काठमाडौं, २० जेठ । विश्वकप फुटबलको जर्सी एक रुपैयाँमा पाइने भएको छ । मोबाइल एप रिचार्जरले एक रुपैयाँमा वर्डकप जर्सी उपलब्ध गराउने अफर ल्याएको छ । विश्वकप सुरु हुन दुई साता मात्र बाँकी हुँदा ठूलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गरेर याे अफर ल्याएको हो । रिचार्जरले नौ सय ९९ पर्ने जर्सी एक रुपैयाँमा उपलब्ध […]
Author: Nonstop Khabar
आयल निगमले फेरि बढायो इन्धनको मुल्य, पेट्रोलको मुल्य फेरि पुग्यो ११३
काठमाडौं , २० जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। आयल निगमको सञ्चालक समिति बैठकले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा ३-३ रुपैयाँ मूल्य बढाएको हो। त्यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ पाँच रुपैयाँ बढेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर […]
सुन तस्करहरु फेरि नयाँ रुटमा सक्रीय
काँकडभिट्टा, २० जेठ । नेपालमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा संलग्नहरू पक्राउ परेपछि संगठित सुन तस्कर गिरोहले वैकल्पिक मार्ग प्रयोग गरेको छ । नेपालमा उच्च तहका प्रहरी अधिकृत नै समातिएपछि र पछिल्लो समय सीमा क्षेत्रमा समेत कडाइ थालिएपछि अन्तरदेशीय गिरोहले चीन–भारत व्यापारका लागि १२ वर्षअघि सञ्चालनमा आएको सिक्किमको नाथुला मार्ग प्रयोग […]
निजामति कर्मचारीलाई अनिवार्य सरकारी इमेल लागु गरिने
काठमाडौं, १९ जेठ । अब हरेक सरकारी कार्यालय र निजामति कर्मचारीले अनिवार्य रुपमा सरकारी इमेल प्रयोग गर्नुपर्ने भएको छ। सरकारले ‘सरकारी निकायहरुमा विद्युतीय पत्राचार (इमेल) व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७५’ जारी गर्दै सो व्यवस्था लागू गरेको हो। ईमेल खाता प्रदान गरिने भएसँगै कर्मचारीको विदा तथा काज माग गर्ने र स्वीकृत वा अस्वीकृत गर्ने कार्य समेत ईमेल […]
१७ वर्ष अघि आजकै दिन नारायणहिटीमा बिरेन्द्रको बंश नास गरिएको थियो
काठमाडौं, १९ जेठ । तत्कालिन राजा विरेन्द्रका वंश नै समाप्त हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको १७ वर्ष पुगेको छ । २०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । आजभन्दा ठीक १७ वर्षअघिको उक्त हत्याकाण्डपछि नेपाली राजनीतिले कोल्टो फेरेपनि सत्यातथ्य छानविन भने अझै भएको छै्रन । दरबारभित्रै […]
चुनढुंगा खानीमा नेकपाले गर्रयो यस्तो कारवाही
चितवन, १९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले जिल्लास्थित चुनढुंगा खानीमा आगजनी गरेको छ । चितवनको कालिका नगरपालिका–११, शक्तिखोरमा रहेको रहेको खानीले संचालन गरेको स्टार लाइभ इन्डस्ट्रीज प्रा.लि.ले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप जनकारवाही गरेको जिल्ला जनपरिषद्ले जनाएको छ । शुक्रबार राति खानीमा आगजनी गर्दा स्काभेटरसहित महत्वपूर्ण उपकरण जलेर […]
रम्भा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
पाल्पा, १८ जेठ । रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने मृतक मध्ये १२ जनाको सनाखत भएको छ। मृतकमधे १ जनाको पहिचान खुल्न सकेको छैन। प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान बज्राचार्य र कृष्णबहादुर बोहोरा, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का […]
आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा एक नेपाली युवाको मृत्यु
पर्वत, १८ जेठ । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका […]
किन दिए जिनेदिन जिदानले रियल म्याड्रिडबाट अकस्मात राजीनामा
एजेन्सी । रियल म्याड्रिडलाई लगातार तीनपटक युरोपियन च्याम्पियन्स लिग उपाधि दिलाएका प्रशिक्षक जिनेदिन जिदानले बिहीबार अप्रत्यासित रूपमा पदबाट राजीनामा दिएका छन् । च्याम्पियन्स लिगमाथि ह्याट्रिक लगाएको पाँच दिनपछि जिदानले क्लबका अध्यक्ष फ्लोरेन्ट परेजको उपस्थितिमा पत्रकार सम्मलेन गरी राजीनामा दिएको जानकारी गराएका हुन् । सन् २०१६ मा जिदान रियलका प्रशिक्षक बनेका थिए । जिदानले रियलमा धेरै परिवर्तन आवश्यक रहेको […]
नेकपा अन्डरलार्इनका दुर्इ कार्यालय अझै जोडिएनन, यस्तो छ अस्तव्यस्तता
काठमाडाैं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यालय टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी टुंगो लगाइएको हो । नेकपा सचिवालय बैठकले पेरिडाँडामा अध्यक्षद्वय केपी ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, जनवर्गीय संगठन र पार्टीका विभिन्न आयोगको कार्यालय रहने टुंगो लगाएको केन्द्रीय सदस्य कृष्णगोपाल […]











