समाजसेवी कठायतद्वारा कालिकाेटमा स्वास्थ्य शिविर सञ्चालन

कालिकाेट, १८ माघ । समाजसेवी एवं कालिकोटका युवा दिलबहादुर कठायतकाे विशेष अायाेजनामा कालिकाेटकाे शान्नीत्रिवेणी गाउँपालिकामा २ दिने स्वास्थ शिविर भव्यरुपमा सम्पन्न भएकाे छ । माघ १६ र १७ गते गाउँपालिकाकाे १ नं. वडाकाे सेरिज्युला उमाविमा चलाईएकाे शिविरबाट शान्नी त्रिवेणीबाहेक जिल्लाका प्राय गाउँपालिकाका २२ सय ४३ जनाले सेवा पाएका छन् । स्थानीयवासी गाेकुल सुवेदीका अनुसार नरहरिनाथ […]

धेरैको ज्यान लिने चर्चित डन मनोज पुन बनेर व्यवसायीहरुसँग पैसा उठाउने पक्राउ

पोखरा, १८ माघ । मनोज पुनको नाममा व्यवसायी तथा प्रदेश सांसदसँग फिरौति माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अपरिचित नम्बरबाट आफुलाई विभिन्न हत्याकाण्डमा संलग्न मनोज पुन हुँ भन्दै प्रदेश नम्बर ४ का सांसद तथा व्यवसायी बिन्दु थापा, व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई अपरिचित नंम्बरबाट धम्कि दिई फिरौति […]

कार्यालय भवन मर्मत गर्नमै सात करोड खर्च

मोरङ, १८ माघ । १ नं प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि सात करोड विनियोजन गरिएको छ । प्रदेश कार्यालय र मन्त्रालय रहने भवनको मर्मत–सम्भारसहित अन्य कामका लागि साढे सात करोड बजेट आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्याम किशोर सिंहले बताए । प्रदेश नं […]

एकै खेलमा २३ गोल गर्ने जादुमयी खेलाडी रोनाल्डिन्होको रोचक जीवन

काठमाडाैं । रोनाल्डिन्हो विश्व फुटबलमा सबैभन्दा सीप भएका फुटबल खेलाडी हुन् । उनकाे जादुयी फुटबल कला र मनमोहक मुस्कान विश्वभरका फुटबल फ्यानले कहिल्यै बिर्सदैनन् । तर तिनै महान खेलाडी राेनाल्डिन्हाेले समयमै फुटबलबाट सन्न्यास लिएका छन् । सन् १९९७ को यु–१७ फिफा विश्वकपबाट अन्तर्राष्ट्रिय फुटबलमा छाएका उनकाे सन्यासलार्इ सुखद मानिएकाे छैन । राेनाल्डिन्हाे फुटबलका यस्ता दुर्लभ […]

उदारवादको तीब्र पतनका बीच वर्ल्ड इकोनोमिक फोरम

गत वर्ष यस फोरममा चिनियाँ राष्ट्रपतिको उपस्थिति थियो । यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रेन्च राष्ट्रपति इम्यानुयल म्याक्रोन, बेलायतकी प्रधानमन्त्री थेरेसा मे, जिम्बावियन राष्ट्रपति एमर्सन मानागुवाजस्ता हस्तीहरू विभिन्न बैठकमा उपस्थित भए । विगतका वर्षहरूमाझैँ यसपटक पनि सुन्दा मीठो लाग्ने “विभाजित संसारमा हिस्सा निर्माणको भविष्य” फोरमको मुख्य शीर्षक थियो । अन्य विषयगत […]

भर्चुअल मुद्राको चिप निर्माण गर्दै सामसुङ

काठमाडाैं । विद्युतीय सामाग्री निर्माता कम्पनी सामसुङले भर्चुअल मुद्राको चिप निर्माण गर्ने भएको छ । क्रिप्टोकरेन्सीकै संरचनामा चिप निर्माण भइरहेको कम्पनीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । नयाँ प्रविधिलाई आत्मसात गर्दै चालिएको पछिल्लो कदमले नाफा बढाउन मद्दत पुग्ने दक्षिण कोरियाली कम्पनीको विश्वास छ । यसअघि सबैभन्दा महङ्गो चिप निर्माण गरेको इन्टेल कम्पनीको रेकर्ड समेत […]

जनयुद्ध र जनविद्रोहको उच्च संश्लेषण एकीकृत जनक्रान्ति हो

नेपालमा २०५२ फागुन १ देखि सशस्त्र जनयुद्ध सुरु भएकाे थियाे । अाज २२ वर्ष पुगेर २३ वर्ष लागेको छ । जनयुद्धको पहलकर्तामध्येको एकजना तपाईं पनि हो । जनयुद्धको तयारी कसरी गरिएको थियो ? यो सही कुरा हो, जनयुद्ध नेपाली राजनीतिक इतिहासमा अद्वितीय परिघटना हो । त्यसको तयारी आफैँमा नयाँ, चुनौतीपूर्ण, महान् र रोमाञ्चकारी खालको थियो […]

गणतन्त्र दिवसमा कैद मिनाहा पाएर छुटेका थापा फेरि लुटपाट गर्दागर्दै पक्राउ

काठमाडौ, १८ माघ । गणतन्त्र दिवसको अवसरमा आचरण सुधार गरेको भन्दै गत जेठ १४ मा कैद सजाय छुट पाएका भोजबहादुर थापा मगर फेरि पक्राउ परेका छन् । डाँका मुद्दामा कैद भुक्तान गरिरहेका थापा कैद छुट पाएर छुटे लगत्तै फेरि डकैतीमा संग्लन रहेको खुलेको छ । गत माघ १० मा भक्तपुरको सूर्यविनायक–८ गणेश चोकमा डेरा गरी बस्ने रामबहादुर […]

साथीलार्इ बचाउन चिया बेच्दै स्कूले विद्यार्थी

दाेलखा, १८ माघ । बुधबार विहानैदेखि चरिकोटको मौसम चिसो थियो । एकाविहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केहि बालबालिका देखा परे । ७, ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास, चुलो, भाँडा र प्लाष्टिकका गिलास निकाले अनि चुला बाल्न शुरु गरे, भाँडामा पानी बसाले, चिनि, चियापति हाले । चियार तयार भयो । उनीहरुकै साथीको […]

दर्दनाक घटना: २ वर्षसम्म बलात्कार गरी ३० हजारमा अर्कैलार्इ बेचिएकी बालिकाकाे उद्धार

एजेन्सी । भारतको हरियाणा राज्यस्थित फरिदाबादबाट मानव सभ्यतालाई नै स्तब्ध बनाउने एउटा घटना बाहिर आएको छ । चाइल्ड लाइनको सूचनामा पुलिसले फरिदाबादको धिरज नगरस्थित टी–२ कोलोनीमा १५ दिनदेखि बन्धक एक बालिकालाई आइतवार उद्दार गर्न सफल भएको छ। झारखण्ड निवासी ती पीडित बालिकालाई उद्दारपछि प्रहरीले गरेको अनुसन्धानमा उनलाई २ वर्षअघि उनकै हजुरआमाले ५ हजार रुपैयाँमा बेचेको […]