देशभरका बालबालिकालार्इ भिटामिन ए र जुकाको औषधी

काठमाडौँ । देशभरका बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ए र जुकाको औषधि खुवाईँदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ । मन्त्रालयले […]

यस वर्ष २ सय ७७ स्कूलमा प्राविधिक शिक्षा थपिने

काठमाडाैं । यस वर्ष थप २७७ विद्यालयमा प्राविधिक शिक्षा सुरु गरिने भएकाे छ । प्राविधिक शिक्षालाई ग्रामीण तहसम्म विस्तार गर्न यस्ताे निर्णय गरेकाे हाे । चालू आर्थिक वर्षमा सरकारले प्राविधिक शिक्षाका लागि थप ५२ करोड रुपैयाँ अनुदान दिने भएको छ । अनुदान बढाएसँगै ग्रामीण क्षेत्रका २ सय ७७ सामुदायिक विद्यालयमा चालू आर्थिक वर्षबाटै प्राविधिक शिक्षा […]

शेयर बजारको निरन्तर घटेको घट्यै

काठमाडौँ । शेयर बजार निरन्तर ओरोलो लागेकाे छ । अाज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब शून्य एक बिन्दुले घटेर २५८ दशमलब ९५ बिन्दुमा […]

राराकी अप्सरा: रारामा बढे पर्यटक

मुगु । मुगु जिल्लाको रारा ताल विश्वमा चर्चित पर्यटकको गन्तव्य क्षेत्रमध्ये एक हो । पछिल्लो समयमा मुगुको गमगढी बजारसम्म राष्ट्रिय सडक सन्जाल र हवाई यातायात सन्जालको राम्रो पहुँच हुँदा रारामा आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लागेको छ । बिदाको समय सदुपयोग गर्न र आफ्ना दुःखसुख भुल्न मनोरञ्जनका लागि दिनहुँ ४ देखि ५ सयसम्मको हाराहारीमा आन्तरिक […]

माघमा नेपालमा हिमालयन एक्स्पाे हुने

काठमाडौं, १३ कार्तिक । हिमालयन हाइड्रो एक्स्पो २०१८ भव्य रूपमा सफल भएसँगै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले संयुक्त रूपमा माघ ४ गतेदेखि ६ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो–२०१९ भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्सपोका बारेमा जानकारी गराएको हो । नेपालमा […]

जाजरकोटमा जेनेरेटर लिएर गएको जीप दुर्घटनामा पर्दा दुईको मृत्यु

जाजरकोट, ११ कार्तिक । जाजरकाेटकाे खुर्पामा जीप दुर्घटनामा पर्दा २ जनाकाे मृत्यु भएकाे छ । कुसे गाउँ पालिकाकाे वार्ड नम्बर ५ खुर्मामा मंगलबार बिहान जीप दुर्घटनामा परेकाे हाे । मृत्यु हुनेमा जीपका चालक र एक अर्का व्यक्तिकाे मृत्यु भएकाे हाे । मंगलबार बिहान ६.५० बजे नै उक्त जीप दुर्घटनामा परेकाे हाे । भे १ ज […]

राष्ट्रपति र सभामुखबीच चरम विवाद देखियो, दुबैका फरक–फरक प्रधानमन्त्री

एजेन्सी । श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक फरक कित्तामा देखिएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले प्रधानमन्त्रीको रुपमा मान्यता दिएपछि राष्ट्रपति र सभामुख नै फरक फरक कित्तामा देखिएका हुन् । सभामुख कारु जयसुरियाले विक्रमासिङ्घे नै वैधानिक प्रधानमन्त्री भएको र राष्ट्रपतिले प्रधानमन्त्रीलाई अपदस्त […]

बच्चाको न्वारान कार्यक्रममा गोली चल्दा ११ जनाको हत्या

एजेन्सी । अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन् ।अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा ठूलो घटना हो । बच्चाको न्वारान (अर्थात बच्चाको नाम राख्ने) कार्यक्रममा ‘ट्री अफ लाइफ’ नामको प्रार्थनाघरमा भेला भएका व्यक्तिहरुमाथि ४६ वर्षीय रोबर्ट वोअर्सले अन्धाधुन्ध गोली चलाएको प्रार्थनाघरमा रहेका […]

कोटेश्वरको ट्राफिक जाम हटाउन यसरी बनाइदैछ वैकल्पिक मार्ग

काठमाडौँ । कोटेश्वर जडीबुटी क्षेत्रमा सवारीको चापका सास्ती भोगिरहेका उपत्यकावासीलाई राहत दिने गरी निर्माण गरिएको हनुमन्ते करिडोर सडक कालोपत्रे गरिएको छ । पहिलो चरणमा जडीबुटीको पुलदेखि आँखा अस्पताल हुँदै हनुमन्ते करिडोरसम्मको सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । त्यस्तै दोस्रो चरणमा हनुमन्ते तथा मनोहरा नदीको दोभानदेखि बालकुमारीसम्मको सडक निर्माण कार्य पनि अघि बढाइएको छ […]

विश्वकप क्रिकेट ट्रफी राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा

काठमाडौँ । विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीबारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जानकारी लिएकी छन् । संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आज शीतल निवास पुर्‍याइएको थियो । राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेकी थिइन् ।आजै सो ट्रफी […]