अकाठमाडौ । मनसुनजन्य सम्भावित विपदबाट बच्न सरकारले दुई दिन सार्वजनिक विदा दिएको छ । आइतबार र सोमबार सरकारले सार्वजनिक बिदा घोषणा गरेको हो ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै जल तथा मौसम बिज्ञान बिभाग र विपद ब्यवस्थापन प्राधिकरणले सोमबारसम्म भारी वर्षाको प्रक्षेपण गरेकाले सम्भावित विपद बाट बच्न विपद ब्यवस्थापनमा जुट्ने जनशक्ति र कार्यालय बाहेकमा लागू हुनेगरी सार्वजनिक बिदा दिएको स्पष्ट पारेको छ ।
आइतबारबाट कार्यालय खुल्ने भएकोले दशै बिदाबाट कार्यालय फर्कने हतारमा रहेका कर्मचारीलाई यसले राहत दिएको छ । विद्यालयहरु भने कोजाग्रत पूर्णिमासम्म बिदामै रहेका थिए ।








