भारतमा अखिलेश–मायावतीबीच गठबन्धन बनेपछि मोदी निकै तनावमा, राहुल खुसी

Narendra-Modi

लखनउ । भारतमा समाजवादी पार्टी (सपा) र बहुजन समाज पार्टी (बसपा)ले आगामी लोकसभा निर्वाचनका लागि गठबन्धन गरेका छन्। सपा अध्यक्ष अखिलेश यादव र बसपा अध्यक्ष मायावतीले संयुक्त प्रेस सम्मेलनमा उक्त घोषणा गरेका हुन्। उनीहरूले उत्तर प्रदेशमा लोकसभाका ८० सिटमध्ये ३८-३८ मा मिलेर निर्वाचन लड्नेछन्। बाँकी ४ सिटमध्ये सोनिया गान्धी र राहुल गान्धीका निर्वाचन क्षेत्र अमेठी […]

६ सय ९९ स्थानीय तह बैंक स्थापना भए

काठमाडौं, २९ पुस । ग्रामीण क्षेत्रमा वाणिज्य बैंकहरु विस्तार गर्ने अभियान अन्तर्गत ६ सय ९९ स्थानीय तहले बैंकिङ सेवा पाएका छन् । सरकारले गत असार मसान्तभित्र सात सय ५३ वटै स्थानीय तहमा बैंक पुर्‍याउने घोषणा गरेको थियो। तर, अझै ५४ वटा स्थानीय निकायमा बैंक स्थापना हुन सकेका छैनन ।  डेढ वर्षको अवधिमा वाणिज्य बैंकहरूले चार […]

आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो

काठमाडौं । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो पर्न गएको छ। विदेशबाट आयातित र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि […]

सिटिइभिटी झोलाभरि पैसा बोकेर जाने दुई नम्बरी धन्दावालहरुको भएको मुख्यमन्त्रीको कडा आरोप

सर्लाही, २९ पुस । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) माथि प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले गम्भीर आरोप लगाएका छन् । शनिबार सर्लाहीको हरिवनमा आयोजना गरिएको ए कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सो आरोप लगाएका हुन् । हरिवन नगरपालिका वार्ड नं ६ घुर्कौलीमा रहेको जनसेवा माध्यमिक विद्यालयमा प्लस टू सञ्चालनार्थ आयोजित विराट नवाह ज्ञान […]

पृथ्वी राजमार्गमा ३९ यात्रु सवार बस दुर्घटना, एकको मृत्यु

धादिङ, २९ पुस । धादिङको हुग्दीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाटम रोराङ गाउँपालिका वार्ड नं ९ मा उक्त दुर्घटना भएकाे हाे । सिन्धुपाल्चोकबाट बर्दियातर्फ जाँदै गरेको बा २ ख ४६८३ नम्बरको यात्रु बाहक बस आइतबार बिहान आफैं अनियन्त्रित भई पुलको बायाँ साइडमा पल्टिएको हो। दुर्घटनामा बर्दिया सेरुवा […]

रुपन्देहीमा मध्यरातमा भिडन्त, एकको मृत्यु, प्रहरीसमेत घाइते

बुटवल, २९ पुस । रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबीच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे। उनले भने, […]

सर्वोच्च अदालत विरुद्ध भारतीय सेनाका प्रमुख किन उत्रिए

नयाँदिल्ली । भारतीय सेनाध्यक्ष विपिन रावतले सर्वोच्च अदालतको फैसला विपरित समलैंगिक विवाह तथा परस्त्रिगमनलाई सेनाभित्र स्वीकार नगर्ने बताएका छन् । सर्वोच्च अदालतले यस्ता कामलाई अपराध मान्न नसकिने फैसला गरे पनि सेना प्रमुख रावतले भने सेना एक ‘कन्जरभेटिभ’संस्था भएकाले यस्ता काम स्वीकृत नहुने बताएका हुन् । ‘सेनाभित्र यस्ता गतिविधि स्वीकृत छैनन्,’ सेनाध्यक्ष रावतले पत्रकार सम्मेलनमा भने, […]

१४ हजार लेन अनुशासन पालना नगर्नेहरु ट्राफिक प्रहरीको कारवाहीमा

काठमाडौँ, २९ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् । […]

१० कक्षाकी छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक गिरफ्तार

चितवन, २९ पुस । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुर्व्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पु¥याएपछि पीडित छात्राले अभिभावकलाई […]

१ हजार ७ सय बढी सडक बालबालिकाको उद्धार

काठमाडौँ, २९ पुस । सहयोगापेक्षी मानिस सडकमा देख्दा कसैमा पनि सकारात्मक भावना जागृत हुँदैनथ्यो । सबैले छिःछी र दुरदुर गर्थे । कतिले कुटेर लखेट्थे भने कतिले झर्केर हप्काउँथे । फोहरमा भएका खानेकुरा खोजेर खाने, जथाभावी हिँड्ने, थोत्रा कपडाको साथमा बोरा ओछ्याएर सडकको पेटीमा सुत्ने उनीहरुको दैनिकी बन्थ्यो। यस्तो अवस्था देखेपछि विसं २०६९ बाट उद्धार गरी […]