विज्ञापन बोर्डको अध्यक्षमा आवेदन माग, यस्ता छन् आवश्यक योग्यता

काठमाडौ । सरकारले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि पुन: आवेदन माग गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालले शुक्रवार एक सूचना प्रकाशित गरी विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला गरेको हो ।

सूचनाअनुसार १५ दिन भित्र आवेदन दिन सकिनेछ ।उम्मेदवारको उमेर दरखास्त पेश गर्ने अन्तिम दिनसम्म ३५ वर्ष पुरा भइसकेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

त्यस्तै, उम्मेदवारले व्यवस्थापन, कानुन, विज्ञापन वा सञ्चार सम्बन्धी विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने सूचनामा भनिएको छ ।

बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंको ४ वर्षे कार्यकाल पुरा भएसंगै सो पद रिक्त रहेको छ ।