फिलिपिन्समा शक्तिशाली भूकम्प

काठमाडौ । फिलिपिन्सको मिन्डानाओ टापुमा शुक्रबार बिहान शक्तिशाली मानिएको ७.४ म्याग्निट्यूडको भूकम्प गएको छ।

भूकम्पको केन्द्र मिन्डानाओको दक्षिणी भागमा रहेको दावाओ क्षेत्र नजिकै, करिब २५ किलोमिटर गहिराइमा रहेको बताइएको छ।

हालसम्म ठूलो क्षति वा मानवीय हताहतीको विवरण सार्वजनिक भएको छैन, तर स्थानीय प्रशासनले सम्भावित परकम्पका कारण नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ।

विद्यालयहरू र सरकारी कार्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् भने राहत र उद्धार टोलीहरू प्रभावित क्षेत्रमा खटाइएको फिलिपिन्स प्रहरीका प्रवक्ताले जनाएका छन्।

प्रारम्भिक चेतावनीपछि फिलिपिन्स र इन्डोनेशियाका तटीय क्षेत्रमा सुनामीको जोखिम भन्दै सतर्कता सूचना जारी गरिएको थियो। तर केही घण्टापछि अधिकारीहरूले सुनामीको जोखिम नरहेको स्पष्ट पारेका छन्।