काठमाडौं । ममता बनर्जी नेतृत्वको पश्चिम बंगाल सरकारले लगाएका रोकका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जल्पाइगुडीमा एउटा आमसभालाई सम्बोधन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनको सुरुमै जल्पाइगुडीलगायतका क्षेत्र भगवान शिवको आर्शीवाद पाएको भूभाग भएको बताए । उनी त्यतिमै सीमित भएनन् । त्यहाँको जनजातिको संस्कृतिको प्रचार गर्ने पञ्चानन वर्माको कर्मस्थल रहेको बताए । मोदीले आफ्नो […]
Author: Nonstop Khabar
६ महिनापछि प्रहरीले निर्मलाका हत्यारा पत्ता लगाएर किन राख्यो गोप्य
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारासम्म पुग्न सफल भएको दाबी नेपाल प्रहरीले गरेको छ । निर्मला हत्याको ६ महिनापछि प्रहरी हत्यारा पत्ता लगाउन सफल भएको हो । प्रहरी मुख्यालय उच्च स्रोतका अनुसार एक/दुई दिनभित्रै हत्यारा सार्वजनिक गर्ने तयारी भएको छ । निर्मलाका हत्यारा पत्ता लगाउन र पीडित परिवारलाई न्याय […]
औषधि लिमिटेडमा हेमोडाइलासिस फ्लुड
काठमाडौँ, २४ माघ । नेपाल औषधि लिमिटेडले आगामी मङ्सिरभित्र हेमोडाइलासिस कक्ष निर्माणसँगै हेमोडाइलासिस फ्लुडसमेत उत्पादन गर्ने घोषणा गरेको छ । सरकारी संस्थानको क्षमता अभिवृद्धि कार्यक्रम कार्यान्वयनका सिलसिलामा उक्त कक्ष निर्माणसँगै हेमोडाइलासिस फ्लुड उत्पादन गर्न सरकारले रु दुई करोड ४० लाख अनुदान उपलब्ध गराएपछि उक्त संस्थाले त्यस्तो घोषणा गरेको हो । औषधि व्यवस्था विभागकै परिसरमा मिर्गौला […]
क्रिस्टिना र स्टेला भए नेशनल किड्स अफ द ईयर
काठमाडौं । ‘नेशनल किड्स अफ द ईयार–२०१९’को उपाधि सिनियर किडतर्फ क्रिस्टिना खड्काले हाँसिल गरिन भने जुनियर तर्फको अवार्ड स्टेला शाहले हाँसिल गरिन् । यी दुबैले आगामी जुनमा सिँगापुरमा ८८ देशका बालबालिकाबीच हुने अन्तराष्ट्रिय प्रतियोगिता ‘इन्टरनेशलन किड्स अफ दि इयर–२०१९’ मा सहभागी हुन पाउने छन् । इभेन्ट बेटल ग्यालेक्सीद्धारा बुधबार बेलुका काठमाडौंमा आयोजित सो प्रतियोगितामा फस्टर […]
समको नियमित आकस्मिकता र साहित्यबारे प्रवचन
काठमाडौँ, २४ माघ । नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको नियमित आकस्मिकता र समका सिर्जनामा त्यसको प्रतिविम्बनबारे आज प्रवचन कार्यक्रम सम्पन्न भएको छ । समको ११७औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को आयोजनामा समको साहित्यका विषयमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । प्रवचन कार्यक्रममा डा गोविन्दशरण उपाध्यायले नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई […]
सरकारले गर्यो ८ सय ४८ उपसचिवको समायोजन
काठमाडौँ, २४ माघ । सरकारले ८४८ उपसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८४८ उपसचिवको समायोजन गरिएको बताए । उनका अनुसार सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको समायोजन भएको छ । समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग […]
रेल नआउँदै रेलमार्ग क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण
काठमाडौं । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा जग्गा पर्नेहरुका लागि क्षतिपूर्ती वितरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले रेलमार्गमा पूरै जग्गा परेका जग्गाधनीलाई ७५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै त्यसभन्दा कम जग्गा परेकालाई ६६ प्रतिशत र घर, टहरा, पर्खाल आदिका हकमा जिल्लादरअनुसार क्षतिपूर्ति उपलब्ध गराउने स्वीकृति दिइएको छ । दोभान–ओलाङचुङ्गोला सडकखण्ड, […]
रोल्पामा आफैँले चलाएको गोली लागेर मृत्यु
रोल्पा, २४ माघ । आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पामा एक युवकको ज्यान गएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुढाको छातीमा गोली लागेको छ । घरमा श्रीमती नभएको मौका छोपी बुढाले आत्महत्या गरेको बताइएको छ । उनको […]
विश्व फुटबल बरियतामा एशियाली राष्टको अवस्था खस्किदा नेपाल उही ठाउँमा
काठमाडौँ, २४ माघ । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको वरियतामा नेपाल १६१ आँंै स्थानमा यथावत नै रहेको छ । नेपाल अघिल्लो महीनामा पनि सोही स्थानमै थियो । वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ । उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु पर्न समेत सकेका छैनन् । वरियतामा भारत छ स्थान तल झर्दै […]
नेविसङ्घको तदर्थ केन्द्रीय कार्यसमिति बनाउने तयारीमा कांग्रेस
काठमाडौँ, २४ माघ । नेपाली काङ्ग्रेसमा नेपाल विद्यार्थी सङ्घको पदावधि समाप्त भइसकेको वर्तमान केन्द्रीय समितिलाई निरन्तरता नदिने पक्षमा आवाज बलियो हुँदै गएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सङ्घको वर्तमान केन्द्रीय […]











