदौ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमन्त्रीको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय नयाँ स्वास्थ्य नीति निर्धारण समिति गठन गरेको छ । समितिका कार्यकारी उपाध्यक्षमा डा महेश मास्के तथा सदस्यमा डा बद्रीराज पाण्डे, डा शरद् वन्त, डा सेनेन्द्रराज उप्रेती, डा पदमबहादुर चन्द, डा वाइपी सिंह, दयालक्ष्मी वैद्य, डा वासुदेव उपाध्याय र स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मी […]