नयाँ २० ग्रह जहाँ अति विकसित मानव हुनसक्ने भन्दै वैज्ञानिक अनुसन्धान जारी छ

एजेन्सी। ब्रम्हाण्डको रहस्यको खोजी गरिरहेका वैज्ञानिकहरुले जीवन सम्भव हुनसक्ने २० ग्रह पत्ता लगाएका छन् । नासाको केपलर टेलिस्कोपबाट पाइएको विवरणअनुसार सौर्य मण्डलभन्दा बाहिर रहेका २० ग्रहहरुमा जीवन सम्भव रहेको हुनसक्ने पाइएको हो । अहिले सार्वजनिक गरिएको विवरणअनुसार उक्त ग्रहहरुमा एलियनहरु पनि रहेको हुनसक्ने बताइएको छ । नयाँ ग्रहको विषयमा पाइएको यस किसिमको विवरणको कारण वैज्ञानिकहरु पनि उत्साहित बन्न पुगेका छन् ।

अहिले पाइएको विवरणअनुसार केही ग्रहहरु यस्ता छन्, जसले पृथ्वीजस्तै ताराहरुको परिक्रमा गर्छन् । एक परिक्रमा पूरा गर्नको लागि केहीले धेरै समय लगाउने गरेका छन् । केही ग्रहले भने तीन सय ९५ दिनको समयमा पनि एक परिक्रमा पूरा गर्ने गर्छन् । यो सूचीमा केही यस्ता ग्रहहरु पनि रहेका छन्, जसले आफ्नो परिक्रमा पूरा गर्नको लागि सबैभन्दा कम १८ दिनको समय लगाउने गर्छन् ।

नासाको के२ मिसनका जेफ कागलिनले सूचीमा समावेश भएका तीन सय ९५ दिन परिक्रमाको लागि लगाउने ग्रहहरुमा मानव जीवन रहेको हुनसक्ने बताएका छन् । यो मिसनमा पाइएको केओआई–७९२३.०१ ग्रह पृथ्वीको आकारको तुलनामा ९७ प्रतिशतको आकार भएको छ । यो ग्रह भने पृथ्वीभन्दा केही चिसो रहेको छ । यो आफ्नो परिक्रमा गर्ने ताराभन्दा टाढा रहेको र यसले परिक्रमा गर्ने तारा पनि सूर्यभन्दा केही चिसो रहेको कारण यो ग्रह पनि चिसो हुन पुगेको हो ।

मावन जीवन रहेको हुनसक्ने सबैभन्दा धेरै आशा गरिएको यो ग्रह पृथ्वीको टुंड्रा क्षेत्रजस्तो हुनसक्ने अनुमान गरिएको छ । यद्यपि यो ग्रहमा पानी पाउनसक्ने गर्मी पनि रहेको बताइएको छ । नासाको टोलीका अनुसार यो ग्रह ७० देखि ८० प्रतिशत ठोस ग्रह हो । ‘न्यु साइंटिष्ट’ले सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म स्पष्टरुपमा वैज्ञानिकहरुले यो कुराको पुष्टि गरेका छैनन्, किनकी यो विषयमा अझै धेरै विवरणहरु तथा निगरानी आवश्यक रहेको बताइएको छ ।

Loading...