बझाड, २१ माघ । शैक्षिक पर्यटनको विकास गर्न सीताराम माध्यमिक विद्यालय रामपुर नगरपालिका–४ मा ‘सीताराम मिनी सङ्ग्रहालय’ सञ्चालनमा आएको छ । गाउँघरमा चलनचल्तीमा आएका पुराना सामानलाई सदुपयोग गर्दै मिनी सङ्ग्रहालय सञ्चालन गरिएको हो । सो सङ्ग्रहालयले अहिले विद्यालयको शैक्षिक पर्यटन विकासमा ठूलो भूमिका खेलेको छ । पुराना सामान दैनिक चलनचल्तीमा आएका ठेकी, माना, पाथी, तरबार, […]
Author: Nonstop Khabar
यमन सरकार नियन्त्रित क्षेत्रमा हुथी विद्रोहीद्वारा व्यापक गोलाबारी
यमनको हुथी समूहका लडाकूले सरकारी सेनाको रेड सी बन्दरगाह शहर होडेइडामा शनिबार राति व्यापक गोलाबारी गरेका सैनिक अधिकारीले बताएका छन् । हुथी समूहले सरकार नियन्त्रित होडेइडाको हे जिल्लामा मोर्टार र तोपद्वारा आक्रमण गरेका एक अधिकारीले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताए । उनले सरकारी सेनाको सैन्य इलाका तथा तालीम शिविरमा गरेको आक्रमणबाट करीब १० जना […]
भेनेजुयलामाथि प्रतिबन्धको प्रभाब, तेलको मूल्यमा वृद्धि
तेलको मूल्यमा गत हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप आर्थिक प्रतिबन्धको घोषणाको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा पनि परेको छ । ‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)’ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि […]
रुकुम पूर्वमा प्रवेश गर्नै रोक लगायो प्रशासनले
रुकुम, २१ माघ । सदरमुकाम रुकुमकोटमा प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको छ । सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले आइतबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रवेश निषेधाज्ञा जारी गरेको हो । रुकुमकोट र गोलखाडावासीले लगातार आन्दोलन गरेपछि प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको हो । सभा, जुलुस, भेला तथा प्रदर्शन […]
कर्णाली प्रदेश सरकारले सुरु गर्यो ‘छोरीबुहारी छात्रवृत्ति’
सुर्खेत, २१ माघ । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट खर्च गर्ने तयारी गरेको छ । मन्त्रालयका शिक्षा महाशाखा प्रमुख […]
अख्तियारको सुर्खेत कार्यालयमा चाङका चाङ उजुरी
सुर्खेत, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५÷७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ । चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । सङ्घीय मामिलाअन्तर्गत १८८ उजुरी […]
दाङको भौवा नाकामा हतियारको ठूलो कारखाना भेटियो
दाङ । दाङको भौवा नाकामा हतियारको कारखाना भेटिएको छ । दाङको देउखुरीदेखि दक्षिणी भागमा पर्ने भारतसँग जोडिएको सीमा नाकामा प्रहरीले उक्त कारखाना भेटाएको दावी गरेको हो । राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकामा भेटिएको उक्त् हतियार कारखानाबाट ७ थान भरुवा बन्दुक, दुई दर्जन बन्दुक बनाउन प्रयोग गरिने नाल, एउटा रिभल्वर पेस्तोल, एउटा नलकटुवा पेस्तोल […]
सातै प्रदेशमा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्ने
काठमाडौँ । नेपाल टेलिकम सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्ने भएको छ। टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोरजी÷एलटिइ सेवा विस्तारका लागि आइतबार सम्झौता भएको हो। यसअघि संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रहेर देशभर चाडो […]
अन्तराष्टिय क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, टी २० श्रृंखलामा दोस्रो खेलमा पनि नेपालले हरायो युएईलाई
काठमाडौं । नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक दिवसीय क्रिकेट श्रृंखला जितेको नेपालले पहिलो टी-२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधिसमेत हात पारेको हो। टीट्वान्टी शृङखलाको अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले युएईविरुद्ध १४ रनको जित दर्ता गरेको हो। नेपालका जितमा करण केसी एक्लैले एउटै ओभरमा दुई विकेट लिए। टस जितेर […]
नेविसंघको गाडी जलाउने कार्यविरुद्ध गगन थापाले गरे कडा निन्दा
काठमाडौं, २० माघ । शनिवार नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले सरकारी गाडीमा गरेको आगजनीका बारेमा सोही पार्टीका युवा नेता गगन थापाले निन्दा व्यक्त गरेका छन् । नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो प्रतिक्रिया लेख्दै नेविसंघले गरेको गाडी जलाउने कार्य निन्दनीय रहेको बताएका छन् । नेविसंघले शनिवार देशभर ६ वटा सरकारी गाडी नियन्त्रणमा लिएर […]











