सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी– सर्वेक्षण

वासिङ्टन, २ भदौ । संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन् ।अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने उल्लेख छ । गत फेब्रुअरीमा गरिएको यस्तै सर्वेक्षणमा […]

आप्रवासीका विषयमा मेक्सिको, ग्वाटेमालाबीच छलफलको तयारी

मेक्सिको सिटी, २ भदौ । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुअल लोपेज ओब्राडोरले ग्वाटेमालाका नवनिर्वाचित राष्ट्रपति अलेजान्द्रो जियामाटीसँग चाँडै आप्रवासन र विकासका विषयमा छलफल गरिने बताए । मेक्सिकोका अधिकारीहरुले आप्रवासीका विषयमा एल साल्भाडोर र होन्डुरसका नेताहरुसँग वार्ता गरिसकेका छन् । राष्ट्रपति ओब्राडोरले क्षेत्रीय विकास र मध्य अमेरिकी मुलुकहरुबाट अमेरिका प्रवेश गर्ने अवैध आप्रवासीका विषयमा मध्य अमेरिकी मुलुकका […]

लिबियाली तटीय जलक्षेत्रबाट ५७ जनाको उद्धार

त्रिपोली, २ भदौ । लिबियाका तटीय जलरक्षकका प्रवक्ता अयुब क्वासिमले पश्चिमी तटीय जलक्षेत्रबाट ५७ जना अवैध आप्रवासीलाई उद्धार गरिएको बताए । उनले आप्रवासीहरु एउटा काठले बनेको डुङ्गामा सवार रहेको जानकारी दिए । डुङ्गामा सात जना महिला र नौ जना बालबालिका थिए ।उद्धार गरिएका ती आप्रवासीहरुमा अफ्रिकी र अरब मुलुकका नागरिक रहेको प्रवक्ता क्वासिमले बताए । […]

रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, केही प्रदर्शनकारी नियन्त्रणमा

काठमाडौँ । चितवनमा टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रवि समर्थक र प्रहरीबीच झडप भएको हो । प्रदर्शनमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालय अगाडि हुलहुज्जतको प्रयास भएपछि केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । […]

राप्तीपारिका धेरै मानिस अझै डुङ्गाको भर

बाँके, २ भदौ। राप्तीपारिका धेरै गाउँका मानिस अहिले पनि डुङ्गाकै भरमा राप्ती नदी वारपार गर्दै आएका छन् । राप्ती नदीको एउटा भङ्गालो खल्ला झगडिया हुँदै गङ्गापुरतिर अघि बढेपछि त्यही भङ्गालो वारपार गर्न राप्तीपारिका आधा दर्जन गाउँका स्थानीयवासीलाई दैनिक डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको डुङ्गा सञ्चालक जगत पालले बताए। उहाँका अनुसार खल्ला झगडिया गाउँभन्दा २०० मिटर पर […]

निर्वाचन आयोगको रणनीतिक योजनाको मस्यौदा तयार

काठमाडौँ, २ भदौ । निर्वाचन आयोगले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचनको लक्ष्य राखेर तेस्रो पञ्चवर्षीय रणनीतिक योजना आव २०७६÷०७७–२०८०÷८१ को मस्यौदा तयार गरेको छ ।आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायका रूपमा स्थापित गरी आवधिक निर्वाचनलाई व्यावसायिक, कुशल, पारदर्शी र विश्वसनीयरूपबाट व्यवस्थापन गर्ने ध्येय राखेर उक्त रणनीतिक योजनाको मस्यौदा तयार गरिएको आयोगका […]

किराँती संस्कृति संरक्षणमा बाम्बुले सक्रिय बन्दै

ओखलढुङ्गा, २ भदौ । ओखलढुङ्गाका बाम्बुले राई किराँती संस्कृति संरक्षणमा जुटेका छन् । आफ्नो पुख्र्यौली थलो जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुलाई केन्द्र बनाएर बाम्बुले राईहरू संस्कृति संरक्षणमा जुटेका हुन् । राष्ट्रिय गानका रचयिता व्याकुल माइला ९प्रदीपकुमार राई०देखि देश विदेशमा छरिएर रहेका बाम्बुले युवाहरू राई जातिको संस्कार बचाउन लागि परेका छन् । बाम्बुले राई समाज नेपाल वाम्राको […]

मर्नुअघि पुडासैनीले पाँच मिटर डोरी किनेको पसल भेटियो, रविमाथि आखिर किन आरोप लगाए

चितवन, २ भदाै । चितवनको नारायणगढस्थित होटल कंगारुपमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकारीका अनुसार पत्रकार पुडासैनीले साउन २० गते नारायणगढ बसपार्ककै एक होलसेल पसलबाट ५ मिटर डोरी किनेका थिए । प्रहरीका अनुसार पुडासैनीले डोरी किनेको सीसीटिभी फुटेज नै फेला परेको छ । […]

Process begins to appoint CEO at Forest Corporation Limited

Kathmandu, Aug 19, The government has begun a process to appoint a Chief Executive Officer (CEO) at the Nepal Forest Corporation Limited constituted by merging The Timber Corporation of Nepal and Forest Products Development Board.  The Ministry of Forest and Environment on Sunday issued a 15-day notice, seeking application from the interested candidate(s) meeting required […]

Woman arrested on charge of receiving money from her husband’s killer

Bhojpur, Aug 19, Police have arrested a woman on the charge of fleecing money from the murderer of her husband to shroud the murder case. Police arrested Meena Mijar Sarki of Siddeshwor Dawa in Bhojpur municipality-4 in Bhojpur district along with five others. Mohan Bahadur Ramtel has been accused of killing Purna Bahadur Suyal by […]