चुँक्ता पुँजी ८० करोड पुर्याउने योजनामा सिटी एक्सप्रेस फाइनान्स

काठमाडौं, २९ कार्तिक । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

कम्पनीका अध्यक्ष चन्द्र टण्डनको सभापतित्वमा भएको साधारण सभामा टण्डनले आ.ब. ०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सो अवसरमा उनले विगतमा समस्याग्रस्त अवस्थामा रहेको साबिक कुबेर मर्चेण्ट फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताहरुले थप पूँजी लगानी गरेपछि र साबिक नाम परिबर्तनसंँगै संस्था समस्याग्रस्त अवस्थाबाट मुक्त भएको बताए।

उनले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको नामवाट आवश्यक सम्पूर्ण पूर्वाधारहरु तयार गरी दक्ष कर्मचारीहरुको साथमा केन्द्रीय कार्यालय, घण्टाघर काठमाडौं तथा शाखा कार्यालयहरु गाइघाट र विर्तामोडबाट वित्तीय कारोवार गर्दै आइरहेको जानकारी गराए।

संस्थाका कार्यकारी प्रमुख भिष्म राज चालिसेले रणनीतिक साझेदारको खोजी गर्दै चुक्ता पुँजीको दायरालाई फराकिलो वनाउँदै आवश्यक शाखा संजाल तथा व्यवसायलाई विस्तार गर्ने बताए।उक्त साधारण सभावाट संस्थाले चुँक्ता पुँजी रु. ८० करोड पुर्याउने तथा उपयुक्त रणनितिक साझेदार भित्र्याउने लगायतका विशेष प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ।

संस्थामा विभिन्न ९ किसिमका बचत खाताको साथै मुद्दती खाताहरुमा उच्चतम व्याज दिइने व्यवस्था रहेको छ भने संस्थागत ग्राहकले कल तथा करेन्ट खाता खोल्न सक्ने व्यवस्था समेत मिलाएको छ।

संस्थाले कर्जा तर्फ व्यवसायीक कर्जा, कृषि कर्जा, घर जग्गा कर्जा, हायर पर्चेज कर्जा, वैदेशिक रोजगार कर्जा, मुद्घती रसीद धितो कर्जा, ओभरड्राफ्ट सुविधा लगायतका बिभिन्न कर्जा सुविधा प्रदान गर्दै आएको छ। त्यस्तै संस्थाले रेमिट्यान्स कम्पनीहरु मार्फत रकम पठाउन र पाउन सकिने सुविधा पनि प्रदान गर्दै आएको छ।

Loading...