डोङगुआन, चीन, २४ साउन । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो । यसअघि आफ्ना मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलाइरहेको हुवावेलाई अमेरिकाले एन्ड्रोइड समेत प्रयोग नगर्न दबाब दिइरहेको थियो […]
Author: Nonstop Khabar
हुवावेको आफ्नै अपरेटिंग सिस्टम सार्वजनिक
डोङगुआन, चीन, २४ साउन । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो । यसअघि आफ्ना मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलाइरहेको हुवावेलाई अमेरिकाले एन्ड्रोइड समेत प्रयोग नगर्न दबाब दिइरहेको थियो […]
अमेरिकामा मेक्सिकनमाथि व्यापक धरपकड, १२२ मेक्सिकन पक्राउ
मेक्सिको सिटी, २४ साउन । अमेरिकाको मिसिसीपी राज्यमा केही दिनयता गरिएको खोजी अभियानका क्रममा कम्तीमा पनि १२२जना मेक्सिकन पक्राउ परेका छन् । मेक्सिकोको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको समाचारमा जनाइएको छ । उक्त राज्यका विभिन्न खाद्यान्न प्रशोधन केन्द्रहरुमा अमेरिकी प्रहरीले गरेको खोजी अभियानका क्रममा ती अवैध रुपमा काम गरिरहेका आप्रवासीहरुलाई नियन्त्रणमा लिइएको […]
खाडी युद्धको सम्झना, इराकबाट ४६ कुवेतीको शव फिर्ता
बग्दाद, २४ साउन । कुवेतलाई कब्जा गर्न भएको इराकी अतिक्रमणका क्रममा इराकमा बेपत्ता पारिएका ४६ जना कुवेती नागरिकको शव बिहीबार कुवेतलाई फिर्ता गरेको छ । उनीहरु सन् १९९१ मा कुवेतमाथि भएको इराकी हस्तक्षेप र अमेरिकी अग्रसरतामा भएको युद्धका क्रममा बेपत्ता भएका थिए । इराकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी इराकी अधिकारीहरुले रेडक्रसको सहयोगमा इराकमा […]
चिनियाँ बाबुआमाको दबाबमा छोराछोरी
बेइजिङ, २४ साउन । धेरै चिनियाँ अभिभावक आफ्ना हुर्केबढेका छोराछोरीले जतिसक्दो चाँडो विवाह गरुन् भन्ने चाहन्छन् । यो उनीहरुको पहिलो प्राथमिकतामा पर्ने घरयासी विषय हुने गरेको एक अध्ययनले देखाएको छ । इन्टरनेट मार्फत वैवाहिक सेवा प्रदान गर्ने एक चिनियाँ कम्पनी बाईहेजियायुआनले सार्वजनिक गरेको एक प्रतिवेदनमा झण्डै ८० प्रतिशत चिनियाँ युवायुवतीले बाबुआमाको दबाब झेल्नु परेको उल्लेख […]
नक्कली नोट छाप्ने उपकरणसहित चार पक्राउ
धनगढी, २४ साउन । नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहादुर खड्कालाई नोट छाप्ने उपकरणसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताए […]
उपत्यकामा अपराध बढ्यो, देशभर घट्यो
काठमाडौँ, २४ साउन । काठमाडौँ उपत्यकामा विगतका वर्षको तुलनामा अपराधको सङ्ख्यामा वृद्धि भएको छ ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा आव २०७५÷०७६ मा अपराधको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरमा आव २०७४÷०७५ मा आठ हजार ३८५ मुद्दा दर्ता भएकामा आव २०७५÷०७६ मा उक्त सङ्ख्या बढेर १० […]
राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानसँग खेल्ने
काठमाडौँ, २४ साउन । आसन्न एसियन भलिबल कन्फेडेरेशन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानको राष्ट्रिय भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको छ । नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अघि अभ्यास राम्रो होस् भन्ने उदेश्यले नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल […]
जनयुद्धकालको विद्युत् आयोजनाले दिएको उज्यालो
रुकुमपूर्व, २४ साउन । तत्कालीन माओवादीले सशस्त्र जनयुद्धका क्रममा धेरै ठाउँमा विद्यालय, सहिद गेट, चौतारा, विद्युत्गृह लगायतका भौतिक संरचना निर्माण गरिएको थियो ।निर्माण भएका त्यस्ता धेरै संरचना अहिले हराएर गएका छन् । तीमध्ये रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ छिपखोला तथा साविकको प्वाङ गाविस– १ मा माओवादीले बनाएको विद्युत् आयोजना सञ्चालनमा रहेका छन् । उक्त आयोजनाले गर्दा […]
नगरपालिकाले दियो विद्यालयलाई ल्यापटप
ओखलढुङ्गा, २४ साउन । सिद्धिचरण नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई ल्यापटप सहयोग गरेको छ । नगरक्षेत्रभित्र रहेका १३ वटा माविलाई ल्यापटप वितरण गरेको हो ।माविका पठनपाठनलाई अहिलेको प्रविधिसँग जोड्दै कागजविहीन शिक्षा पद्धतिको विकास गर्ने उद्देश्यले विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको नगर प्रमुख मोहनकुमार श्रेष्ठले बताए । नगरपालिकाभित्र रहेका १२ वटा माविलाई १२ थान र रुम्जाटार माविलाई चार थान […]









