नवराज सिलवाललार्इ पक्रन पक्राउ पुर्जी जारी, सिलवालले उपत्यका छाडे, नवराजलार्इ जेल नहाली देउवाले सरकार नछाेड्ने

काठमाडौं, १८ पुस । नवनिर्वाचित सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको छ । तर, पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार बिहानै उपत्यका छाडिसकेका छन् । आइजिपी बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सर्वोच्च अदालतले केही […]

अत्याधुनिक चिनियाँ मेसिनबाट भेरी बबई डाइभर्सनको सुरुङ खन्न सुरु

काठमाडौँ, १८ पुस । बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ शुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सो आयोजनामा पहिलो पटक ‘टनेल बोरिङ मेशिन’ टिबिएम प्रयोग गरिएको छ । अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम मेशिनको सफलतापूर्वक परीक्षण सम्पन्न भएको […]

पिपुल्स हेल्पफुल सहकारीमा दुई करोड हिनामिना

महोत्तरी, १८ पुस । महोत्तरी सदरमुकाम जलेश्वरमा सञ्चालित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको दुई करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ । जम्मा गरेको सो रकम हिनामिना गरेको भन्दै उक्त सहकारीका २६ जना प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले जानकारी दिए । जलेश्वर–६ का अजयकुमार साह, […]

बाल मनोविज्ञानलाई ध्यानमा राखेर समाचार र साहित्य लेख्न सुझाव

काठमाडौँ, १८ पुस । बालबालिकासम्बन्धी समाचार र साहित्य सिर्जना गर्दा बाल मनोविज्ञानलाई ख्याल राख्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । प्रेस काउन्सिल नेपाल, केन्द्रीय बाल कल्याण समितिलगायतले निकै प्रयास गरेर तयार पारेको बालमैत्री सञ्चार निर्देशिका पालना गर्न बालबालिकाको क्षेत्रमा कार्यरत पत्रकार र सञ्चारमाध्यमसँग आग्रह पनि गरिएको छ । केन्द्रीय बाल कल्याण समिति, बाल सञ्चार केन्द्र, नेपाल […]

प्रहरीसँगको झडपमा एमालेको विद्यार्थी संगठनका उपाध्यक्ष र महासचिव घाइते

काठमाडौँ, १८ पुस । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।     अनेरास्ववियुले आज दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो ।      […]

पर्यटक बोक्ने सवारी चालक अनुशासित नभए पर्यटन फस्टाउन नसक्ने निष्कर्ष

Tourism-Nepal

काठमाडौँ, १८ पुस । पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारी चालकमा अनुशासन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपाल पर्यटन बोर्ड पर्यटक प्रहरी एकाइले आज यहाँ आयोजना गरेको ‘पर्यटक सवारी चालकसँगको अभिमुखीकरण’ कार्यक्रममा सहभागी वक्ताले पर्यटकसँग पहिलो सम्पर्कमा रहने व्यक्ति चालक भएकाले चालक अनुशासित हुनुपर्ने बताएका हुन् । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख […]

नेपाल–भारत संयुक्त टोलीद्वारा सीमाको सर्वेक्षण शुरु

कञ्चनपुर, १८ पुस । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले आजदेखि कञ्चनपुरमा सीमा सर्वेक्षण गर्न थालेको छ । पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारमा रहेको सीमास्तम्भ नम्बर ७५३ देखि संयुक्त टोलीले सीमा रेखाङ्कन तथा अवलोकन कार्य थालेको हो । संयुक्त टोलीले भीमदत्त नगरपालिकाको बम्हदेवस्थित सीमास्तम्भ नम्बर ८११ सम्म रेखांकनको कार्य गर्ने टोली सदस्य पूर्णबहादुर खड्काले बताए । गत […]

प्राज्ञ र कवि राष्ट्रपतिबाट पुरस्कृत

काठमाडौँ, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयी कविलाई आज आयोजित समारोहमा पुरस्कृत गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा यस वर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछा र द्वितीय सुवास राई ‘क्याप्टेन’ तथा तृतीय दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’ लाई पुरस्कार प्रदान […]

अवधी पाठ्यक्रम सामग्रीका लागि क्षेत्रको नक्साङ्कन

बाँके, १८ पुस । अवधी भाषा पाठ्यक्रम सामग्री निर्माणका विषयमा नेपालगञ्जमा अवधी क्षेत्रको नक्शांकन गरिएको छ । विश्व शिक्षाको सहकार्यमा बाँके युनेस्को क्लबले नेपालगञ्जमा आज आयोजना गरेको कार्यशालामा अवधीविज्ञ, शिक्षक, साहित्यकार तथा अगुवाको सहभागितामा सो नक्शांकन गरिएको हो । नेपालमा अवधी भाषिक भौगोलिक क्षेत्र तथा बोल्ने भाषा र स्थानका विषयमा छलफल गरेर ११ चरण पूरा […]

केपी ओलीको चुनाव खर्च कृष्ण सिटौलाको भन्दा १ लाख बढी, हेर्नुहाेस कसले कति खर्च गरे

झापा, १८ पुस । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए । तिनमा ११ जना प्रतिनिधिसभा […]