अफ्रिकामा प्रस्तावित जनमत संग्रहको विरोधमा प्रदर्शन

काठमाडौं । अफ्रिकी मुलुक ट्युनिसियामा राष्ट्रपति विरुद्ध भएको प्रदर्शनका क्रममा झडप हुँदा थुप्रै घाइते भएका छन् ।

आगामी जुलाईमा जनमत संग्रह गर्ने राष्ट्रपति काइस सइदको निर्णय विरुद्ध ट्युनिसियाको निर्वाचन मुख्यालयतर्फ बढेको प्रदर्शनकारीहरूलाई प्रहरीेले रोक्न खोज्दा दोहोरो झडप भएको हो । ट्युनिसियाको राजधानी टुयुनिसमा ५ वटा साना राजनैतिक दलद्वारा आयोजना गरिएको प्रदर्शनमा राष्ट्रपति विरुद्ध चर्को नारा लगाइनुका साथै राष्ट्रपतिको राजीनामा समेत माग गरिएको छ ।

ट्युनिसियामा पछिल्लो समय राजनैतिक संकट गहिरिंदै गएपछि राष्ट्रपति काइस सइदले आगामी जुलाईमा जनमत संग्रह गर्ने निर्णय गर्नुभएको हो । यसअघि राष्ट्रपति सैयदले सरकारलाई बर्खास्त गरी संसद समेत भंग गर्नुका साथै देशको शासनलाई सुदृढ बनाउने भन्दै ५७ जना न्यायाधीशहरूलाई बर्खास्त गर्नुभएको थियो ।

भ्रष्टाचार र न्यायपालिकाको शुद्धिकरणमा आतंकवादलाई संरक्षण गरेको आरोपमा न्यायाधीशहरूलाई बर्खास्त गरिएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ । ट्युनिसियाको मिश्रित संसदीय प्रणालीलाई गतिरोध र नातावादले ग्रस्त बनाएको भन्दै जुलाईमा जनमत संग्रह गर्ने निर्णय गरेपछी देशभर बिरोध चर्केको हो । यो जनमत संग्रहपछि देशमा नयाँ संविधान बनाउने तयारी समेत गरिएको छ ।

Loading...