गाजा सिटी, १ भदौ । उत्तरी गाजापट्टीमा इजरायली सेनाले चलाएको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजापट्टीबाट तीन वटा क्षेप्यास्त्र प्रहार भएको केही घण्टापछि नै इजरायली सेनाले गरेको कारबाहीमा तीन प्यालेस्टिनीको ज्यान गएको हो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अर्का एक प्यालेस्टिनी सख्त घाइते अवस्थामा अस्पतालमा उपचार गराइरहेको जनाएको […]
Author: Nonstop Khabar
सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन
ढाका, १ भदौ । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् । ढाका नजिकको मिरपुरमा शुक्रबार रातिको भएको यस आगलागीबाट जस्तापाताले छाएका करिब दुई हजार घर खरानी भएको अग्नि नियन्त्रण विभागका एर्शाद हुसेनले बताउनुभयो । बस्तीभित्र चिया पसल चलाएर गुजारा गरिआएका ५८ वर्षीय अब्दुल हमिदले आफूले […]
काबुल बम बिस्फोटमा ६३ जना मारिए, १८२ जना घाइते
काबुल, १ भदौ। युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन् । हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बिस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणमा बिस्फोटका कारण विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अरु १८२ जना घाइते भएको उल्लेख […]
पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा
काठमाडौँ, १ भदौ । प्रतिनिधिसभाको बैठकमा आज पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा प्रस्ताव प्रस्तुत भएको छ । ‘प्रमाण दोस्रो संशोधन विधेयक, २०७५’, ‘बिरुवा संरक्षण पहिलो संशोधन विधेयक, २०७५’, ‘बीउबिजन दोस्रो संशोधन विधेयक, २०७५’ ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ र ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५’ समितिमा प्रस्ताव प्रस्तुत भएको हो । ‘प्रमाण दोस्रो संशोधन […]
बाढीपहिरोसम्बन्धी स्थायी समाधान खोज्नुपर्ने सांसदको माग
काठमाडौँ, १ भदौ । प्रतिनिधिसभाका संसादहरुले बाढीपहिरोको समस्यालाई टालटुल मात्रै गर्नेभन्दा पनि स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले हरेक वर्ष आउने बाढी र पहिराका कारण गरीब जनताको जनधनको ठूलो क्षति भएको भन्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका हुन । सांसद उमा रेग्मीले सुगौली सन्धिलगायतका सन्धिको सक्कलप्रति नेपालमा […]
राजधानी र नजिकैका जीर्ण सडक बनाउन माग
काठमाडौँ, १ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशको राजधानी एवं सांस्कृतिक शहर काठमाडौँ तथा यहाँबाट बाहिर जोडिने प्रमुख सडकको अवस्था जीर्ण भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन । बैठकको शून्य समयमा बोदै सांसद राजेन्द्रकुमार केसीले बल्खु–दक्षिणकाली सडक निर्माणको केही समय बित्न नपाउँदै बिग्रेकाले अनुगमन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई अनुरोध गरे । भारतीय एक्जिम […]
उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली नेपालमा
काठमाडौँ, १ भदौ । भोलिदेखि नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ । यही भदौ २ देखि ७ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन उक्त टोली आज नेपाल आइपुगेको हो, अन्य टोली भने यसअघि नै नेपाल आइसकेका छन् । नेपालले पहिलो पटक […]
लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य: प्रधानमन्त्री
काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन र विकासका लक्ष्य पूरा गर्न लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य रहेको बताए । प्रनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले सबैको सहमतिमा स्थापित हुँदै गएको लोकतन्त्रलाई खलबल पु¥याउन खोज्ने केही पुराना प्रतिगामी शक्तिलाई ठेगान लगाउन लोकतन्त्रवादीको एकता अपरिहार्य रहेको बताए। प्रधानमन्त्री ओलीले जनताको सर्वोच्चतालाई […]
हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, १ भदौ । आज देशभर आंसिक तथा सामान्य बदली रही देशको अधिकांस भागमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय प्रणाली औसत स्थानको आसपासमै रहेकाले वर्षा निरन्तर हुन नसकेको उक्त महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । यसवर्ष मनसुनको समयमा पनि स्थानीय वायु बढी सक्रिय हुँदा […]
सेती नदीमा बगेर बालिका बेपत्ता
डोटी, १ भदौ । सेती नदीमा आज बिहान नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दिपायल सिलगढी नगरपालिका–४ राजपुर बस्ने दीलबहादुर नेपालीको– ८ वर्षीया छोरी करिस्मा बेपत्ता भएकी हुन् । आल्के पर्व मनाउन दिपायलस्थित मामाघर आएकी ती बालिका नुहाउने क्रममा सेती नदीको बासुधारा भन्ने […]











