काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टी एमाले र माअाेवादी केन्द्रकाे संयुक्त बैठक बसेकाे छ । पार्टी एकता र निर्वाचनका सन्दर्भमा गठित दुर्इ पार्टीकाे संयुक्त कार्यदलकाे बैठक सिंहदरवारमा बसेकाे हाे । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सुवासचन्द नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत सहभागी छन् । अाजकाे बैठकमा दुई पार्टीका अध्यक्ष केपी […]
Author: Nonstop Khabar
विशेष अदालतबाट फेरि सफाइ पाएपछि दीपक मनाङेविरुद्ध अर्काे मुद्दाकाे तयारी
काठमाडौं, १५ माघ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका राजीव गुरुङ (दीपक मनाङे) को फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले बैठक बसी मनाङेलाई विशेष अदालतले कानुनविपरीत सफाइ दिइको ठहर गर्दै त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १४ करोड ७३ लाख ३१ हजार बिगोसहितको माग […]
मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको ट्रकमा ठक्कर खाँदा मृत्यु
सल्यान, १५ माघ । पश्चिम रुकुमबाट दाङ जाँदै गरेको मोटर साइकल सल्यान कपुरकोटमा रोकिराखेको ट्रकमासँग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आइतबार साँझ रा ३ प ८५९६ नम्बरको मोटर साइकल रा १ ख ९३९ नम्बरको मिनि ट्रक संग ठोक्किएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मृत्यु हुनेमा पूर्व रुकुमका अन्दाजी ३२ वर्षीय […]
सन्दिप बने क्लब क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आइपिएलमा खेल्ने पहिलो नेपाली
काठमाडौं, १५ माघ । नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले महत्वपूर्ण फड्काे मारेका छन् । सन्दिपले क्लब क्रिकेटकाे सबैभन्दा ठूलाे प्रतियाेगिता अाइपिएलमा खेल्न पाउने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहेका लामिछानेलाई दिल्लीडेयर डेभिल्सले अाइपिएलका लागि अनुबन्धीत गरेको हाे । भारतको बेङलोरमा जारी आइपिएलको अक्सनमा सन्दिपलाई दिल्ली डेभिल्सले २० लाखमा किनेको थाहा भएकाे छ […]
मञ्जुश्रीका ८०० नामहरुको पद्यश्लोक भएकाे ग्रन्थ बजारमा
काठमाडौं, १४ माघ । बौद्ध विद्वान् यज्ञमानपति बज्राचार्यको ‘आर्य मञ्जुश्री नामसंगीतिः छगु व्याख्या’ (आर्य मञ्जुश्री नामसंगीतिः एक व्याख्या) शीर्षक ग्रन्थ बजारमा आएको छ । कोपुण्डोलका वकिलराज शाक्यको अगुवाइ तथा गुह्येश्वरीराज शाक्यको प्रबन्धमा विसं २०६८ चैतदेखि झण्डै दुई वर्ष लगाएर साप्ताहिक रुपमा बौद्धविद्वान् बज्राचार्यबाट व्याख्या भएका नामसंगीतिका गाथा २२ भागमा विभाजित छ । आदिबुद्ध र उहाँको […]
जंगली हात्तीको आक्रान्त झापावासी
भद्रपुर, १४ माघ । खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् । वर्षभरि खाने र परिवार पाल्ने आधारका रूपमा रहेको खेती बाली केही वर्षयता हात्तीको आहारा बन्न थालेपछि पूर्वी दक्षिण झापाका किसान अन्न बाली जोगाउन हात्तीको आक्रमणबाट जोगिन माग गर्दै आएका छन् । […]
महान सर्बहारा साँस्कृतिक क्रान्तिको आलोकमा साँस्कृतिक आन्दोलनलाई बुझ्ने प्रश्न
प्रारम्भिकीः नेपाली क्रान्तिकारी आन्दोलनभित्र साँस्कृतिक रुपान्तरणको प्रश्न बिगत लामो समयदेखि उठ्दै आएको छ । तर, यसलाई सही ढंगले उत्तरित गर्ने काम अपेक्षाकृत रुपमा हुन सकेको छैन । क्रान्तिकारी आन्दोलनको यो बिन्दुसम्म आइपुग्दा साँस्कृतिक रुपान्तरणको समस्या अरु जटिल बन्दै गएको छ । यो स्थितिले बिषयको गम्भीरतालाई आज कयौं गुणा बढाइदिएको छ । र, अब सबै सच्चा […]
वैदेशिक रोजगारमा गएका युवाले दिए विद्यालयलाई १ लाख ८० हजार
मोरङ, १४ माघ । वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ । ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले शनिबार उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गरे । अक्षयकोषमा रहने गरी विद्यालयको स्तरोउन्नतिका लागि उक्त रकम […]
भूकम्पपीडितको पैसामा विदेश सयर गर्नेको ताँती, एकै महिनामा प्राधिकरणका ९५ कर्मचारी विदेश
काठमाडौं, १२ माघ । भूकम्पबाट घरबार गुमाएका परिवारलाई सरकारले पाँच वर्षभित्र नयाँ वासको व्यवस्था मिलाउने घोषणा गरेको थियो । यसको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको छ । तर, प्राधिकरणका पदाधिकारी र कर्मचारी पीडितका नाममा विदेश भ्रमणमै रमाइरहेका छन् । साढे ६ लाख ७७ हजार ४ सय ३८ भूकम्पपीडित अहिले पनि जस्ता र त्रिपालमुनि कष्टकर जीवन […]
दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला, कारवाहीको प्रक्रिया बढ्ने बित्तिकै उठ्यो ५० लाख
काठमाडाैं, १२ माघ । दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् । संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री, पेस्कीलगायतका शीर्षकबाट संस्थानलाई नोक्सानी पुर्याउने गरी घोटाला गरेको देखिएको हो । घोटाला भएको […]











