काठमाडौ । पिएसजी फ्रेन्स कोप डी ला लिगको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा पिएसजीले रेन्नेजलाई ३-२ गोल अन्तरले पराजित गर्दिया प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पिएसजीका लागि मेउनियर, मर्क्युनहोस र लो केल्सोले गोल गरेका थिए भने रेन्नेजका लागि साखो र संजिन परकिकले गोल गरेका थिए । दोस्रो हाफको ६४औ मिनेटमा पिएसजीका […]
Author: Nonstop Khabar
आज ५:५५ बजे खग्रास चन्द्रग्रहण लाग्ने
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष प्रा […]
पराजुलीको नागरिकताको प्रतिलिपि माग्दै सिडियो कार्यालयमा पुगे डा. गोविन्द केसी
काठमाडाैं, १७ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा. गोविन्द केसी काठमाडाैं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकताकाे प्रतिलिपिका लागि एक निवेदन समेत दर्ता गराएका छन् । केसी बुधबार बिहान १० बजे बबरमहलस्थित जिल्ला प्रशाशन कार्यलय पुगेका हुन् । उनले सूचनाको हक अन्तर्गत निवेदन दर्ता गरी […]
प्रधानन्यायाधिश पराजुलीले मार्ने धम्की दिएपछि सुरक्षा खोज्दै वकिले पुगे प्रशासनमा
काठमाडौं, १७ माघ । डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा माग गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष शान्ति सुरक्षा पाउँ भन्दै बुधबार उनले निवेदनसमेत दिएका हुन् । “प्रधान न्यायाधीश गोपाल पराजुलीका विवादित कार्यहरुका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा वहस पैरवी […]
अदालतबाट विद्यालयका प्रअ र अध्यक्षलाई एक हजार रुपैयाँ जरिवाना
कञ्चनपुर, १७ माघ । उच्च अदालत, दीपायलको महेन्द्रनगर इजलासले अपहेलना मुद्दामा कञ्चनपुरको भीमदत्तनगरपालिका बाराकुण्डास्थित प्रगति युवा आधारभूत विद्यालय अध्यक्ष कटकबहादुर कुँवर र निमित्त प्रधानाध्यापक गणेशप्रसाद पाण्डेयलाई जरिवाना गरेको छ । महेन्द्रनगर इजलासका न्यायाधीयद्वय डिल्लीराज आचार्य र दिनेशप्रसाद यादवको संयुक्त इजलासले दुवै जनालाई जनही एक÷एक हजार रुपैयाँ जरिवनाको सजाय गरेको हो । इजलासले एक वर्षअघि शिक्षक […]
२२ वटा देशमा गएर विवाह गर्ने अनौठो निर्णय
काठमाडाै । मानिसका चाहना अनगिन्ती र अनाैठा हुन्छन् । एक जोडीले विश्वका २२ देशमा गएर विवाह गर्ने बताएका छन् । उनीहरुले समलिंगी विवाहलाई मान्यता दिने सबै देशमा पुगेर विवाह गर्ने निर्णय गरेका हुन् । ४४ वर्षीया अमेरिकाकी कलाकार फ्लियुर पिरेट्स तथा बेल्जियमकी ३९ वर्षीया जुलियन अहिले लसएन्जल्समा बस्छन् । सन् २०१७ को सेप्टेम्बरमा न्युयोर्कमा विवाह […]
अनुहार पहिचान गरेर आफैं ढोका खुल्ने कार
काठमाडाैं । लससभेगासमा आयोजना भएको सिइएस मेलामा चिनियाँ कम्पनी बाइटनले अनुहार पहिचान गरेर आफैं ढोका खुल्ने कार प्रदर्शन गर्यो । यसको स्टेयरिङमै टचस्क्रिन छ । यस्तो टचस्क्रिन भएको यो संसारकै पहिलो कार भएको कम्पनीको दाबी छ । यो कार भ्वाइस र जेस्चर कन्ट्रोलको सहायताले अनुहार पहिचान गरी इसाराकै आधारमा चल्न सक्छ । यो कार एकपटक […]
दोस्रो त्रैमासिकमै बैंकहरुको नाफा ४३ प्रतिशतसम्म बढ्यो
काठमाडौ, १७ माघ । बैकहरुकाे नाफा ४३ प्रतिशतसम्म बढेकाे छ । वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकहरुले सार्वजनिक गरेकाे विवरणमा याे नाफा देखिएकाे हाे । यस अवधिमा एनएमबी बैंककाे नाफा सबैभन्दा बढी छ । एनएमबी बैंकले दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिमा भन्दा खुद मुनाफा ४३ प्रतिशतले वृद्घि गरी १ अर्ब रुपैयाँ कटाउन सफल भएको छ । […]
पर्साका छात्राहरुलाई लक्षित गरी उपचारात्मक कक्षा सुरु
विरगञ्ज, १७ माघ । अब विद्यालयमा उपचारात्मक कक्षा पनि सुरु हुने भएकाे छ । नेपाली, अग्रेजी, गणित जस्ता अनिवार्य विषयमा कमजोर रहेका विद्यार्थीहरुलार्इ लक्षित गरी यस्ताे उपचारात्मक कक्षा सञ्चालन गर्न लागिएकाे हाे । याे कक्षा सामुदायिक विद्यालयका छात्रालाई लक्षित गरी सुरु गरिने बताइएकाे छ । छात्रा शिक्षाको क्षेत्रमा कार्यरत संस्था आसमान नेपालले सिकाइ उपलब्धि कम […]
रोजगारीका लागि कतार गएका नेपालीले जिल्लामा पठाए एम्बुलेन्स
काठमाडाैं, १७ माघ । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीहरुले अाफ्नाे जिल्लाका लागि एम्बुलेन्स जुटाएका छन् । अाेखलढुङ्गाबाट कतारमा गएका नेपालीहरुले अाफ्नाे जिल्लालार्इ यस्ताे उपहार पठाएका हुन् । कतारमा रहेकाे अाेखलढुङ्गा एकता सेवा समात कतारले त्यहाँ रहेका नेपालीहरुबाट सहयाेग उठाएर जिल्लामा एम्बुलेन्स पठाएकाे हाे । उक्त एम्बुलेन्स जिल्लामा सञ्चालन गर्ने बताइएकाे छ । ओखलढुंगा एकता […]











