ठूलो मात्रामा वम बनाउने सामान र प्रेसर कुकर वमसहित दुर्इ भारतीय नागरिक पक्राउ

धादिङ, १५ मंसिर । भारतबाट वम बनाउने ठूलाे मात्रामा सामान लिएर अाएका भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले २ जना भारतीय नागरिकलार्इ प्रेसर कुकर वम सहित पक्राउ गरेकाे जानकारी दिएकाे छ । पूर्वकाे काकडिभट्टा नाकाबाट यात्रुबाहक बसमा चढेर उनीहरु काठमाडाै अाउँदै गरेका बेला समातिएका हुन् । उनीहरुलार्इ प्रहरीले पृथ्वी राजमार्ग अन्तर्गत नाैबिसे धादिङमा बसमा […]

राजधानीको युएन पार्क नजिक ठूलो आवाजका साथ वम विष्फोट

काठमाडाैं, १५ मंसिर । ललितपुरको कुपन्डोल र काठमाडौंको बुद्धनगरका बीचमा रहेकाे युएन पार्क नजिक बम विस्फोट भएको छ । शु्क्रबार साँझ करिब ६ः३० बजेतिर ठूलाे अावाजका साथ वम विष्फाेट भएकाे स्थानीयले जनाएका छन् । यूएन पार्क नजिक भएकाे उक्त वम विष्फाेटबाट कुनै मानवीय क्षति नभएकाे प्रहरीले जानकारी दिएको छ । वम विष्फाेटकाे अावाज अाए लगत्तै […]

केपी ओलीले भने, ‘एमाले कम्युनिस्ट पार्टी नै होइन, जनयुद्ध प्रचण्डको ठूलो सैद्धान्तिक भूल थियो’

काठमाडाैं, १५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा अाेलीले अाफ्नाे पार्टी कम्युनिस्ट पार्टी नभएकाे बताएका छन् । साथै उनले मार्क्सले भनेकाे समाजवाद र साम्यवाद केवल भन्ने र देखाउने मात्र भएकाे भन्दै त्याे लागु नहुने कल्पवृक्ष मात्र भएकाे स्पष्ट पारेका छन् । राजधानीबाट प्रकाशित एक दैनिक पत्रिकाका चर्चित सम्पादकलार्इ अाफ्नै निवासमा बाेलाएर अाेलीले साे कुरा […]

सी जिनपिङले भने ‘नेपाली माअाेवादी हाम्रा पहिलाे नम्बरका मित्र हुन्’

काठमाडौं, १५ मंसिर । चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका विभिन्न देशहरुमा विभिन्न पार्टी र समूह गरी ६ सय कम्युनिस्ट पार्टीको सूची तयार गरेको छ । सबैभन्दा पहिलो नम्बरमा नेपालको माओवादी पार्टीलाई राखेको छ । उसले माओवादी जनयुद्धले नेपालको परिवर्तनमा ठूलो भूमिका खेलेको भन्दै पहिलो नम्बरमा राखेको हो । उसले कुनै व्यक्तिको नाम भन्दापनि नेपालको माओवादी पार्टीलाई […]

आठ वर्ष बित्दा पनि स्वास्थ्य चौकी भवन बनेन

बाजुरा, १५ मंसिर । बाजुराको छेडेदह गाउँपालिका–१ मा रहेको काँडा स्वास्थ्य चौकीका भवन निर्माणको सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि भवन निर्माण कार्य पुरा नहँुदा बिरामीको उपचारमा समस्या भएको छ । समयमै स्वास्थ्य चौकी निर्माण नभएपछि उपचार गर्ने र सामानहरू राख्ने ठाउँको अभाव भएको छ । विसं २०६८ मा निर्माण शुरु गरिएको भवन छ वर्ष […]

विद्युतको मुल्य बढाइएपछि वामपन्थीहरु सडकमा उत्रिए

एजेन्सी । विद्युतमा भएको मूल्यवृद्धिको विरोध स्वरूप बङगलादेशको वामपन्थी झुकाव भएका दलहरूले बिहीबार आधा दिन हड्ताल गरेका छन् । मूल्यवृद्धिको विरोधमा विहानैदेखि देशका मुख्य शहरमा हजारौँको सङ्ख्यामा भेला भएका प्रदर्शनकारीले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड तथा व्यानर बोकी शहरका मुख्य मुख्य भाग परिक्रमा गरेका थिए । बङ्गलादेशको उर्जा नियामक आयोगले यही नोभेम्बर २३ गतेदेखि लागू […]

ट्रम्पले मुस्लिम धर्म विरोधी भिडियो ट्वीट गरेपछि आलोचित

US president Donald trump

एजेन्सी । लण्डनका महानगर प्रमुख सादिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतमा हुने भनी तय भएको राजकीय भ्रमणलाई रद्द गर्न आग्रह गरेका छन् । बेलायतमा अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गरेपछि खानले सो भिडियोप्रति विरोध जनाउँदै यस पहिले बेलायती नागरिकले ट्रम्पको भ्रमणबारेमा विरोध जनाइरहेका बेलायतीको स्वरलाई थप शसक्त बनाएका हुन् । महानगरप्रमुखले अमेरिकी […]

प्रचण्डले खोले अर्को रहस्य, अबको प्रधानमन्त्री केपीलार्इ बनाउने सहमति भएको प्रचण्डको दावी

काठमाडौं, १४ मंसिर । वाम गठबन्धनकाे देशव्यापी लहर राम्राे भएकाे भन्दै नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अब वामपन्थीकाे नेतृत्वमा स्थायी सरकार गठन हुने दावी गरेका छन् । साथै प्रचण्डले अब बन्ने सरकारकाे नेतृत्व एमाले अध्यक्ष केपी शर्मा अाेलीले गर्ने घाेषणा पनि गरेका छन् । प्रचण्डले एक सञ्चारमाध्यमसँग कुरा गर्दै साे घाेषणा गरेका हुन् । […]

गच्छेदार पत्नी प्रमुख अतिथि रहेकाे कार्यक्रमस्थलमै वम विष्फाेट भएपछि भागाभाग

सुनसरी, १४ मंसिर। इटहरी उपमहानगरपालिका भलादमी टाेलमा नेपाली कांग्रेसले अायाेजना गरेकाे कार्यक्रमस्थलमा वम विष्फाेट भएकाे छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा अायाेजित कार्यक्रममा हालै फाेरम लाेकतान्त्रिककाे अध्यक्ष पद समेत छाेडेर नेपाली कांग्रेसमा फर्केका विजय कुमार गच्छेदार पत्नी निर्मला गच्छेदार प्रमुख अतिथिका रुपमा बाेलाइएकी थिइन । कार्यक्रम सुरु नहुँदै भएकाे वम विष्फाेटबाट चार जना […]

मधेशी नेता हृदयेश त्रिपाठीले पत्रकार सम्मेलन अायाेजना गरेर भने ‘म एमालेमा प्रवेश गर्दैछु’

नवलपरासी, १३ मंसिर । नवलपरासी पश्चिम प्रतिनिधि सभा क्षेत्र नम्बर १ का वाम गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेद्धवार बनेका हृदेश त्रिपाठीले निर्वाचनपछि आफू एमालेमा प्रवेश गर्ने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता त्रिपाठीले भने, ‘अहिले हामीले एमालेको सुर्य चिन्ह लिएर चुनाव लड्दैछम, पश्चिम मधेशका नेताहरु हामी स्वतन्त्र रुपमा […]