बुटवल, २० कार्तिक । नेपाल एयरलाइन्सकाे जहाज दुर्घटनामा परेकाे छ । दुर्घटनाबाट कुनै मानवीय क्षति भएकाे छैन । रुपन्देहीकाे भैरहवास्थित गाैतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना परेको हाे । वायुसेवा निगमका अनुसार जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको टायरका कारण दुर्घटना भएकाे हाे । जहाजकाे पछाडिकाे बाँया पट्टीको टायर पञ्चर […]
Author: Nonstop Khabar
६ ठाउँमा भूकम्प मापन गर्ने अत्याधुनिक केन्द्र बन्दै
काठमाडौँ, २० कार्तिक । जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो । सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र […]
सुन्दर महिलाका खास स्वभाव थाहा पाउने यी अचुक उपाय
सुन्दरताका लागि होस् वा शील स्वभाबका आधारमा होस् पुरुष भन्दा बढी महिलाको बारेमा मुल्याङ्कन गरिन्छ । विशेषगरी महिलाको स्वभाव र सरलपनले सबैलाई आकर्षित गर्ने गर्दछ । महिलाहरु आफ्नै परिवेश अनुसारको सिको गर्ने पनि गर्दछन तर उनीहरुको स्वभाव जन्मेको महिना अनुसार पनि निर्धारण हुने ज्योतिषीय तथ्य पनि फेला परेको छ । कुन महिना जन्मेका महिलाको स्वभाव […]
एकाएक घरकाे छतमा जहाजकाे ढाेका खसेपछि भागाभाग
एजेन्सी । भारतको दक्षिणी सहर हैदरावादको एउटा परिवारले आफ्नो घरको छतमा हवाईजहाजको ढोका खस्दा एउटा नराम्रो झट्का महसुस गर्यो । तब साे घर र त्यस वरपर रहेका मानिसहरुकाे भागाभाग भएकाे बताइएकाे छ । घरकाे छतमा रंगरोगनको काम गरिरहेका मानिस भने भाग्यमानी रहेछन् कि उनी उक्त घटना हुँदा खाजा खान गएका थिए । एकजना प्रहरी अधिकारीले […]
जब पानीकाे इनारबाट ठूलाे मात्रामा सुनचाँदीका गहना अाउन थाले
एजेन्सी । भारतकाे एउटा गाउँमा इनारबाट ठूलाे मात्रामा सुन र चाँदीका गहना फेला पर्ने गरेका छन् । इनारबाट सुन र चाँदीका गहनाहरु मानिसहरुले भकाभक निकाल्न थालेपछि त्यस क्षेत्रका वासिन्दा चकित परेका छन् । यहाँ ठूलो परिमाणमा गहना लुकाइएको हुनसक्ने बताइएकाे छ । गरगहना लुकाइएकाे अाशङ्कामा प्रहरीले यहाँ खोजतलासी गरेको थियो साेही क्रममा प्रहरीले ठूलाे मात्रामा […]
नयाँ २० ग्रह जहाँ अति विकसित मानव हुनसक्ने भन्दै वैज्ञानिक अनुसन्धान जारी छ
एजेन्सी। ब्रम्हाण्डको रहस्यको खोजी गरिरहेका वैज्ञानिकहरुले जीवन सम्भव हुनसक्ने २० ग्रह पत्ता लगाएका छन् । नासाको केपलर टेलिस्कोपबाट पाइएको विवरणअनुसार सौर्य मण्डलभन्दा बाहिर रहेका २० ग्रहहरुमा जीवन सम्भव रहेको हुनसक्ने पाइएको हो । अहिले सार्वजनिक गरिएको विवरणअनुसार उक्त ग्रहहरुमा एलियनहरु पनि रहेको हुनसक्ने बताइएको छ । नयाँ ग्रहको विषयमा पाइएको यस किसिमको विवरणको कारण वैज्ञानिकहरु […]
चितवनको सौराहमा भैसीको अन्तराष्ट्रिय सम्मेलन गरिदै
चितवन, १९ कार्तिक । भैँंसीपालन र यसको व्यावसायिक उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विभिन्न देशका वैज्ञानिकहरुको सहभागितामा ‘भैँंसी’ बारे अन्तर्राष्ट्रिय संगोष्ठी यही कात्तिक २९ गतेदेखि चितवनको सौराहामा हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपछी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान […]
जेलमा रहेका अभियुक्तले समेत प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेको खुलासा
कैलाली, १९ कार्तिक । मंसिरमा हुने संघ तथा प्रदेशकाे निर्वाचनका लागि प्रहरीकाे सर्वाधिक खाेजीमा रहेका तथा जेलमा बसेका समेतले उम्मेदवारी दर्ता गरेकाे थाहा भएकाे छ । उनीहरुले अाफै उपस्थित नभएर वारेसमार्फत उम्मेदवारी दर्ता गराएकाे खुलेेकाे हाे । यसअघि दिपक मनाङे र गणेश लामाकाे उम्मेदवारीका बारेमा पनि प्रश्न उठेेकाे थियाे । त्यससँगै नेपाल प्रहरीका एसएसपीसहित ८ […]
कांग्रेसमाथि मोदी आक्रामक, भारतका लागि कांग्रेस धमिरा भएको दावी
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार प्रतिपक्षी दल भारतीय कँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिएका छन् । उत्तर भारतको हिमाञ्चल प्रदेशको कङ्ग्रामा भएको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले सो शब्दावली प्रयोग गरी प्रतिपक्षीको आलोचना गरेका हुन् । भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छोडी आफ्नो दल भारतीय जनता […]
आफूमाथि खतरा आइलागेको भन्दै प्रधानमन्त्रीले दिए राजिनामा
एजेन्सी । आफूमाथि खतरा आइलागेको भन्दै एक लेबनानी प्रधानमन्त्रीले राजिनामा दिएका छन् । लेवनानका प्रधानमन्त्री सायद हरीरीले मुलुकमा इरानको ‘हस्तक्षेप’ र आफ्नो जीवनमा नै खतरा रहेको कारण देखाउँदै राजिनामा दिएको घोषणा गरेका हुन् । आफ्ना पिताको पनि प्रधानमन्त्री रहेकै बेला हत्या भएको स्मरण गर्दै प्रधानमन्त्री हरीरीले त्यस्तै खतरा आफूमाथि आउने संकेत गरेका छन् । उनले […]











