फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ । इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि […]
Author: Nonstop Khabar
बाघमारामा फस्टाउँदै लहरे तरकारी
पोखरा, १९ साउन । चार दशक अघिसम्म बाघमाराको मास र पिडालु कास्कीमा मात्र नभई असापासका जिल्लामा पनि प्रसिद्ध थियो । छिटै पाक्ने, स्वादिलो यहाँको मास तथा पिंडालुको माग त्यो समयमा नै हुने गर्दथ्यो ।“यहाँ उत्पादन हुने मासको दाल तथा पिंडालु किन्न त्यतिबेला टाढाटाढाबाट मानिस आउने गर्दथे”, “करीब ५० वर्षअघिको अनुभव सुनाउँदै ६५ वर्षीय देवीलाल आचार्यले […]
कर्णाली प्रदेशका सात जिल्लामा खाद्य सङ्कट
वीरेन्द्रनगर, १९ साउन । कर्णाली प्रदेशका सात जिल्ला वर्षेनी खाद्य सङ्कट हुन्छ । प्रदेशका १० जिल्लामध्ये सात जिल्लामा स्थानीय उत्पादनले तीन महीना पनि खान नपुग्ने भएपछि वर्षेनी खाद्य सङ्कटको समस्या हुने गरेको हो । दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु खाद्य असुरक्षाको जिल्लामा पर्छ । उक्त प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका […]
प्राचीन रामग्राम स्तूप प्रवद्र्धनका लागि बौद्ध सङ्ग्रहालय स्थापना हुँदै
परासी, १९ साउन । महामानव गौतमबुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राम स्तूप प्रवद्र्धनका लागि बौद्ध सङ्ग्रहालय स्थापना गरिने भएको छ । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप क्षेत्रमा प्रदेश ५ सरकारले स्थापना गर्ने उक्त सङ्ग्रहालयका लागि प्रक्रिया पनि शुरु गरिएको छ । प्रदेश सरकारले चालू आव को बजेटमा उक्त स्तूपमा बुद्धकालीन सङ्ग्रहालय स्थापना गर्ने घोषणा गर्नाका […]
दलित समुदायको पु्ख्यौलि पेशा सङ्कटमा
काठमाडौँ, १९ साउन । रामेछापका कुलबहादुर विश्वकर्माले आरनको काम गर्न छाडेको दुई वर्ष भयो । ६५ वर्षीय कुलबहादुरले आरनको काम गर्न छाडेसँगै उनको गाउँमा अहिले आरनको काम गर्ने कोही छैन । आरन पेशामा आम्दानी नदेखेपछि उनका दुई भाई छोराले त्यो पेशामा हातै हालेनन् । कुलबहादुरको जेठो छोरा रमण विश्वकर्मा अहिले वैदेशिक रोजगारीमा विदेश आउने जाने […]
पहिरो खसेपछि सडक अवरुद्ध
पाल्पा, १९ साउन । पहिरोले रामपुर आर्यभञ्ज्याङ सडकखण्डअन्तर्गत बेलडाँडा बहखोला सडक अवरुद्ध बनेको छ । बहखोला बेलडाँडा सडकखण्डको गिजिनडाँडामा माथिबाट पहिरोसहित रुख खसेपछि सडक अवरुद्ध बनेको हो । शनिबार राति करीब ९ बजेको समयमा एक्कासी पहिरो खसेपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आउन सकेको छैन । आज बिहान ७ बजेदेखि सडक खुलाउन डोजर प्रयोग गरिरहेको […]
सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु
चिप्लेढुङगा, १९ साउन, नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन् । उक्त प्रशिक्षणमा परिषद्का सदस्य गुरुङले खेलाडीलाई शुभकामना दिदै राष्ट्रिय गौरव बढाउन […]
६० परिवारलाई गोबरग्यास वितरण गरिँदै
चितवन, १९ साउन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले त्यहाँ पालिएका गाईको गोबरबाट ६० परिवारलाई पुग्ने गरी ग्यास उत्पादनको अन्तिम तयारी गरेको छ । फार्ममा रहेका १६० गाईको मलमूत्रले धान्ने गरी २०० घनमिटरको गोबरग्यास प्लान्ट निर्माण गरिएको हो । कार्यक्रमका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार गोबरग्यास प्लान्ट निर्माण गरी घर–घरमा पाइप लाइन विस्तारसमेत गरिसकिएको छ […]
मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी
काठमाडौँ, १९ साउन । मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४र७५ को तुलनामा आव २०७५र७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो । आव २०७४र७५ मा मानव बेचविखन तथा ओसारपसारमा ३०८ मुद्दा दर्ता भए पनि २०७५र७६ मा भने २२८ मुद्दा दर्ता भएका छन् […]
पाल्पाका श्रमिक मजदुरलाई प्रोत्साहन रकम
बेझाड, १९ साउन । रामपुर नगरपालिका क्षेत्रमा कार्यरत श्रमिक मजदुरहरुलाई काममा हौसला बढाउन प्रोत्साहन रकम प्रदान गरिएको छ । पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिले निर्माण क्षेत्रका अगुवा मजदुरलाई घर ढलानको सङ्ख्याको आधारमा प्रतिढलान रु दुईका दरले प्रोत्साहन प्रदान कार्य शुरु गरेको हो । समितिमा आबद्ध भएकामध्ये ५४ अगुवा मजदुरलाई प्रोत्साहन रकम प्रदान गरिएको समितिका अध्यक्ष […]










