काठमाडाैं, १२ असार । काठमाडौंबासीले यही असरादेखि नै बाग्मतीको पानी उपभोग गर्न पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजना २ ले उपत्यकामा विस्तार गरिरहेको खानेपानी पाईपलाईनबाटै उपत्यकाबासीलाई खानेपानी खुवाउन लागिएको हो । तर, यो मेलम्चीको नभई बाग्मतीको पानी हो । सोमबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खानेपानीमन्त्री विना मगरले उपत्यकाबासीलाई बाग्मतीको पानी उपलब्ध गराउन लागिएको […]
Author: Nonstop Khabar
नेपालमा ४५ हजार एनजीओ अवैध
काठमाडौं, १२ असार । मुलुकको विभिन्न भागमा फरक फरक उदेश्य लिएर स्थापित गैरसरकारी संस्थाले ९२ प्रतिशतले संस्था नवीकरण गरेका छैनन् । हालसम्म दर्ता भएका ४८ हजार ९० मध्ये अहिलेसम्म ४ हजार संस्था मात्रै नवीकरण भएको समाज कल्याण परिषदले जनाएको छ । परिषदको तथ्यांकअनुसार ४४ हजार ९० वटा गैरसरकारी संस्थाले नवीकरण गर्न निवेदन दिएका छैनन् । […]
मेसीले भने, ‘अब म अर्जेन्टिनालार्इ विश्वकप नजिताइ सन्यास लिन्न’
अर्जेन्टिनी कप्तान तथा सुपरस्टार लियोनल मेस्सीले अर्जेन्टिनालाई विश्वकप च्याम्पियन नबनाई आफूले सन्यास नलिने बताएका छन्। मंगलबार हुने नाइजेरियाविरुद्धको खेलअघि सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिदैँ मेस्सीले विश्वकपको उपाधि अर्जेन्टिना र आफ्ना लागि महत्वपूर्ण भएकाले अर्जेन्टिनालाई विश्व च्याम्पियन नबनाई सन्यास नलिने बताएका हुन्। ‘मैले व्यक्तिगत रुपमा सबै महत्वपूर्ण प्रतियोगिता जितिसके,’ मेस्सीले भने, ‘विश्वकप जित्नु मेरो महत्वाकांक्षा हो। म मेरो […]
एसइई परीक्षाफलमा प्राविधिक त्रुटि, एक दिनपछि जोडियो प्राक्टिकल नम्बर
काठमाडौँ, १० असार । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ । परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज (स्तरीकृत अंक) भन्दा आज ग्रेड पोइन्ट […]
कोलम्बियामाथि जापानको एेतिहासिक जित, दक्षिण अमेरिकी राष्ट्रमाथि जापानको पहिलो जित
काठमाडाैं । १० खेलाडीमा सीमित कोलम्बियामाथि विश्वकपको पहिलो खेलमा जापानले एेतिहासिक जित हात पारेको छ। कोलम्बियामाथि कुनैपनि स्तरमा जापानको यो पहिलो जित हो। यस्तै कोलम्बियालार्इ पराजित गर्दै दक्षिण अमेरिकी राष्ट्रलार्इ पराजित गर्ने जापान एसियाको पहिलो राष्ट्र बनेको छ। एसियनले राष्ट्रहरुले १७ पटक दक्षिण अमेरिकी राष्ट्रहरुसँग खेलेपनि जित हात पार्न सकेका थिएनन्। १८अौं पटकमा भने एसियाली […]
दोस्रो खेलमा पनि रुसको जित, दोस्रो जितपछि रुस दोस्रो चरणमा जाने पक्का
इजिप्टलार्इ दोस्रो खेलमा पराजित गर्दै रसिया विश्वकपको अन्तिम १६ को नजिक पुगेको छ। मंगलबार भएको खेलमा रसियाले इजिप्टलार्इ ३-१ गोलअन्तरले पराजित गरेको हो। उद्घाटन खेलमा रसियाले साउदी अरेबियालार्इ ५-० गोलअन्तरले पराजित गरेको थियो। इजिप्टको भने यो लगातार दोस्रो हार हो। यसअघि उ उरुग्वेसँग १-० गोलअन्तरले पराजित भएको थियो। रसियाले ४७अौं मिनेटमा इजिप्टका अहमद फादीको अात्मघाती […]
काश्मिरमा भाजपाले छोड्यो सरकार
नयाँदिल्ली । भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ । आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहन सक्ने अवस्था नरहेको भाजपाले जनाएको छ। आतङ्कवाद र हिंसा अन्त्यका लागि पनि प्रभावकारी भूमिका सरकारले खेल्न नसकेको भाजपाका नेताहरूको भनाई छ। नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै भाजपाका […]
विश्वकप फुटबल: कुन जर्सी लगाऊँ
फुटवलकाे भाइरल ज्वरोले सताउँदैछ । बजार गन्जीमय भएका छन् । सामाजिक संजालमा फुटुसेसन छाएको छ । मझ्यौला र तारे होटललाई महादशैं नै लागिसक्यो । ब्रान्डेड टीभी र मिडिया हौंसेका छन् । मदिरा रुस–टुर विज्ञापित मात्रै हैन् टेबुल दवाव दिइरहेको छ । बजारको उर्दी छ–यो फुटवल मौषम हो, यसवेला अन्य बातमार्नु मुर्खता हो’ । एकाथरी तन्नेरीहरुलाई […]
गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीबीच घम्साघम्सी
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया बढाएका बेला भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन् । मन्त्री महासेठले आईतबार निर्माण व्यवसायीसमक्ष कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने प्रतिबद्धता मात्रै जनाएन, पक्राउ परेमा छुटाउने आशयको अभिब्यक्तिसमेत दिएका छन् । यसरी कामचोर ठेकेदार लाई कारवाही गर्ने विषयमा गृह र तालुक […]
ज्योति र लुम्बिनी विकास बैंकबीच रेमिट सेवा आदानप्रदान सुरु
काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबिच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । बिहिबार भएको उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा लुम्बिनी विकास बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका छन् । ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट […]









