लमजुङ, १९ भदौ । लमजुङबाट मनाङ जाने सडकमा पहिरो गएपछि त्यस क्षेत्रमा चल्ने यातायात पूर्णत अवरुद्ध भएका छन् । मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत खुदीको अर्खले भन्ने स्थानमा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो । गएराति पहिरो झरेर सडक पुरिएपछि यातायात अवरुद्ध भएको खुदी प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हरिबहादुर थापाले जानकारी दिए । ठूलठूला […]
Author: Nonstop Khabar
सातै प्रदेश र केन्द्र सरकारमा एमालेको पूर्ण बहुमत ल्याउने ओलीको दावी
चितवन, १९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनपछि एमालेले सात वटै प्रदेश र केन्द्रमा बहुमतसहितको सरकार गठन गर्ने दाबी गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले २ नं प्रदेशमा पनि एमाले पहिलो हुने बताए । भरतपुर महानगरपालिकामा आफ्ना पार्टीका […]
बोकेको मुढाले किच्दा शेर्पाको मृत्यु
चरिकोट, १९ भदौ । बैतेश्वर गाउँपालिका–७ क्षेत्रपामा मुढाले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिरी नगरपालिका–७ का १७ वर्षीय मिङ्मा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुढा बोक्ने क्रममा चिप्लेर लड्दा उनको मृत्यु भएको हो । मुढाले किचेर घाइते उनलाई उपचारका लागि मैनापोखरीस्थित हिमालय कियर अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु […]
कांग्रेसको भ्रष्टाचारी मोह कि भ्रष्टाचारीको कब्जामा कांग्रेस रु
काठमाडाैं, १९ भदाै । सत्ता नेतृत्वको दल कांग्रेसको भ्रष्टाचारमा सजाय पाएकालाई संसद् र प्रदेश तहमा उम्मेदवार बन्न दिनुपर्ने अडानले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक अन्योलमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रत्यक्ष निर्देशनमा संसद्को राज्यव्यवस्था समितिबाट विधेयक अघि बढ्न सकेको छैन । सत्तासीन उदासीनता निर्वाचन आयोगले निर्वाचनसम्बन्धी विधेयक यथाशक्य शीघ्र पारित गरिदिन निरन्तर आग्रह गर्दै आए पनि […]
होटेल र रेस्टुरेन्टमा बैंकको साढे ६५ अर्ब कर्जा
काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले होटल तथा रेष्टुुरेन्ट क्षेत्रमा ६५ अर्ब ५९ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीसम्बन्धी विस्तृत तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ को ११ महिनामा होटल क्षेत्रमा उक्त परिमाणमा कर्जा लगानी भएको हो । राष्ट्र बैंकका अनुसार सो अवधिमा २८ वटा वाणिज्य बैंकहरुले […]
सिटी एक्प्रेसले ल्यायो उत्सव उपहार योजना
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नजिकिँदो दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरुलाई ९० दिनसम्मचल्ने ‘उत्सवएक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर कम्पनीले उक्त उपहार योजना सार्वजनिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले यस उपहार योजनाअन्र्तगत लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी–सर्ट, […]
अन्तरिक्षमा पहुँचसम्बन्धी कार्यशालामा नेपाल सहभागी
काठमाडाैं, १८ भदाै । युरोपेली राष्ट्र अस्ट्रियाको पर्यटकीय शहर ग्राजमा ‘२१ औँ शताब्दीको सर्वाङ्गीण विकासका लागि अन्तरिक्षमा पहुँच’ विषयक पाँचदिने कार्यशाला शुरु भएको छ। आइतबारदेखि शुरु भएको कार्यक्रम आगामि भदौ २२ गतेसम्म चल्नेछ। कार्यक्रममा अन्तरिक्षका विषयमा भएका पछिल्लो गतिविधिका विषयमा समेत जानकारी गराइने छ। संयुक्त राष्ट्रसंघीय अन्तरिक्ष मामिला कार्यालय र अस्ट्रियन सरकारको संयुक्त आयोजनामा कार्यशाला […]
बाढीका कारण हराएको बाह्रसिंगे भेटियो
चितवन, १८ भदौ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हराएको भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ। बाढीका कारण खुलाखोर भत्किएपछि त्यहाँबाट हराएको भनिएका चार बाह्रसिंगेमध्ये एउटा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। उनका अनुसार अर्ना र बाह्रसिंगे राखिएको खुला खोर ९इन्क्लोजर०को अनुगमनमा एउटा बाह्रसिंगे भेटिएको […]
जनयुद्धका यी कलाकार भन्छन : प्रचण्ड सामु गएर आत्मदाह गरिदिउँ जस्तो लाग्छ..
झट हेर्दा लक्का जवान मुस्कुराइरहने स्वभाव हाँसीला र फुर्तिला पञ्चराम रोका पर्वत कुनैबेला माओबादी बृतका चर्चित कलाकार थिए । छमछमी नाच्ने पर्वतर्लाइ भेरी कणार्ली क्षेत्रमा माओबादी कलाकारको मोडल भनेर चिन्थे । तर यतिबेला त्यतीबेलाका मोडल पर्वत जस्ताको तस्तै छैनन् । राम्रोसंग बोल्न जिब्रो आउदैन हातखुटा पनि राम्रोसंग चल्दैनन शरीरका अस्थीपञ्जरहरूले समेत साथ दिन छोडीसकेका छन […]







