विदुर, १ पुस । चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्षीय बालकृष्ण पनेरुले जीवनमा धेरै हण्डरहरु बेहोर्नुप¥यो । सानो छँदा नै घरको मियोका रुपमा रहेका बाबुको मृत्युपछि गाउँमा मेला, मजदूरी गर्दै माध्यमिक तहसम्मको शिक्षा पूरा गरेका पनेरुले एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न धेरै कष्ट उठाउनुप¥यो । घरको जेठो छोरो भएपछि घर परिवारको सम्पूर्ण जिम्मेवारी […]
Author: Nonstop Khabar
स्वस्थानीको लावण्य देशमा पर्यटन फस्टाउँदै
काठमाडौँ, १ पुस । श्रीस्वस्थानी कथामा ‘लावण्य देश’ को नामबाट चित्रित शङ्खरापुरमा पर्यटकीय विकासको सम्भावना बढ्दै गएको छ । काठमाडौँ जिल्लामै रहेर पनि ओझेलमा परेको यस क्षेत्रमा ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेका क्षेत्रका साथै जहरसिंह पौवा वनभोजस्थल, देउरालीमा सञ्चालित प्याराग्लाइडिङ र स्थानीय होटेल खुलेसँगै पर्यटकीय चहलपहल बढेको हो । काठमाडौँको रत्नपार्कबाट १८ किलोमिटरको दूरीमा […]
भक्तपुरमा जेसम साहित्य यात्रा
भक्तपुर, १ पुस । सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट आफ्नो कला सिर्जनाका प्रस्तुत गरेका हुन् । कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको कविता र अभिनय […]
स्कूलमा नि:शुल्क खाजा दिन थालिएपछि पढ्ने बालबालिका ह्वात्तै बढे
बागलुङ, १ पुस । बागलुङ जिल्लाको सदरमुकाममा रहेको विद्यामन्दिर बालविकास केन्द्रका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने अभियान शुरु गरेपछि केन्द्रमा अध्ययन गर्न आउने विपन्न परिवारका विद्यार्थीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । बाह्रजना विद्यार्थी रहेको बालविकास केन्द्रमा पूर्व विद्यार्थीको पहलमा निःशुल्क खाजा खुवाउने अभियान शुरु भएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएर ३० पगेको बालविकास केन्द्रले जनाएको छ […]
कर्णालीमा एमबिबिएस सम्भाव्यता अध्ययनका लागि अध्ययन टोली जुम्लामा
जुम्ला, १ पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएस कार्यक्रम सञ्चालन सम्भाव्यता अध्ययनका लागि कार्यदल टोली कर्णाली प्रदेशको जुम्लामा आएको छ । प्राध्यापक डा गोविन्द केसीले उक्त पढाइ सञ्चालन माग गर्दै जुम्लामै अनशन बसेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वीर अस्पतालका प्रा डा श्रीकृष्ण गिरीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो । […]
आँखा शिविरबाट ७८१ जनाले सेवा लिए
कञ्चनपुर, १ पुस । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन् । धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा ३२६ पुरुष र ४५५ महिलाले सेवा लिएका छन् । उपचारका लागि पुगेकामध्ये ९३ जनामा मोतिया बिन्दु भएको पाइएको नेत्रालयका प्रबन्धक गजेन्द्र चन्दले बताए । मोतिया […]
निबन्ध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान
काठमाडौँ, १ पुस । अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कोण्डन्यले ‘सुखी पारिवारिक जीवनका लागि बुद्ध शिक्षा’ विषयको निबन्ध प्रतियोगिताका विजेताहरुलाई शनिबार पुरस्कार प्रदान गरे । प्रतियोगितामा दीना कंसकार प्रथम, ललिता धाख्वाः द्वितीय र सुषमा बज्राचार्य तृतीय भएका थिए भने नितेश शाहले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितमा २८ निबन्धकारबीच प्रतिस्पर्धा भएको थियो । […]
महर्जनलाई पाए विश्व शारीरिक सुगठनमा स्वर्ण पदक
काठमाडौँ, १ पुस । विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएको नेपाल शारीरिक सुगठन […]
राराहाङको शब्दसङ्ग्रह सार्वजनिक
इलाम, १ पुस । सञ्चारकर्मी रीता राराहाङ राईले एक दशक लगाएर तयार पार्नुभएको ‘बान्तवा राई शब्दसङ्ग्रह’ यहाँ सार्वजनिक गरिएको छ । बोलीचालीका क्रममा प्रयोग हुने शब्दलाई सङ्ग्रह गरेर लेखिएको १११ पृष्ठको उक्त पुस्तकमा ३०० शब्द छन् । विगत १५ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत इलामको माइमझुवाकी स्थायी बासिन्दा उनि हाल कान्तिपुर रेडियोमा वान्तवा भाषाकी समाचार बाचिका […]
अलिकति लाज हुने हो भने
एसल्ट ग्रुपका योध्दाहरू चुडिएका हात-खुट्टा घिसार्दै तिम्रो राजधानीमा अनसनमा छन एक मुठ्ठी गणतन्त्र माग्दै ती तिमीलाई सत्तामा चढाउँनेहरू यसरी अलपत्र भएको वेला तिमी भने बुलेट प्रुफ गाडी भित्र हिजोका दुश्मनको सुरक्षामा छौ अलिकति लाज हुने हो भने यो तिमीले लाज मान्नु पर्ने समाचार हो ! जसले काँखका नानीहरू गुमाए ती अझै अपमानित छन जसले अँगालाका […]










