काठमाडौं, ९ माघ । पार्टीभित्रका अनेक झमेला मिलाउदा मिलाउँदा हैरान भएका माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ अर्काे झमेला अाइलागेकाे छ । राष्ट्रिय सभाकाे निर्वाचनमा पार्टीका तर्फबाट ककसलार्इ उम्मेदवार बनाउने भन्ने झमेला उनीमाथि अाइलागेकाे हाे । जनतामा जान नसक्ने तर प्रचण्डकै वरिपरि लुतीपुती गरेर पद हत्याउन मरिहत्ते गर्ने र पद नपाए प्रचण्डलार्इ नै गाली गर्नेहरुकाे […]
Author: Nonstop Khabar
एमालेमा फेरि कोमल वलीकै चर्चा, ओलीले कोमललार्इ बनाए राष्ट्रिय सभा सदस्यको उम्मेदवार
काठमाडौँ, ८ माघ । नेकपा एमालेमा फेरि काेमल वलीका बारेमा चर्चा चुलिएकाे छ । यसअघि दाङ जिल्लाबाट उम्मेदवार बनाउने एमालेले निर्णय गरेपछि उनकाे चर्चा ह्वात्तै बढेकाे थियाे । एमालेभित्रै उनकाे ठूलाे विराेध अाएपछि उनकाे उम्मेदवारी अन्तत: राेकिएकाे थियाे । उम्मेदवार बन्ने पाउने अाशाले नै काेमल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमालेमा प्रवेश गरेकाे अाराेप पनि उनीमाथि त्यतिबेला […]
सिलवालको बचाउ गर्दै एमालेले प्रहरी र सरकारलार्इ दियो कडा चेतावनी
काठमाडौँ, ९ माघ । इन्टरपाेलमार्फत रेड कर्नर नै जारी गरेर सरकारले धुइपताल खाेजि गरिएका पूर्व डिअाइजी नवराज सिलवालकाे नेकपा एमालेले बचाउ गरेकाे छ । स्थायी समितिले सिलवालकाे बचाउँ गर्दै एमालेले सरकार र नेपाल प्रहरीलार्इ समेत कडा चेतावनी समेत दिएकाे छ । सिलवाललार्इ पक्राउ गर्न सरकार निरन्तर लागिरहेकाे भए पनि एमालेले पहिलाे पटक अाधिकारिक धारणा सार्वजनिक […]
नेपाल सरकारको सानो कमजोरीका कारण जापानको रोजगारी गुम्ने खतरा पुग्यो
काठमाडाैं, ९ माघ । सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान सरकारको नयाँ व्यवस्थाअनुसार दुई मुलुकबीच सम्झौता हुन नसक्दा रोजगारीको अवसर गुम्ने अवस्था सिर्जना भएको हो । सन् १९९३ यता जापानले नेपालसहित चीन, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, थाइल्यान्ड, पेरु, लाओस, श्रीलंका, […]
त्रिभुवन आर्मीद्वारा ड्रुक युनाइटेड भुटानलाई ५–० ले पराजित
इटहरी, ९ माघ । त्रिभुवन आर्मी क्लब सोमबार पाहुना टोली ड्रुक युनाइटेड भुटानलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । अब आर्मीको बुधबार थ्रीस्टारसँग पहिलो सेमिफाइनल भेट हुनेछ । दोस्रो सेमिफाइनलका लागि मनाङ मस्र्याङदीले मंगलबार आफ्नो प्रतिद्वन्द्वी पाउने छ । आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा […]
सिलवालका नाममा इन्टरपोलमा रेडकर्नर नोटिस जारी
काठमाडौं, ८ माघ । ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद नवराज सिलवाललार्इ पक्रन नेपाल प्रहरीले रेड कर्नर नाेटिस जारी गरेकाे छ । देशभित्र व्यापक खाेजि गर्दा पनि नभेटिएपछि प्रहरी प्रधान कार्यालयले उनलार्इ पक्रन इन्टरपाेल मार्फत रेड कर्नर नाेटिस जारी गरेकाे हाे । नेपाल प्रहरीका पूर्व डिअार्इजी समेत रहेका सिलवालले आईजीपी बढुवा विवादमा सर्वोच्च अदालतमा […]
सल्यानमा अर्को यात्रुवाहक बस दुर्घटना, २ को मृत्यु
सल्यान, ८ माघ । सल्यानमा यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । सल्यानकाे त्रिवेणी-६, भाटखाेलामा भएकाे बस दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे जानकारी अाएकाे छ । रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबाहक बस सल्यानकाे भाट खोलामा पुगेपछि दुर्घटनामा परेकाे हाे । बस सडकबाट करिव डेढ सय मिटर तल खसेकाे स्थानीयले जनाएका […]
होटल आतङ्ककारी हमला, १८ विदेशीसहित १८ को मृत्यु
काठमाडाैं । अफगान सुरक्षा फौजले १२ घण्टाको संघर्षपछि राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमाथि आफूले नियन्त्रण हासिल गरेको जनाएको छ । होटललाई हमलाकारीको आक्रमणबाट सुरक्षित गर्ने र होटेलमा रहेका ग्राहक तथा कर्मचारीको उद्धार गर्ने क्रममा १४ विदेशीसहित चार जना अफगानी नागरिकको ज्यान गएको यहाँको गृह मन्त्रालयले जनाएको छ । “आतङ्कबादीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाफी आक्रमण गरेका थिए,” […]
दाहसंस्कारका लागि पशुपतिमा वार्षिक बीस लाख केजी दाउरा खपत
काठमाडौँ, ८ माघ । पशुपति आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ । मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेशन अफ नेपालले दिएको जानकारीअनुसार झण्डै वार्षिक दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको हो । टिम्बरले चुरे क्षेत्रका काठ काट्दा निस्केको दाउरा पशुपतिको दाहसंस्कारमा प्रयोग गरिन्छ […]
पहिलोपटक संस्कृत नाटक मञ्चन
काठमाडौँ, ८ माघ । सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक संस्कृत नाटक प्रदर्शन शुरु भएको छ । श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका–४ का विद्यार्थीले ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक आइतबार बेलुकीदेखि प्रदर्शन शुरु गरेका हुन् । गुरुकुलको सहयोगका लागि सामाजिक विषय वस्तुमा आधारित नाटक मञ्चन शुरु गरिएको हो । नाटकको […]











