नेसनल प्याब्सन भक्तपुरद्वारा आयोजित चित्रकला प्रतियोगितामा यस्तो नतिजा

भक्तपुर । नेसनल प्याब्सन भक्तपुरद्वारा आयोजित “अन्तर विद्यालय चित्रकला प्रतियोगिता–२०८२” भक्तपुरको सूर्यविनायक–८ सिपाडोलस्थित प्रसादी पाठशालाको आयोजनामा सफलतापूर्वक सम्पन्न भएको छ।

चित्रकला प्रतियोगिता दुई समूहमा विभाजन गरिएको थियो। जुनियर ग्रुपमा कक्षा १ देखि ४ सम्मका विद्यार्थीबीच “मेरो विद्यालय” शीर्षकमा प्रतिस्पर्धा भएको थियो।

यस समूहमा प्रथम स्थान आरक्षण स्कुलकी रजनी साखकर्मीले प्राप्त गरेकी छन् ।

दोस्रो स्थान मदरल्याण्ड स्कुलका दीप सतशंकर, तेस्रो स्थान रुबी भ्याली स्कुलकी दिक्षा राई, र सान्त्वना स्थान डेमोस स्कुलका ऋदम तामाङले प्राप्त गरे।

सिनियर ग्रुपमा कक्षा ५ देखि ७ सम्मका विद्यार्थीहरूले “हाम्रो अन्तरिक्ष” शीर्षकमा आ–आफ्नो कलात्मक क्षमता प्रस्तुत गरेका थिए।

यस समूहमा प्रथम स्थान मदरल्याण्ड स्कुलकी रीया लामिछानेले प्राप्त गरिन ।

दोस्रो स्थान आरक्षण स्कुलकी निर्जला सुवेदी, तेस्रो स्थान रुबी भ्याली स्कुलकी निमा तामाङ, र सान्त्वना स्थान ईडेन गार्डेन स्कुलका चन्द्रजंग खड्काले प्राप्त गरे।

कार्यक्रममा नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले सफलतापूर्वक प्रतियोगिता सम्पन्न गराएकोमा आयोजक विद्यालय प्रसादी पाठशालालाई आभार प्रकट गर्दै विजेता विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे।

उनले प्याब्सन भक्तपुरले प्रत्येक महिनामा कम्तीमा एक विद्यार्थीमुखी कार्यक्रम गर्ने नीति लिएको र ती कार्यक्रम सदस्य विद्यालयहरूको समन्वयमा सम्पन्न हुने जानकारी दिए।

प्रसादी पाठशालाका प्रिन्सिपल दिनेश शाक्यले प्याब्सन भक्तपुरप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता रचनात्मक कार्यक्रम गर्न विद्यालय तत्पर रहेको बताए।